काठमाडौं– च्याम्पियनस लिगअन्तर्गत सेमिफाइनलको पहिलो लेगमा इंग्लिस क्लब लिभरपुल विजयी भएको छ।
घरेलु मैदानमा बुधबार सम्पन्न खेलमा लिभरपुलले स्पेनिस क्लब भिल्लारियललाई २-० गोलले पराजित गरेको हो।
लिभरपुलका लागि साडियो मानेले एक गोल गरे भने अर्को गोल उपहार पाएको थियो। खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। ५३औं मिनेटमा इस्टुपिनानले आत्मघाती गोल गरेपछि लिरभपुलले अग्रता लिएको थियो।
लिभरपुलका जोर्डन हर्नान्डेजको क्रस रोक्ने क्रममा इस्तुपिनानले आफ्नै पोस्टमा गोल गरेका थिए।
त्यसो दुई मिनेट पछि नै साडियो मानेले लिभरपुलको अग्रता दोब्बर पारेका थिए। उनले सलाहको पासमा गोल गरेका थिए। त्यसपछि दुवै टोलीबाट गोल हुन सकेन र खेल लिभरपुलले २-० ले जित्यो।
यसअघि अर्को सेमिफाइनलको पहिलो लेगमा इंग्लिस क्लब म्यानचेस्टर सिटीले स्पेनिस क्लब रियल मड्रिडलाई ४-३ गोलले हराएको थियो।
अब दुवै सेमिफाइनलको दोस्रो लेग आगामी साता हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।