काठमाडौं– सहिद स्मारक ‘सी’ डिभिजन लिगमा समाज कल्याण खेलकुद केन्द्रले पहिलो जित निकालेको छ।
एन्फा कप्लेक्स सातदोबाटोमा मंगलबार सम्पन्न खेलमा रानीवन स्पोर्ट्स क्लबलाई १–० गोल अन्तरले हराउँदै समाज कल्याणले पहिलो जित निकालेको हो।
समाज कल्याणलाई जित दिलाउन पुस्कर खड्काले निर्णायक गोल गरे। उनले पहिलो हाफको इन्जुरी समयमा गोल गरेका थिए।
जितसँगै समाज कल्याणले २ खेलमा ३ अंक जोडेको छ। रानीवले २ खेलमा ३ अंक नै जोडेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।