कोपेनहेगन–डेनमार्कमा कोरोनाविरुद्धको खोप अभियान स्थगित गरिएको छ। गत फेब्रुअरीका कोरोना भाइरस नियन्त्रणसम्बन्धी व्यवस्थाहरू हटाएको डेनमार्कले अहिले खोप अभियान नै स्थगित गरेको हो।
कोरोना भाइरसको महामारी कम हुँदै गएपछि सरकारले त्यसको नियन्त्रणका लागि अपनाइने उपायहरू लागू गर्नु नपर्ने ठहर गरेको हो।
स्वास्थ्य मन्त्रालयले खोप गराएकाहरूको सङ्ख्या अत्यधिक भइसकेको र अवस्था राम्रो रहेकाले खोप अभियान स्थगित गरिएको जनाएको छ।
डेनमार्कका ८१ प्रतिशतले कोरोना भाइरसविरुद्धको दुवै खोप लगाएका छन्। त्यसैगरी ६१.६ प्रतिशतले बुस्टर डोज खोप लगाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।