• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्थानीय निर्वाचन

घोषणापत्रमार्फत् एमालेले बाँडेका ‘बासी सपना’

64x64
युवराज भट्टराई बुधबार, वैशाख १४, २०७९  २०:४०
1140x725

काठमाडौं– नेकपा एमालेले यो वर्षको स्थानीय निर्वाचनलाई लक्षित गरेर सार्वजनिक गरेको घोषणापत्रमा पुरानै कार्यक्रमहरूलाई निरन्तरता दिएको छ। २०७४ को स्थानीय तहको चुनावताका बाँडेकै सपनाहरूलाई एमालेले यो पटकको घोषणापत्रमा पनि समेटेको छ। 

अघिल्लो स्थानीय तहको चुनावमा जारी गरेको घोषणापत्रमा एमालेले महानगर, उपमहानगर, नगरपालिका तथा गाउँपालिकालगायतका स्थानीय तहका निम्ति विभिन्न कार्यक्रम पूरा गर्ने वाचा गरेको थियो। ठाउँ-ठाउँमा केबलकार निर्माण गर्नेदेखि देशमा आन्तरिक तथा बाह्य जलमार्ग सञ्चालनको काम गर्नेजस्ता आयोजनाहरू एमालेको घोषणापत्रमा थिए। एमाले ‘जनताको सच्चा प्रतिनिधि’ भएको उल्लेख गरिएको घोषणापत्रमा एमालेले ‘नेपाली जनताको सपनाः समृद्धि र समाजवादको स्थापना’को नारासहित संघीय, प्रदेश र स्थानीय सरकारलाई समाजवादउन्मुख कार्यमा सञ्चालन गर्ने उल्लेख गरेको थियो।

यो पटकको घोषणापत्रमा पनि एमालेले यिनै कुराहरूलाई समेटेको छ। रेलदेखि केबलकारजस्ता पुरानै कुराहरूलाई एमालेको घोषणापत्रमा समेटिएको छ। विगतमै गरेका प्रतिबद्धता पूरा नभएको अवस्थामा एमालेले योपटक पनि तिनै अधुरा घोषणालाई निरन्तरता दिएको छ।

दोहोरिए जलमार्गदेखि रेलसम्मका प्रतिबद्धता
स्थानीय तहको पहिलो चुनावका क्रममा एमालेले जारी गरेको घोषणापत्रमा देशमा रेलमार्गदेखि जलमार्गसम्मका यातायातका पूर्वाधार विकासका आयोजना अघि सारिएको थियो। देशमा अत्याधुनिक रेल सञ्चालन गर्ने र पानीजहाज चलाउने योजना अघि सारेर त्यसलाई निकै महत्त्वका साथ एमालेले प्रचारप्रसारका लागि प्रयोग गरेको थियो।

एमालेले अघि सारेको रेलमार्ग र जलमार्गको योजनालाई देशका अन्य स्थानीय तहले पनि प्राथमिकताका साथ राखेका थिए। काठमाडौं, पोखरा, भरतपुरलगायतका महानगरपालिकामा मेयरका निम्ति उम्मेदवारी दिने अन्य पार्टीका नेताहरूले पनि यी आयोजनालाई महत्त्वका साथ राखे।

तर, पाँच वर्ष पूरा हुन लाग्दा न रेलमार्ग सञ्चालनमा आयो, न पानीजहाज नै। विभिन्न ठाउँमा जलयातायात, रेलमार्ग, स्थानीय तहमा बसपार्क, पर्यटन विकास र यातायात नपुगेका ठाउँमा केबलकारजस्ता विषयलाई विगतमा घोषणापत्रमा समेटे पनि कार्यान्वयनको पाटोबाट भने खासै काम हुन सकेन। 

तर, यो वर्ष पनि यी कुराहरूले एमालेको घोषणापत्रमा निरन्तरता पाएका छन्। जनतासामु एमालेले स्थानीय तहको निर्वाचनमा मत पाउनका निम्ति पुरानै प्रतिबद्धता दोहोर्‍याएको छ। यातायात पूर्वाधारको विषयमा एमालेको २०७४ को घोषणापत्र र २०७९ को घोषणापत्रमा अधिकांश कुराहरू दोहोरिएका छन्। 

एमालेको घोषणापत्रमा ठूला शहरमा रेल सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ। देशमा ‘सहज आवागमनको आधार दिगो यातायातको पूर्वाधार’ भएको उल्लेख गर्दै एमालेले यो पटकको घोषणापत्रमा पनि यातायातलाई व्यवस्थित गर्न ठूला सहरमा रेल यातायात प्रणालीको विकास गर्ने जनाएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

त्यस्तै, एमालेले विगतमै बाँडेको जलमार्गको सपनालाई यो वर्ष पनि निरन्तरता दिएको छ। एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री रहँदा पानीजहाज सञ्चालनका लागि ‘पानीजहाज कार्यालय’को स्थापना गरेर ‘देश अब पानीजहाजको युगमा प्रवेश गरेको’सम्म भनेका थिए। तर, कार्यान्वयन र सञ्चालनको पाटोबाट भने १६ जना कर्मचारी रहेको पानीजहाज कार्यालयले खासै प्रगति गर्न सकेको छैन। 

अधुरो र अपुरो जल यातायातको वाचालाई एमालेले यो वर्ष पनि महत्त्वका साथ समेटेको छ। सडक, हवाई, जल, केबलकार र रोपवेजस्ता यातायातका पूर्वाधार विकास गर्नेदेखि सहज र आधुनिक बनाउने प्रतिबद्धता एमालेले जनाएको छ। सँगै, देशभरका विभिन्न स्थानीय तहमा रहेका ठूला नदी प्रणालीहरूमा जल यातायातको विकास गर्ने प्रतिबद्धतालाई पनि यो वर्ष निरन्तरता दिइएको छ।

एमालेले २०७४ मा केबलकारको विकासलाई महत्त्वकासाथ पस्किएको थियो। पर्यटन उद्योगको विस्तारका लागि पाँच वर्षमा सम्पन्न हुने गरी पर्यटक सेवाका लागि विभिन्न महत्त्वका पर्यटकीय स्थानमा केबलकार सञ्चालन गरिने उल्लेख थियो। 

यी कुरालाई यो वर्ष समेटिएकाे छ। देशमा यातायातको विकासका लागि विभिन्न ठाउँमा केबलकारको विकास गरिने एमालेले जनाएको छ। मोटरबाटो पुग्न कठिन भएका वस्तीहरूमा स्तरीय पदमार्गसँगै केबलकारको विकास गर्नेदेखि निजी क्षेत्रसँगको सहकार्यमार्फत् पर्यटनको विकासका लागि केबलकारको विकास गर्ने कुरालाई एमालेले निरन्तरता दिएको छ।

Xtrem

Xtrem

कृषिमा दोहोरिएका अधुरा वाचाहरू
यातायात र भौतिक पूर्वाधारमा मात्रै होइन, एमालेको घोषणापत्रमा कृषिमा पनि पुरानै प्रतिबद्धताहरूको निरन्तरता छ। विगतमा आफूले प्रतिबद्धता जारी गर्दै पूरा गर्न नसकेका कामलाई एमालेले यसपटक पनि निरन्तरता दिएको छ।

एमालेले २०७४ मा पाँच वर्षमा सम्पूर्ण कृषियोग्य भूमिमा आधुनिक सिँचाई प्रणालीबाट सिँचाई सुविधा पुग्ने गरी पूर्वाधार निर्माण गरिने प्रतिबद्धता जनाएको थियो। पाँच वर्षभित्र तराई मधेस र भित्री तराईको कृषिभूमि सिँचाई गर्न नदी डाइभर्सन प्रणाली सञ्चालन गरिने एमालेको प्रतिबद्धता थियो।

योपटक पनि एमालेले देशभरका कृषियोग्य जमिनमा सिँचाई सुविधा उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। यो वर्षको घोषणापत्रमा एमालेले सबै कृषियोग्य जमिनमा सिँचाई सुविधा उपलब्ध गराउने, वर्षातको पानी संकलन गर्ने, सतह सिँचाई, भूमिगत र लिफ्ट सिँचाई आयोजना सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ।

२०७४ मै नेपाललाई दुई वर्षभित्र आधारभूत खाद्यान्नमा आत्मनिर्भर बनाउने घोषणा गरेको एमालेले यो पटक पनि खाद्यान्नका लागि कृषि उत्पादनमा आत्मनिर्भर बन्ने प्रतिबद्धता जनाएको छ। एमालेले २०७४ को घोषणापत्रमा भएकै खाद्यान्नमा आत्मनिर्भर बन्नका लागि कृषि क्षेत्रलाई उच्च महत्त्व दिएर लगानी अभिवृद्धि गर्ने र मुलुकलाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउने प्रतिबद्धतालाई यो वर्ष पनि प्रस्तुत गरेको छ।

यो वर्षको घोषणापत्रमा समेटिएका भूउपयोग नीतिलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नेदेखि जमिनको जथाभावी प्रयोगलाई नियन्त्रण गर्नेजस्ता प्रतिबद्धता पनि पुरानै हुन्। २०७४ मै एमालेले उर्वर भूमिलाई अतिक्रमण गर्न नदिइनेदेखि वैज्ञानिक भूमिसुधार तथा भूउपयोग नितिका आधारमा भूमिको वर्गीकरण गर्नेजस्ता प्रतिबद्धताहरू प्रस्तुत गरेकाे थियाे। यो वर्ष पनि एमालेले भूउपयोग नीतिलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने, कृषि योग्य जमिनको जथाभावी प्रयोग तथा अतिक्रमणलाई निरुत्साहित पार्न जस्ता प्रतिबद्धताहरू प्रस्तुत गरेको छ।

२०७४ मा जस्तै यसपटक पनि कृषियोग्य जमिनलाई सुपरजोन, ब्लक र पकेटस्तरमा वर्गीकरण गरेर आधुनिक कृषिफार्मको रुपमा विकास गर्ने वाचा दोहोरिएका छन्। विगतमै कृषि उत्पादनमा रासायनिक मलको प्रयोगलाई निरुत्साहित गर्दै आगामी १० वर्षभित्र कृषि भूमिमा जैविक प्रांगारिक मलको प्रयोग हुने अवस्था सिर्जना गर्ने वाचा गरेको एमालेले यो पटक आफ्नै प्रतिबद्धताविपरीत नेपालमा रासायनिक मल कारखानाको स्थापना गर्नका लागि सहकार्य गर्नेसम्मको वाचा गरेको छ।

ऊर्जामा प्रतिबद्धता : अधुरै वाचाको निरन्तरता
अर्थतन्त्रमा तीव्र वृद्धिका लागि विद्युत् ऊर्जाबाट आर्थिक समृद्धिको नारा लिएको एमालेले २०७४ मा घरघरमा बिजुली पुर्‍याउने, हरेक नागरिकसँग सेयर उपलब्ध हुने, गरिबीको रेखामुनि रहेका परिवारलाई विद्युतको उपयोगमा सहुलियत लिनेजस्ता प्रतिबद्धता जनाएकाे थियो।

यसपटकको घोषणापत्रमा पनि यी कुराहरूले निरन्तरता पाएका छन्।

विद्युतको उत्पादन र खपत बढाउने प्रतिबद्धतासहित एमालेले यसपटक ऊर्जाको प्रयोगबाट दैनिक जीवनमा सहजता र रोजगारी सिर्जनादेखि आय वृद्धिका वाचाहरू गरेको छ। प्रत्येक नागरिकको घरमा विद्युत् सुविधाको उपलब्धता गराउने पुरानै वाचा यसपटक पनि दोहोरिएको छ। विगतमै विपन्न परिवारलाई विद्युत् उपयोगमा सहुलियत लिने वाचा गरेको एमालेले यसपटक आफ्नो वाचालाई एकचरण माथि लैजाँदै विपन्न परिवारलाई घरायसी प्रयोगका लागि विद्युत् निःशुल्क उपलब्ध गराउने प्रतिबद्धता अघि सारेको छ। 

अघिल्लोपटक जैविक ग्यासको क्षेत्रमा तीव्र औद्योगीकरण गर्ने प्रतिबद्धता जनाएको एमालेले यो पक्षलाई पनि निरन्तरता दिएको छ। देशभरका प्रत्येक घरमा विद्युतीय चुल्हो, ग्यास चुल्होदेखि सौर्य ऊर्जाको उपलब्धता गराई धुवाँमुक्त घोषण गर्ने एमालेको प्रबितद्धताले यो पटक पनि निरन्तरता पाएको छ।

शिक्षा र स्वास्थ्यमा पुरानै प्रबितद्धता
एमालेले २०७४ मा शिक्षातर्फ गुणस्तरीय शिक्षा र आधुनिक शैक्षिक पूर्वाधारका विषयमा प्रबितद्धता जनाएको थियो। बालिकामैत्री शौचालयको व्यवस्थादेखि सबै नागरिकलाई साक्षर बनाउने प्रतिबद्धता एमालेले गरेको थियो। 

यसपटक पनि एमालेले यिनै वाचाहरूलाई निरन्तरता दिएको छ। २०७४ मा एमालेले विद्यालयमा सूचना तथा सञ्चार अनिवार्य गर्नेदेखि शिक्षा क्षेत्रको विकासका लागि कक्षा तीनसम्म मातृ भाषा अध्ययन तथा अध्यापन गराउने, सबै नागरिकलाई साक्षर गराउनेजस्ता प्रबितद्धता जनाएको थियो। यसपटक पनि यी वाचा दोहोरिएका छन्। 

२०७९ को घोषणापत्रमा एमालेले २०७४ मा पनि समेटिएको माध्यमिक शिक्षालाई निःशुल्क गर्ने प्रतिबद्धता फेरि प्रस्तुत गरेको छ। विगतमै समेटिएको शिक्षण पेशालाई पेशागत र मर्यादित बनाउन स्थानीय सरकारबाट उत्कृष्ट विद्यार्थीलाई शिक्षण पेशाप्रति आकर्षित गर्ने प्रतिबद्धता यसपटक पनि समेटिएका छन्। एमालेले यसपटक सबैभन्दा योग्य विद्यार्थीलाई शिक्षण पेशामा आकर्षित गर्न आवश्यक नीति र योजना बनाउनेजस्ता प्रतिबद्धता गरेको छ।

स्वास्थ्य क्षेत्रको विषयमा पनि एमालेले पुरानै प्रतिबद्धतालाई निरन्तरता दिएको छ। स्वास्थ्य बिमाको विषयदेखि हरेक स्थानीय तहमा अस्पताल सञ्चालन गर्ने कुरालाई पनि दोहोर्‍याइएको छ।

एमालेले २०७४ कै घोषणापत्रमा प्रत्येक गाउँपालिकामा २५ र नगरपालिकामा ५० शय्याको अस्पताल सञ्चालन गर्ने घोषणा गरेको थियो। यसपटक पनि यही प्रतिबद्धता दोहोर्‍याएको छ। आफूले विगतकै स्थानीय तहको चुनावमा घोषणा गरेको वाचा पूरा गर्न नसकेको एमालेले यसपटक पनि प्रत्येक पालिकामा आधारभूत अस्पताल निर्माण सम्पन्न गर्नेदेखि हरेक वडामा स्वास्थ्य चौकी निर्माण गर्ने पुरानै कुरा दोहोर्‍याएको छ।

विगतकै वाचाको निरन्तरतामा एमालेले स्वास्थ्य बिमा गर्नेदेखि गर्भवती महिलालाई पौष्टिक आहार वितरण गर्नेजस्ता कुराहरू समेटेको छ।

प्रकाशित मिति: बुधबार, वैशाख १४, २०७९  २०:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
युवराज भट्टराई
लेखकबाट थप
कर्णाली पुगेपछि विकासलाई लाग्यो 'प्रकाश' यहीँ बन्नुपर्छ 
पर्दामा प्रेमको रोमाञ्चक यात्रा
पेरिस सहरमा बेलुनसँग संवाद गर्दै हिँडेको पास्कल
सम्बन्धित सामग्री
के छ बूढीगंगामा पुन: मतगणना अस्वीकार गर्ने सर्वोच्चको आदेशमा? सर्वोच्च अदालतले ९९ प्रतिशतसम्म मतदान भएको बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको मुद्दामा पुन: निर्वाचन गराउँ... बुधबार, असार १५, २०७९
काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ। प्रमुखमा एकीकृत समाजवादीका दीपककुमार गौतम विजय... बिहीबार, असार २, २०७९
बाजुराको बुढीगंगा नगरपालिकामा असारको पहिलो साताभित्र चुनाव गर्ने तयारी बाजुराको बुढीगंगा नगरपालिकामा छिट्टै पुनः निर्वाचन गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको छ। तर... आइतबार, जेठ २९, २०७९
ताजा समाचारसबै
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग शुक्रबार, असोज २३, २०८३
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी शुक्रबार, असोज २३, २०८३
एआइजी बंशीराज दाहाल बर्खास्त शुक्रबार, असोज २३, २०८३
‘लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ पुनः पार्टीमा आबद्ध भएँ’ : विद्यादेवी भण्डारी शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्