काठमाडाैैं-खालीबारी युथ क्लबले सहिद स्मारक 'सी' डिभिजन लिगमा पहिलो जित निकालेको छ। एन्फा कप्लेक्स सातदोबाटोमा बिहीबार सम्पन्न खेलमा वीरगञ्ज युथ एकेडेमीलाई २-० ले हराउँदै खालीबारीले जित निकालेको हो।
खेलको १७औं मिनेटमा सन्दीप गुरुङले गोल गर्दै खालीबारीलाई सुरुआती अग्रता दिलाए। यस्तै, ७४औं मिनेटमा सुदीप केसीले गोल गर्दै खालीबारीलाई २-० को जित दिलाए।
जितसँगै खालीबारीले ३ खेल ४ अंक जोडेको छ। वीरगञ्ज अंकविहीन छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।