काठमाडौं– सशस्त्र प्रहरी बलका कर्मचारीले राष्ट्रिय वाणिज्य बैंक लिमिटेडबाट बिनाधितो १५ लाख रुपैयाँसम्म कर्जा पाउने भएका छन्।
सशस्त्र र वाणिज्य बैंकबीच सशस्त्र प्रहरी कर्मचारीहरुको हित तथा सुविधाका लागि तलबी बचत खाता सञ्चालन तथा कर्जा लगायतका विविध बैंकिङ सुविधा प्रदान गर्ने गरी सम्झौता भएकोले १५ बिनाधितो १५ लाख रुपैयाँसम्मको कर्जा पाउने भएका हुन्।
सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसी र बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठ उपस्थितिमा उक्त सम्झौता भएको हो।
सशस्त्र प्रहरी प्रधान कार्यालय हल्चोकमा बुधबार गते आयोजित एक समारोहकाबीच सशस्त्र प्रहरी नायब महानिरीक्षक बिदुर खड्का र बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारीले सम्झौतामा हस्ताक्षर गरे।
सम्झौतासँगै सशस्त्र प्रहरी कर्मचारीहरुले बिनाधितो ५ वर्षका लागि अधिकतम १५ लाखसम्मको ऋण सुविधा पाउनुका साथै बैंकले प्रदान गरिरहेको अन्य विविध सुविधाहरु समेत पहिलो वर्षको लागि निःशुल्क र त्यसपश्चात न्यून शुल्कमा उपभोग गर्न पाउने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।