• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

आमा: ३२ लक्षणकी प्रकृति परमेश्वरी

अनन्तगोपाल रिसाल शनिबार, वैशाख १७, २०७९  १६:४४
1140x725
Ncell 2
Ncell 2
nimb
nimb
Xtrem
Xtrem

आमा नै सृष्टिकी मूल जगत् स्थावर जंगम
माता नै देवकी देवी गुरू अध्यात्म संगम
पराम्बा वेदकी श्रोत आत्मज्ञान परायणी
गायत्री पार्वती पूर्णा साक्षात् प्रज्ञा स्वरूपिणी ।
१
जडचेतनकी श्रोत जीव देही निरंजन
पराम्बा जगदम्बा हे नित्य शान्त सनातन
चेता अव्यय साक्षी हौ स्थाणु अचल अद्वय
पराज्ञान स्वयंविद्य अपार शक्ति चिन्मय ॥
२
ब्रह्मरूपा पराशान्ति कल्याणी जगदम्बिका
सत्य चैतन्य आनन्द शारदा नित्य व्यापिका
अनादि ज्ञानकी श्रोत अनन्त दिव्य स्थापिनी
ऐश्वर्य शुद्ध संस्कार करूणा कि दयानिधि ॥
३
श्रोत्रिय योगकी श्रष्टा कर्मनिष्ठ स्वचालित
अविकारी दया सिन्धु कल्याणी र गुणातीत
कर्तृ-भोक्तृ स्वयं सिद्धा धर्म साधन स्थापन
सगुण रूपकी आमा बन्छ्यौ साकार निर्गुण
४
आमा कै अंश हौं हामी अभिन्न परमेश्वरी 
सच्चिदानन्द निर्गूण निराकार अजंवरी
पूर्ण शक्ति परम् आत्मा पराम्बा जगदम्विका
माताका प्रेम छन् दिव्य दिन्छिन् अमृत अम्बिका 
५
शारदा वरदा धातृ गायत्री मंगला शिवा
भवानी शाश्वती दूर्गा लक्ष्मी साक्षात हौ विभा
हज्जारौं नाम छन् रूप अमूर्त मूर्त भावमा
अन्नपूर्णा तिमी ज्ञानी स्थितप्रज्ञ परा भूमा !
६
श्रृंगार सत्य चैतन्य कला सौन्दर्य व्यापिका
आनन्ददायिनी श्रद्धा भक्ति वैराग्य दायिका
मोहिनी ज्ञानकी श्रोत पराविद्या स्वरूपिणी
देऊ सद्भाव संस्कार आधार ब्रह्मचारिणी ।
७
विद्या वा शक्ति सम्पत्ती प्राकृति ममतामयी
ऊद्धार जीवको सोची जे जस्तो गर्दछ्यौ सही
छैनन् मेरा कतै शंका गर्छु आत्म समर्पण
कामना-मनकी-देवी मनै यो गर्छु अर्पण ।
८
छैनन् यस्ता कुनै स्थान बस्तु सत्ता र चेतन
आमाका पूर्णता जानी सान्निध्य अनिकेतन
स्मृति हौ जीवको प्राण अखण्ड ज्ञान दीपकी
अजस्र वेगले दिव्य बग्छ्यौ गंगा सरी तिमी ।
९
प्राण सौभाग्यकी दात्री मन बुद्धि प्रदायिनी 
आदि योग पराशक्ति पार्वती सिँहबाहिनी
भवानी योगमाया हे! महिषासूर मर्दिनी
करूणा दातृ सम्बृद्धि देऊ है भक्तमा तिमी ।
१०
अरूपा अजपा साक्षी श्रेष्ठ अक्षर ईश्वरी
प्रेरणादायी ऊत्कृष्ठ विज्ञान प्रणवेश्वरी
मौन सत्कार्य सद्बुद्धि सुसंकल्प प्रदायिनी
जननी जन्म भूमिश्च सृष्टि जीवनदायिनी ।
११
अद्वैत ब्रह्मकी साध्वी अज्ञान पूत्रको झिक 
स्वरूप दिव्य छन् प्रज्ञा आश्यर्य र अलौकिक
हृदयाकासमा बस्छ्यौ साथमा छन् सुदर्शन
अंश हुँ प्राणकी देवी गर्छु ऐश्वर्य दर्शन !
१२
आमाकै दिन हो आज आमाकै गान संगीत
वयान ज्ञानको पूर्ण परम् आत्मा प्रशंसित
गुणातीत र अद्वैय काल अज्ञान नाशिनी
स्वस्थ सौन्दर्यकी श्रोत दया दातृ प्रदायिनी ।
१३
ब्रह्मरूपा जगन्माता भारती भुवनेश्वरी
चन्द्रघण्टा र कौमारी शारदा परमेश्वरी 
वीणा पुस्तक छन् हात, वेदका मन्त्र साथमा
सरस्वती कृपा दात्री झझल्ल रत्न माथमा ।
१४
दिव्य साक्षात भो युग यज्ञको शुभ दर्शन
धर्म संस्कृति विज्ञान अनुसन्धान चिन्तन
विद्या मन्दिर हो साक्षात् साधु सन्त बोलाऊँछ्यौ
दिव्य वर्षा गरी सौम्य शिव शंकर ल्याऊँछ्यौ ।
१५
सेता कमलमा बस्छ्यौ, तटस्थ जड बाहिर
चन्द्रमा गर्दछिन् पूजा ब्रह्मा विष्णु महेश्वर
ज्ञानामृतको धारा माता हृदय बर्सन 
हंस वाहन छौ कस्ती ? अपूर्व देऊ दर्शन !
१६
श्रद्धा देऊ ममा माता विद्या दान कृपा गरी
बुद्धि नियममा राखी सद्भाव सबमा छरी 
जीवात्मा सृष्टि भो रूप श्रृंगार लेप सद्गुण  
गायत्री सत्य सम्मान दया क्षमा छ भूषण !
१७
म तिम्रो पाउको धूलो खोसी अज्ञानता लियौ
ब्युँझी रहस्य पो पाएँ, नौलो यो जीवनी दियौ
सत्य चेता मुमा सृष्टि अलौकिक अचम्मको
मूल छ्यौ प्रकृति भित्र, नयाँ वर्षको जन्म भो ।
१८
जिज्ञासा अब लौ जागोस्, रहस्य जन्म जन्मकी 
अप्रमेय स्वयं सिद्धा शान्ति सत्पुण्य धर्मकी
साक्षी चैतन्य अद्भूत प्रज्ञा सत्-अनुभुतकी
अन्नपूर्णा प्रिया प्राण दाता सद्भाव भूतकी ।
१९
हटायौ भ्रान्ति, छु जागा, जगत् की परमेश्वरी
वयान कसरी गर्नु? काव्य, श्रुति, शिवेश्वरी
हेतु हौ कर्मकी आमा, पवित्र दिव्यता भरी
भक्त छन् गण-तारादि जन सारा वरीपरी ।
२०
छैनौ टाढा स्वयं भित्र धर्मकी पूर्ण श्रोत हौ
विश्व ब्रह्माण्डकी मित्र सबैमा ओतप्रोत छ्यौ
स्मृति होस् शास्त्रको गुह्य, रहस्य रूप देवीका
गायत्री ब्रह्म हौ साक्षात् प्रमाण वेदकी शिवा ।
२१
कला संगीत शास्त्रादि संस्कृति छ सजाऊन
धर्म रक्षा परा शान्ति कालो अन्ध हटाऊन
जगाऊ कर्म या भक्ति आस्था भाव समर्पण
देऊ वैराग्यको ज्ञान संस्कार मन अर्पण !
२२
हटाई काम या क्रोध पन्छाई दुष्टता लग
अपूर्ण धाप अज्ञान अखण्ड पूर्णता भर
मुमुक्षु गर्दछु प्रश्न स्मृतिमा छु प्रतिक्षण
कला कौशलता राखी यज्ञभाव समर्पण ।
२३
स्वाध्यायी कर्मको योग सद्भाव शुभ कामना
अखण्ड बर्सियोस् भक्ति अनन्य सम भावमा
अद्वैत साक्षी छिन् व्याप्त आत्मा धर्म सनातन 
सबै क्लेश हटोस् आज अक्षुण्य मातृ साधना
२४
राजा राम सरी आज्ञा ज्ञानको प्यास मेट्नु छ 
हतार गर्दछु आमा मलाई लौ न भेट्नु छ
आत्माको ब्रह्मको रूप जीवले यो पुकार्दछु
देऊ दर्शन है माते खोज साकार गर्दछु !
२५
अपरा भो परा के हो? ब्रह्म विद्या सिकाईद्यौ
श्रुति स्मृति पढी जानी न्याय शूत्र मिलाईद्यौ
असत्य तर्कले ल्याई सत्य के यो बुझाईद्यौ
हराएछु कठै आमा लौ न आऊ पढाईद्यौ !
२६
प्रकृति व्यस्त छिन् प्यारी श्रोत साधन चिन्दछु
प्राचीन सभ्यता जान्दै प्रतिष्ठा गर्न सिक्दछु
वास्तु ज्योतिष सौर्यादि आयुर्वेद परंपरा
ईतिहास छ साहित्य शब्द भाषा र संपदा ।
२७
गौ-पालन नयाँ शिक्षा कृषि विज्ञान योग्य छु
चिकित्सा औषधी जानी उपचार म गर्दछु
सृष्टि संगीतका शव्द ध्वनीका रंग संगम
विभिन्न जीवका विद्या प्राणी स्थावर जंगम ।
२८
वाणी भित्र बसी प्रज्ञा बोल्न नाम बताऊँछ्यौ
चक्षु नेत्र पसी गुह्य रूप हेर्न सिकाऊँछ्यौ
अग्नि प्राण कसी देह हृदय यी चलाँऊछ्यौ
यन्त्र झैँ सत्य चैतन्य स्वत: चालित गर्दछ्यौ ।
 २९
अखण्ड तेजले मुक्त ऊदिप्त ज्ञान भर्दछ्यौ 
अनादि ज्ञान विज्ञान अनन्त पूर्ण गर्दछ्यौ
गायत्री अजपा सूक्ष्म चिदाभास चिनाऊँछ्यौ
हिरण्यगर्भमा लूप्त ब्रह्म लीन गराऊँछ्यौ ।
३०
छोरी हौ मिथिला राज कुमारी राम-राज्यकी
अयोद्धापुरकी दिव्य महिमा ऋषि प्राज्ञकी
विद्यादान गरी वर्षा भक्ति भाव छ वन्दना 
साक्षात् सरस्वती माते नेपाल जननी श्री मा ।
३१
पृथ्वी जलमा व्याप्त अग्निमा वायु अम्बर
स्थिति पालन रक्षात्मा लय गर्छ्यौ चराचर
आमा नै प्रकृति ब्रह्म परमेश्वर-अर्पण
शास्त्र वाणी स्वयं मुक्ति आमामा नै समर्पण ।
३२

(पूण्यार्जन फाउण्डेसनका निर्देशक रिसाल काठमाडौं विश्वविद्यालयका उप-प्राध्यापक हुन्)
 

प्रकाशित मिति: शनिबार, वैशाख १७, २०७९  १६:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर
दुवै सदनको बैठक बस्दै, प्रधानमन्त्री वालेन्द्रले आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस गर्ने कार्यसूची
सम्बन्धित सामग्री
खेल पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन विमोचन कार्यक्रममा ‘नेपाल–जापान खेल सम्बन्ध’ पुस्तकबारे आफ्नो धारणा राख्दै कार्यवाहक राजदूत पौडेलले पुस्तकमार्फत नेपाल र जापानबीचको... शुक्रबार, असोज २, २०८३
३२ मुलुकको नेपाली साहित्य अब एउटै ग्रन्थमा ‘आप्रवासी नेपाली साहित्यको इतिहास’ आप्रवासी नेपाली साहित्यको प्रथम आधिकारिक इतिहास हो । कृतिमार्फत प्राडा लुइँटेलले नेपाली डायस्पोरा... शुक्रबार, असोज २, २०८३
कविता: जेन्जी सहिदहरुको सम्झनामा मेरा सहजताका खातिर, मेरो यो शिर भ्रष्टाचारीसामु झुक्यो भने डराएर केही गुम्ला भनी, मेरो आवाज अहंकारीसामु सुक्यो भने देशका लागि रगत... मंगलबार, भदौ २३, २०८३
ताजा समाचारसबै
हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना बिहीबार, असोज १५, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर बिहीबार, असोज १५, २०८३
दुवै सदनको बैठक बस्दै, प्रधानमन्त्री वालेन्द्रले आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस गर्ने कार्यसूची बिहीबार, असोज १५, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
बैंकको एअरपोर्टमा झन्डै ४० घन्टाको बास, आज स्वदेश आइपुग्दै कबड्डी टोली बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्