काठमाडौं– म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ।
शनिबार राति भएको खेलमा लिड्स युनाइटेडलाई उसैको घरेलु मैदानमा ४-० ले हराउँदै सिटी शीर्ष स्थानमा उक्लिएको हो।
सिटीको जितमा रोड्री, जाथन एके, ग्राबियल जिसस र फर्नान्डन्होले एक/एक गोल गरे।
खेलको १३औं मिनेटमा रोड्रीले गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाएका थिए। ५४ औं मिनेटमा नाथन एकेले गोल गर्दै सिटीलाई २-० को अग्रता दिलाए।
७८औं मिनेटमा ग्राबियल जिससले गोल गर्दै सिटीलाई ३-० को अग्रता दिलाए।
त्यसपछि खेलको इन्जुरी समयमा फेर्नान्डिन्होले गोल गर्दै सिटीलाई ४-० को सहज जित दिलाए।
जितसँगै सिटीले ३४ खेलमा ८३ अंक जोडेको छ। समान खेलमा ८२ अंक जोडेका लिभरपुल दोस्रो स्थानमा छ।
पराजित लिड्स ३४ अंक जोडेर १७औं स्थानमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।