• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

भारतमा निर्वाचनलाई व्यवस्थित बनाएका टीएन शेषनबाट नेपालले के पाठ सिक्ने?

64x64
नेपाल लाइभ सोमबार, वैशाख १९, २०७९  ०७:०१
1140x725

काठमाडौं– गत चैत २६ गते नेपाली कांग्रेसका पूर्व महामन्त्री शशांक कोइरालाले काठमाडौंमा आयोजित एक कार्यक्रममा आफूले पछिल्लो निर्वाचनमा ६ करोड रुपैयाँ खर्च गरेको बताए। आगामी वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्नेहरूप्रति लक्षित गर्दै निर्वाचन महंगो भएको बताउन उनले आफ्नै उदाहरण दिएका थिए।

निर्वाचन आयोगले २०७४ सालमा प्रतिनिधिसभाका उम्मेदवारका लागि तोकेको २५ लाख रुपैयाँ खर्च सीमाभन्दा कैयौं गुणा बढी खर्च गरेको सार्वजनिक अभिव्यक्ति दिएपछि कोइरालामाथि प्रश्न उठेको थियो। तर, हरेक निर्वाचनमा ठूला दलका उम्मेदवारहरूले आयोगले तोकेभन्दा अति धेरै खर्च गर्ने विषय ‘ओपन सिक्रेट’ नै हो।

यस्तै अवस्था भारतमा पनि थियो। तर, एक व्यक्तिको प्रयास र कार्य सम्पादनका कारण अवस्था फेरिएको छ। निर्वाचनमा उम्मेदवारले गर्न पाउने खर्चको सीमालाई पूर्णरूपमा पालना गराउनेदेखि प्रचारका लागि हुने विभिन्न किसिमका अभियानहरूलाई नियन्त्रणमा राखिएको छ।

यो सबै कामको श्रेय भने एक अधिकारीलाई जान्छ, जो सन् १९९० देखि १९९६ सम्म भारतमा प्रमुख निर्वाचन आयुक्त थिए। उनी हुन् टीएन शेषन।

टीएन शेषन सन् १९९० मा भारतको १०औं प्रमुख निर्वाचन आयुक्त नियुक्त भएपछि निर्वाचन प्रणालीमा ल्याएको सुधारका कारण चर्चित छन्। उनकै नेतृत्वमा मतदान केन्द्रमा हुने धाँधली र सरकारी संयन्त्रको दुरुपयोगजस्ता काम निरुत्साहित भएका थिए।

भारतीय निर्वाचन प्रणालीमा यसरी भयो सुधार 
प्रमुख निर्वाचन आयुक्त नियुक्त हुनुअघि शेषनले १८औं मन्त्रीमण्डल सचिवको रुपमा काम गरेका थिए। सन् १९८९ उक्त पदमा नियुक्त भएका उनी एक वर्षपछि १९९० मा प्रमुख निर्वाचन आयुक्त भए।

सन् १९५५ मा भारतीय प्रशासनिक सेवामा तमिलनाडु क्षेत्रबाट प्रवेश गरेका शेषनको परिचय आफ्नो कतव्र्यबाट च्युत नहुने अधिकारीको रूपमा बनिसकेको थियो। विगतमा उनी जेजस्ता पदमा नियुक्त गरिएका थिए, आफ्नो कर्तव्यको पूर्ण पालना गरेका थिए।

कुशासन र कर्तव्यहीनता मौलाइरहेको समयमा शेषनको यस किसिमको कार्य सम्पादनले राम्रो चर्चा पाएको थियो। उनी प्रमुख निर्वाचन आयुक्तमा नियुक्त गरिँदा भारतमा हुने लोकसभादेखि प्रदेश र स्थानीय निर्वाचनहरूमा समस्या थियो।

Ncell 2
Ncell 2
nimb
nimb

निर्वाचनका लागि छुट्याइएका मतदान केन्द्रहरू कब्जा हुन्थ्यो। भोट गन्दा पनि धाँधली हुन्थ्यो। निर्वाचनको निम्ति हुने खर्च अपारदर्शी थियो। प्रचारमा पनि समस्या थियो। निर्वाचनभन्दा एक महिना अघिबाटै उम्मेदवारहरूले मतदातालाई मदिराको वितरण गर्थे। सरकारी संयन्त्र र उपकरणहरुको दुरुपयोग हुन्थ्यो। भारतमा धार्मिक रूपमा कट्टर मतदाता पनि भएकाले त्यसैलाई आधार बनाएर समेत प्रचार गरिन्थ्यो। यी सबै समस्या समाधानको लागि काम भएको थिएन।

निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता कागजमा नै सीमित थियो। कार्यान्वयनको पक्षबाट पनि आचारसंहिता कमजोर थियो। निर्वाचन आयुक्तहरूमा राजनीतिक प्रभाव र पदको लोभ ज्यादै भएका कारण उम्मेदवारलाई आचारसंहिता विपरीत जान नदिन काम हुन सकेको थिएन। शेषनले आफ्नो पदभार सम्हालेपछि निर्वाचनमा भइरहेका यी पक्षहरूलाई ध्यानमा राखे।

उनले राजनीतिक पार्टी र उम्मेदवारहरुका निम्ति आचारसंहिता जारी गरे। उनले आचारसंहिता उल्लघंनका लागि ठाउँ छाडेनन्। उक्त आचारसंहितामा निर्वाचनका लागि हुने खर्चहरुको सीमा मात्रै तोकिएन, त्यसलाई विशेष प्राथमिकतामा राखेर अनुगमन गर्ने व्यवस्था भयो। भोट हाल्ने सम्पूर्ण मतदाताका निम्ति ‘भोटर आईडी कार्ड’ हुनुपर्ने अनिवार्य व्यवस्था गरियो। निर्वाचनको बेला विभिन्न ठाउँमा बनाइने ठूलाठूला पोस्टरदेखि भित्तामा कोरिने निर्वाचन प्रचारलाई पनि बन्द गरियो।

आफूले निर्वाचनको निम्ति गरेको कामको विषयमा एक अन्तर्वार्तामा शेषनले भनेका छन्, ‘मैले आजसम्म निर्वाचन गरेको थिइन। मसँग दुई वटा सिद्धान्त थिए, शून्य ढिलाइ र शून्य कमजोरी।’ उनले जारी गरेको आचारसंहिताले निर्वाचनमा ठूलो फरक पार्‍यो। सन् १९९४ को निर्वाचनमा भारतको कर्नाटन क्षेत्रको गुल्वार्जा क्षेत्रमा मात्र उम्मेदवारले दैनिक खर्च विवरण नबुझाएको सम्बन्धी २० भन्दा धेरै मुद्दा परे।

Xtrem

Xtrem

सन् १९९१ मा उत्तर प्रदेशमा मात्र ८७३ वटा बुथ कब्जा भएको थियो। तर, १९९३ को निर्वाचनमा यो संख्या २२५ मा झरेको थियो। निर्वाचनको क्रममा हुने हत्याको घटना ३६ बाट ६ वटामा झर्‍यो। विविध कारणले निर्वाचन तोकिएको मितिबाट सर्ने वा स्थगित हुनुपर्ने समस्या पनि कम भएको थियो। सन् १९९१ मा १७ ठाउँमा स्थगित भएको निर्वाचन १९९३ मा तीन वटामा झरेको थियो। 

पद र पैसाको शक्ति दुरुपयोगमा मात्र नभएर निर्वाचनका क्रममा मतदातामाथि उम्मेदवारहरुले पार्ने प्रभावको विषयमा पनि उनले पर्याप्त काम गरे। निर्वाचन क्षेत्रमा उनले ६ दिनअघि बाटै ‘ड्राइ डे’ (मदिरा बिक्री नहुने तथा सार्वजनिक रुपमा सेवन गर्न नपाउने नियम) लागू गराएका थिए।
सन् १९९४ मा भारतका चार राज्यमा भएको निर्वाचनमा उनले १५० निर्वाचन अधिकारीहरुलाई अवलोकनका लागि खटाएका थिए। उनीहरुको काम निर्वाचनमा जारी भएको आचारसंहिताको पालना भए नभएको हेर्नेदेखि निर्वाचनमा प्रभाव पार्नसक्ने विषयको अध्यनयन गर्ने थियो।

सन् १९९६ को निर्वाचनमा यस्ता अधिकारीको संख्या १५ सय पुगेको थियो। सोही निर्वाचनमा १५ लाख कर्मचारीले मतदान केन्द्रलाई सञ्चालन गरेका थिए। ६ लाखभन्दा धेरै सुरक्षाकर्मी खटाइएको थियो। सम्भावित खतरालाई मध्यनजर गर्दै उनले तीन लाख जनालाई पक्राउ गरेर हिरासतमा राखेका थिए, जसमा एक लाख २५ हजार उत्तर प्रदेश र ५९ हजार जना मध्य प्रदेशका थिए। देशभरबाट ८७ हजार पेस्तोल नियन्त्रणमा लिइएको थियो।

शेषनको कार्य सम्पादन नियमअनुसार थियो। जनताले आफ्ना प्रतिनिधि छान्ने काममा उनले आफ्नो कर्तव्यको पालना गरेका थिए। उनले गर्नुपर्ने कामलाई राम्रोसँग सञ्चालन गर्ने र गर्न नहने कामलाई गर्दै नगर्ने रणनीति अपनाएका थिए। लोकतान्त्रिक राज्य प्रणालीमा जनताले आफ्नो प्रतिनिधि छान्ने अधिकारलाई पूर्णरूपमा पारदर्शी बनाएर सुनिश्चित गर्न उनले कुनै कसर बाँकी राखेका थिएनन्। यी कामका लागि उनलाई सन् १९९६ मा प्रतिष्ठिन रोमन मेगासेसे अवार्ड दिइएको थियो।

सार्वजनिक कर्मचारीको पदबाट रिटार्यड भएसँगै शेषनले सन् १९९७ मा राष्ट्रपति निर्वाचनका लागि लडेका थिए। तर, उनले केआर नारायणनसँग हार भोग्नु परेको थियो। सन् २०१२ मा उनलाई चेन्नाईमा मद्रास उच्च अदालतले पचइप्पा ट्रस्ट चलाउनका लागि आन्तरिक प्रशासकको रुपमा नियुक्त गरेको थियो। 

शेषनबाट नेपालमा सिक्नुपर्ने पाठ
शेषन एक कर्मठ सरकारी कर्मचारी थिए। जनताको अधिकारका लागि उनले गर्नुपर्ने काम सबै गरे। आफ्नो कार्यकालमा नियमको उचित पालना गराउने र जनताको अधिकार सुनिश्चित गराउनेमा उनले आफ्नो परिचय बनाए। यी कुशल कर्मचारीको निधन २०१९ नोभेम्बरमा भयो।

शेषनले भारतमा बिग्रिएको निर्वाचन प्रणालीलाई सुधारेका थिए। उनको कार्यकालअघि जस्तो निर्वाचन प्रणाली र अवस्था थियो, त्यो अहिलेको नेपालको अवस्थासँग मिल्दोजुल्दो छ।

स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा पनि शेषनले भारतमा गरेका काम सान्दर्भिक लाग्छन्। गत स्थानीय तहको निर्वाचनका क्रममा भरतपुरमा भएको मतपत्र च्यात्नेजस्ता काम त्यो बेलाको भारतमा भइरहेको थियो। तर, शेषनको कार्यकालमा भने यी सबै पक्षहरुमा सुधार भयो।

शेषनले आफ्नो कार्यकालमा निर्वाचन आयोगलाई राजनीतिक पार्टीको प्रभाव क्षेत्रबाट बाहिर निकालेर स्वतन्त्र बनाएका थिए। विगतमा कागजमा मात्रै स्वतन्त्र रहेको निर्वाचन आयोग अब भने वास्तवमै स्वतन्त्र भएको थियो। उनका यी कामबाट नेपालमा पनि निर्वाचनका क्रममा भइरहेका नियमको उल्लंघनदेखि निर्वाचन आयोगमा रहेको राजनीतिक प्रभावलाई हटाउन आवश्यक छ।

प्रकाशित मिति: सोमबार, वैशाख १९, २०७९  ०७:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
खार्किभमा रुसी आक्रमण, कम्तीमा चार जनाको मृत्यु
गणेश लामाले पनि दिए कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी
तीन वटा संसदीय समितिको बैठक बस्दै
सम्बन्धित सामग्री
खार्किभमा रुसी आक्रमण, कम्तीमा चार जनाको मृत्यु खार्किभका मेयर इहोर तेरेखोभका अनुसार निर्देशित हवाई बमबाट भएको आक्रमणमा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने तीन बालबालिकासहित ३९ जना... मंगलबार, असोज २०, २०८३
रुसी तेल प्रशोधन केन्द्रमा युक्रेनी आक्रमण, ५१ प्रतिशत क्षमता प्रभावित भएको दाबी युक्रेनले गरेको लामो दूरीको आक्रमणबाट रुसको कुल तेल प्रशोधन क्षमताको ५१ प्रतिशत प्रभावित भएको दाबी गरेको छ। मंगलबार, असोज २०, २०८३
यमनी शहर ताइज जाने सडक हुथी आक्रमणपछि अवरूद्ध क्षेत्रका एक प्रहरी स्रोतले एएफपीलाई भने, “हामीलाई जानकारी भए अनुसार हुथीहरूले अल–सफिया क्षेत्र कब्जा गरेका छन्। त्यहाँ उनीहरूले प्र... आइतबार, असोज १८, २०८३
ताजा समाचारसबै
खार्किभमा रुसी आक्रमण, कम्तीमा चार जनाको मृत्यु मंगलबार, असोज २०, २०८३
गणेश लामाले पनि दिए कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी मंगलबार, असोज २०, २०८३
तीन वटा संसदीय समितिको बैठक बस्दै मंगलबार, असोज २०, २०८३
हिमपातले लिमी र हिल्सा सडक बन्द, पानी र रासनको समस्या मंगलबार, असोज २०, २०८३
अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबिच अमेरिकामा उच्चस्तरीय द्विपक्षीय भेटवार्ता मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
प्रधानमन्त्री बालेन शाहको दावी ‘ कांग्रेसले २०१५ सालदेखि घोषणा पत्रमा लेख्यो, हामीले लालपुर्जा वितरण सुरु गर्‍यौं ’ सोमबार, असोज १९, २०८३
यस्तो छ कांग्रेस निर्वाचन कार्यतालिका, मतदान कहाँ-कहाँ? सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्