काठमाडौं– डच-इटालियन फुटबल खेलाडीका एजेन्ट मिनो राइओलाको निधन भएको छ। मिनोको ५४ वर्षको उमेरमा शनिबार निधन भएको हो।
उनी बोरुसिया डर्टमन्डका स्ट्राइकर एर्लिङ हालान्ड, म्यानचेस्टर युनाइटेडका मिडफिल्डर पाउल पोग्बा र एसी मिलानका फरवार्ड ज्लाटन इब्राहिमोभिकको एजेन्ट थिए।
पछिल्लो समय उनी अस्वस्थ रहेका थिए। उनलाई गत जनवरीमा मिलानको अस्पतालमा भर्ना गरिएको थियो। उनको शल्यक्रिया पनि गरिएको थियो। तर, रोगको प्रकृति भने खुलाइएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।