• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ ९, २०८३ Tue, Aug 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

जसले लगाइदिए एआईजीको फुली, उनैलाई उछिनेर आईजी!

64x64
नारायण अधिकारी आइतबार, वैशाख १८, २०७९  १४:४५
1140x725

काठमाडौं– नेपाल प्रहरीको २९औं प्रहरी महानिरीक्षक (आईजी)मा धीरजप्रताप सिंहको बढुवा भएको छ। सरकारले उनीभन्दा झण्डै डेढ वर्ष ज्येष्ठतालाई उछिनेर सिंहलाई आईजीमा बढुवा गरेको हो। 

सिंहभन्दा डेढ वर्षअघि बढुवा भएका एआईजी विश्वराज पोखरेल र झण्डै एक वर्ष अघि बढुवा भएका सहकुलबहादुर थापालाई पन्छाएर सरकारले उनलाई आईजी बनाएको हो। 

एआईजीको फुली लगाउनेलाई उछिनेर आईजीमा बढुवा!
चैत १ गते सरकारले प्रहरीमा अतिरिक्त महानिरीक्षक (एआईजी)का थप ३ दरबन्दी सिर्जना गर्ने निर्णय गरेको थियो।  

दरबन्दी थप गर्ने निर्णयपछि धीरजप्रताप सिंहसँगै अन्य दुई जनालाई एआईजीमा बढुवा गर्न सिफारिस गरिएको थियो। त्यसको १६ दिनपछि चैत १७ गते एआईजीको दर्ज्यानी चिह्न (फुली) हालका आईजी सिंहले एआईजी विश्वराज पोखरेलबाटै लगाएका थिए।  

संयोग कस्तो रह्यो भने आफूलाई एआईजीको फुली लगाउने पोखरेललाई उछिनेर सिंह आईजी भएका छन्। 

पूर्वडीआईजी हेमन्त मल्ल भन्छन्, ‘एक/दुई नम्बरको बरियता मिचेर बढुवा गर्दा त रडाको हुन्छ। यहाँ त डेढ वर्ष ज्येष्ठताको कुरा छ। एआईजीको फुली समेत जसले लगाइदिए उनैलाई पछि पारिएको छ।’

नवनियुक्त आईजी सिंह डीआईजी हुँदा पोखरेल एआईजी भइसकेका थिए। सिंह प्रदेश २ को इन्चार्ज भएका बेला पोखरेल कार्य तथा अपराध अनुसन्धान विभागको प्रमुख थिए। सिंहले त्यसबेला आफ्ना दैनिक कामकारबाहीको रिपोर्टिङ पोखरेललाई गर्थे। 

अर्को रोचक प्रसंग पनि छ– इतिहासमै पहिलोपटक तीन लटमा बढुवा भएका एआईजी आईजीको प्रतिस्पर्धी बनेका थिए। नेपाल प्रहरीको इतिहासमा सम्भवतः पहिलोपटक ३ लटमा बढुवा भएका एआईजीहरुबीच भावी आईजीका लागि प्रतिस्पर्धा भएको थियो। 

nimb
nimb
Ncell 2
Ncell 2

पहिलो लटमा २०७७ मंसिर २४ गते बढुवा भएका विश्वराज पोखरेल, दोस्रो लटमा २०७८ असार २१ मा बढुवा भएका सहकुलबहादुर थापा र तेस्रो लट २०७८ चैत १७ गते धीरजप्रताप सिंह र रवीन्द्र धानुक एआईजीमा बढुवा भएका थिए। 

यसअघि एकै मितिमा बढुवा भएका एआईजीहरुबीच प्रतिस्पर्धा हुँदै आएकोमा यसपटक भने तीन फरक–फरक मितिमा बढुवा भएका एआईजीहरुबीच प्रतिस्पर्धा भएको हो। जुन प्रतिस्पर्धमा सबैभन्दा पछि एआईजीमा बढुवा भएका सिंहले बाजी मारे।  

एआईजी बढुवामा अदालतमा मुद्दा
अर्को संयोग के भने नवनियुक्त आईजीपी सिंहको एआईजी बढुवाविरुद्ध नै सर्वोच्च अदालतमा मुद्दा बिचाराधीन छ। सिंह र रवीन्द्र धानुकको एआईजी बढुवाको निर्णयविरुद्ध डीआईजी  ईश्वरबाबु कार्की, घनश्याम अर्याल र प्रकाशजंग कार्कीले सर्वोच्चमा रिट दायर गरेका थिए। 

आफूभन्दा जुनियरलाई बढुवा गरेको भन्दै उक्त बढुवा खारेजको माग गर्दै उनीहरुले रिट दायर गरेका थिए। पटक–पटक कारबाही स्वरुप निलम्बनमा परेका र जुनियरलाई बढुवा गरेर आफूहरुलाई छुटाइएको उनीहरुको रिटमा उल्लेख गरिएको छ। 

रिटमा उल्लेख गरिएको थियो, ‘हाल पदोन्नतिको लागि सिफारिस भएका उम्मेदवारहरु विगतमा धेरैपटक विभागीय कारबाहीमा परेका र कारबाहीका क्रममा निलम्बनमा समेत रहेका कर्मचारी हुन्। कारबाहीमा परेकालाई बढुवा सूचीमा समावेश गर्ने, तर सेवा अवधिभर एउटै स्पष्टीकरण समेत दिनु नपर्ने गरी जिम्मेवारी पूरा गर्नेलाई बढुवामा छुटाइएको छ।’

एआईजी बढुवा नै के हुने भन्ने विषयको टुंगो अहिलेसम्म लागिसेकेको छैन। उक्त रिटमा अन्तरिम आदेश दिने/नदिने भन्ने विषयमा पनि टुंगो लागेको छैन। सर्वोच्च अदालतले अन्तरिम आदेशका लागि दुबै पक्षलाई छलफलमा बोलाउने आदेश गरेको थियो। 

त्यसपछि पटक–पटक पेसी सर्दै वैशाख १९ गतेलाई तोकिएको छ। आईजी बढुवाको विषयमै प्रश्न उठाएर सर्वोच्चमा मुद्दा विचाराधीन भएको अवस्थामा मुद्दाका मुख्य प्रतिवादी (विपक्षी)  सिंहलाई सरकारले आईजी बढुवा गरेको छ। 

फेरि मुद्दाको तयारी
सिनियरलाई पन्छाएर जुनियरलाई आईजी बढुवा गरिएको भन्दै असन्तुष्ट दुई एआईजीले सर्वोच्च अदालतमा मुद्दा दर्ता गर्ने तयारी गरेका छन्। 

एसएसपीदेखि नै बरीयतामा आफूभन्दा पछि रहेको र डीआईजी, एआईजीमा बढुवामै छुटेका व्यक्तिलाई आईजीमा बढुवा गरिएको भन्दै एआईजी पोखरेल सर्वोच्च अदालत जाने तयारीमा लागेका छन्। यस्तै, अर्का एआईजी सहकुलबहादुर थापाले पनि आईजी बढुवाको निर्णयविरुद्ध अदालतमा मुद्दा दायर गर्ने तयारी गरेका छन्।  

यसअघि पनि कांग्रेस र माओवादी केन्द्रको गठबन्धन सरकारले तेस्रो नम्बरका डीआईजी जयबहादुर चन्दलाई आईजीमा बढुवा गर्ने निर्णय गरेपछि त्यसविरुद्ध सर्वोच्चमा रिट परेको थियो। सर्वोच्चले उक्त मुद्दामा अन्तरिम आदेश दिँदै ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनको आधारमा बढुवा गर्न निर्देशन दिएपछि प्रकाश अर्याल आईजी बनेका थिए। 

प्रकाशित मिति: आइतबार, वैशाख १८, २०७९  १४:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
साढे तीन क्वीन्टल बढी गाँजासहित तीन जना पक्राउ उदयपुर, कटारी नगरपालिका—४ मरूवा खोला नजिकबाट लागूऔषध गाँजा १९९ किलो ३२० ग्राम सहित कटारी नगरपालिका—४ कान्छी बजार बस्ने रूपन्देही घर... मंगलबार, भदौ ९, २०८३
स्रोत नखुलेको ३१ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ पक्राउ पर्नेमा चिनियाँ राहदानी नम्बर ईएलआई ४७८१३८ बाहक ५२ वर्षीय एमए यागुबी रहेका छन्। लागुऔषध नियन्त्रण ब्युरोको टोलीले भदौ ८ गते उ... मंगलबार, भदौ ९, २०८३
२४ घण्टामा ९९३ सवारी चालक कारबाहीमा ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ९९३ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ। मंगलबार, भदौ ९, २०८३
ताजा समाचारसबै
साढे तीन क्वीन्टल बढी गाँजासहित तीन जना पक्राउ मंगलबार, भदौ ९, २०८३
सम्पत्ति छानबिन आयोगसम्बन्धी मुद्दामा बालेनको विशेष ‘चासो’, सर्वोच्चको आदेशलाई प्रधानन्यायाधीशले गर्लान् ‘न्याय’? मंगलबार, भदौ ९, २०८३
‘रेडबुल १३औँ कृति अवार्ड्स’को घोषणा, २४ नयाँ विधामा प्रतिस्पर्धा मंगलबार, भदौ ९, २०८३
नयाँ ‘ट्याक्स पोर्टल’ संचालनमा, ई–टीडीएसमा कडाइ मंगलबार, भदौ ९, २०८३
केन्द्रको कारबाही सिफारिस बेवास्ता गर्दै बागमतीमा राप्रपाको एमाले–नेकपासँग सत्ता सहमति मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
संसद् छिर्दा प्रधानमन्त्री बालेनले किन लगाउँछन् कालो चस्मा ? यस्तो रहेछ कारण मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्