काठमाडौं– नेपाली बजारमा आज छापावाल सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३०० रूपैयाँले ओरालो लागेर ९९ हजारमा कारोबार भइरहेको छ।
सुन अघिल्लो दिन प्रतितोला ९९ हजार ३०० मा कारोबार भएको थियो। आज तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार ५०० छ। यसको मूल्य बुधबार प्रतितोला ९८ हजार ८०० थियो।
त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० रूपैयाँले घटेर प्रतितोला एक हजार ३४० मा कारोबार भइरहेको छ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८९९ डलर आसपास कारोबार भइरहेको जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।