काठमाडौं– नेपालको जीडीपी ५.४९ प्रतिशतले विस्तार भएको केन्द्रीय तथ्यांक विभागले जानकारी दिएको छ।
उपभोक्ता मूल्यमा नेपालको जीडीपी ४८ खर्ब ५१ अर्ब ६३ करोड रहेको विभागले जानकारी दिएको छ।
यसैगरी, नेपाली मुद्रामा परक्यापिटा इन्कम (प्रतिव्यक्ति आय) १ लाख ६४ हजार ५ सय ९८ रूपैयाँ पुगेको छ।
नेपालीको प्रतिव्यक्ति आय १३७२ डलर पुगेको हो। अर्थतन्त्रको आकार अर्थात् कुल गार्हस्थ उत्पादन ४१ खर्ब ५ अर्ब ५४ करोड रूपैयाँ पुगेको विभागले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।