काठमाडौं- फरवार्ड क्रिस्टियानो रोनाल्डोले गोल गरेपछि म्यानचेस्टर युनाइटेड इंग्लिस प्रिमियर लिगमा हारबाट जोगिएको छ।
ओल्ड ट्राफोर्डमा बिहीबार राति सम्पन्न खेलमा युनाइटेडले चेल्सीसँग १–१ गोलको बराबरी खेलेको हो।
प्रतिस्पर्धात्मक खेलमा चेल्सीका लागि मार्कोस अलन्सोले गोल गरे भने रोनाल्डोले बराबरी गोल फर्काए। दुवै गोल खेलको दोस्रो हाफमा भएको थियो।
खेलको ६०औं मिनेटमा अलन्सोको गोलबाट चेल्सीले घरेलु टोलीविरुद्ध सुरुआती अग्रता लिएको थियो। उनले काई हाभर्टजको पासमा गोल गरेका थिए।
तर, चेल्सीले त्यो अग्रता दुई मिनेट पनि टिकाउन सकेन। ६२औं मिनेटमा रोनाल्डोले नेमान्जा माटिचको पास गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्या । त्यसपछि थप गोल निस्कन नसक्दा खेल बराबरीमा सकियो।
बराबरीसँगै चेल्सी ३३ खेलबाट ६६ अंक जोडेर तेस्रो स्थानमा यथावत् रहेको छ। युनाइटेड ३५ खेलबाट ५५ अंक जोडेर छैटौं स्थानमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।