काठमाडौं– नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीविरुद्ध ‘विद्रोह’ गरेका खेलाडीहरुले पत्रकार सम्मेलन गर्ने भएका छन्।
बन्द प्रशिक्षणमा रहेका नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर रोहित चन्दलाई दुर्व्यवहार गरेको भन्दै विशाल राई, अनन्त तामाङ, विशाल श्रेष्ठ, अञ्जन विष्ट, सुजल श्रेष्ठ र विमल घर्तीमगरलगायतका करिब एक दर्जन खेलाडीले मुख्य प्रशिक्षकविरुद्ध ‘विद्रोह’ गरेका थिए।
उनीहरुले बिहीबार साँझ दरबारमार्गस्थित रोयलसिंगी होटलमा पत्रकार सम्मेलन गर्न लागेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।