• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्थानीय निर्वाचन

चुनावी घोषणापत्रमा युवा पुस्तालाई सम्बोधन : वैदेशिक रोजगारीको अन्त्य, 'देश प्रेम'को विकास

64x64
युवराज भट्टराई बुधबार, वैशाख १४, २०७९  ०७:०३
1140x725

काठमाडौं– वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि विभिन्न पार्टीहरुले जारी गरेको घोषणापत्रमा युवा पुस्तालाई पनि सम्बोधन गरिएको छ। देशका प्रमुख दलदेखि साना दलसम्मको घोषणापत्रमा युवा पुस्ता वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यताको अन्त्य गरिनेदेखि युवाहरुमा देश प्रेमको विकास गर्नेसम्मका आश्वासन बाँडिएका छन्। 

नेकपा एमालेले युवाहरुको 'सर्वतोमुखी विकास'का लागि नीतिगत, संरचनात्मक तथा स्रोत व्यवस्थापन गर्दै उनीहरुलाई विकासको साझेदार र मुख्य संवाहकका रुपमा अघि बढाउने विषय घोषणापत्रमा उल्लेख गरेको छ। युवाहरुमा सिर्जनात्मक सोचको विकास गर्नेदेखि देश प्रेम र सामूहिकताको विकास गर्नेसम्मका विषय समेटिएका छन्।

एमालेले युवाहरुमा सिर्जनात्मक सोच, स्वयंसेवी भावना, देश प्रेम, सामूहिकता र गुणवत्ताको विकास गर्नेदेखि हरेक क्षेत्रमा युवाहरुलाई अगाडि बढ्न प्रोत्साहन र आवश्यक वातावरण निर्माण गर्ने उल्लेख गरेको छ। त्यस्तै युवाहरुको सहभागिता र नेतृत्व क्षमता विकास गर्दै सामाजिक, आर्थिक र राजनीतिक माध्यमबाट स्थानीय विकास निर्माणमा सहभागी बनाउने एमालेको घोषणापत्रमा उल्लेख गरिएको छ।

युवाहरुको शारीरिक तथा मानसिक विकासका लागि खेल मैदान, कभर्ड हल तथा क्लब भवन, आवश्यक खेलकुद तथा मनोरञ्जनका साधनको व्यवस्थालगायत पूर्वाधार निर्माण गर्ने एमालेले प्रतिबद्धता जनाएको छ। त्यस्तै, युवा उद्यमशीलता विकासका लागि तालिम, व्यावसायिक तथा सीपमूलक शिक्षा, इन्टर्नसिप, स्टार्टअप, युवा केन्द्रित बीउ–पुँजीको व्यवस्था, अन्वेषण तथा अनुसन्धानमा टेवा पुर्‍याउनमा पार्टीले भूमिका खेल्ने घोषणापत्रमा उल्लेख गरिएको छ।

एमालेले प्रत्येक वडामा युवा केन्द्रित उद्यम व्यवसायको व्यवस्था गर्नेदेखि स्वदेशमै रोजगारीका अवसर सिर्जना गरी युवालाई स्थापित गर्नेसम्मका विषयलाई घोषणापत्रमा उल्लेख गरेको छ। सँगै माध्यमिक शिक्षा पूरा गरेर श्रम बजारमा जान चाहने युवाहरुका लागि सीप विकास तथा व्यावसायिक शिक्षाको व्यवस्था गर्ने र रोजगारीको प्रबन्ध गर्ने पनि एमालेले घोषणापत्रमार्फत् प्रतिबद्धता जनाएको छ। छुवाछुत, छाउपडी, दाइजो, तिलक, जातीय तथा लैंगिक भेदभाव, अन्धविश्वास, कुसंस्कारजस्ता सामाजिक कुरीति हटाउँदै सामाजिक–आर्थिक र सांस्कृतिक रुपान्तरणको अभियानमा युवाहरुको अग्रणी भूमिका स्थापित गर्ने एमालेले दाबी गरेको छ।

अर्को प्रमुख पार्टी नेपाली कांग्रेसले घोषणापत्रमार्फत् वैदेशिक रोजगारीमा संलग्न वा फर्केका युवाहरुको सीप, दक्षता, पुँजी र विप्रेषणलाई उत्पादनमूलक काममा लगानी गर्नेदेखि श्रमका लागि युवाहरु विदेश जानुपर्ने बाध्यतालाई क्रमशः अन्त्य गर्ने नीति लिने घोषणा गरेको छ। स्थानीय तहको विकास तथा समग्र विषयमा छलफल तथा परामर्शका लागि आवधिक रुपमा युवासभा गर्नेदेखि दरबन्दी अभाव भएका विद्यालयहरुमा स्नातक अध्ययन गरेका योग्य युवाहरुलाई उत्प्रेरित गरी स्वयंसेवक शिक्षकको रुपमा परिचालन गर्ने घोषणापत्रमा उल्लेख छ।

त्यस्तै, कांग्रेसले वडास्तरमा युवालाई सम्मिलित गरेर नागरिक समूहलाई परिचालन गरी स्थानीय तहको गुनासो सुनुवाइमा सहजीकरण गर्ने घोषणापत्रमा उल्लेख गरेको छ। बीचमै पढाइ छाडेका युवालाई लक्षित गर्दै व्यवसायिक तालिममार्फत् सीप विकासका साथै समकक्षता प्रमाणीकरणको व्यवस्था गर्ने पनि कांग्रेसले घोषणापत्रमा जनाएको छ। त्यस्तै, युवाहरुले औपचारिक तथा अनौपचारिक माध्यमबाट सिकेको सीपको परीक्षण गरी राष्ट्रिय तथा अन्तराष्ट्रिय श्रम बजारमा उनीहरुको पेसाको पहिचान र समकक्षी मान्यता प्राप्त हुने व्यवस्थाका लागि संघीय सरकारसँग समन्वय गर्ने कांग्रेसले घोषणापत्रमा उल्लेख गरेको छ।

कांग्रेसले युवाहरुलाई उनीहरुको चाहना, आवश्यकता र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा वर्तमान र भविष्यमा हुनसक्ने मागअनुसारका प्राविधिक तथा व्यवसायिक शिक्षा, तालिम, सीप र सीपको विविधिकरणमा सरिक गराउने जनाएको छ। यसका लागि निजी क्षेत्र, प्रदेश र संघमा रहेका विभिन्न निकायसँग समन्वय गरिने घोषणापत्रमा उल्लेख गरिएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

कांग्रेसले युवा लक्षित गर्दै स्थानीय तहले आफ्नो स्थानीय अवस्था र आवश्यकता अनुरुप युवाहरुकै सहभागितामा युवा नीति निर्माण गर्ने घोषणापत्रमा उल्लेख गरेको छ। प्रविधि र युवालाई जोडेर गाउँ नगर निर्माणका कार्यक्रमहरु सञ्चालन गर्नेदेखि युवा सभा बनाएर स्थानीय तहका नीति, कानुन, योजना तर्जुमा तथा कार्यान्वयनमा सहभागी गराउने कांग्रेसको प्रतिबद्धता छ। सबै स्थानीय तहमा युवा–युवतीलाई निःशुल्क प्रजनन् स्वास्थ्य शिक्षा र सबै युवा–युवतीलाई सम्मानित रोजगारसमेत प्रदान गरिने पनि घोषणापत्रमा उल्लेख गरेको छ।

माओवादी केन्द्रले स्थानीय तहको निर्वाचनलाई लक्षित गरी जारी गरेको प्रतिबद्धतापत्रमा युवा लक्षित कुनै कार्यक्रम समेटेको छैन। स्थानीय चुनावका लागि केन्द्रबाट कुनै 'घोषणापत्र' जारी नगरेको माओवादीले स्थानीय तहमा उम्मेदवारहरुले नै विभिन्न कार्यक्रम समेटेर प्रतिबद्धतापत्र जारी गर्ने जनाएको छ। 

माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीले युवालाई लक्षित गर्दै घोषणापत्रमा ‘विदेशीएका युवालाई स्वदेश फर्काउँ: कृषि उत्पादनमा वृद्धि गरौं’ भन्ने कार्यक्रमलाई सुचारु गरिने उल्लेख गरेको छ। युवालाई कृषि उत्पादनतर्फ आकर्षित गरेर आधारभूत आधुनिक कृषि शिक्षा, व्यावसायिक तालिम, सहुलियत सरल कर्जा प्रवाह, शैक्षिक प्रमाणपत्र धितो राखेर सहुलियत कर्जा तथा सुलभ र सहुलियत कर्जाको व्यवस्था गरेर रोजगारीको सिर्जनामा जोड लिने एकीकृत समाजवादीले घोषणापत्रमा जनाएको छ। पालिकामार्फत् आफ्नो भूगोलभित्र रहेका युवाहरुलाई स्वरोजगार बन्ने वातावरण उपलब्ध गराउन उद्यमशीलताको विकास गर्ने योजना अघि सारिने घोषणापत्रमा उल्लेख गरिएको छ।

त्यस्तै, एकीकृत समावजादीले हरेक पालिकामा युवा विभाग गठन गरिने जनाएको छ। युवा विभागले आफ्नो क्षेत्रभित्र रहेका १६ देखि ४० वर्ष सम्मका युवाहरुको तथ्याङ्क लिने र उनीहरुमध्ये बेराजगारलाई रोजगारी उपलब्ध गराउनका लागि स्वरोजगारका विविध योजना बनाएर लागू गर्ने घोषणापत्रमा उल्लेख गरिएको छ। ‘हाम्रा युवा हामीसँगै’ भन्ने कार्यक्रम सञ्चालन गरेर उर्जाशील, दक्ष र बौद्धिक युवा जनशक्तिलाई विदेश पलायन हुनबाट रोक्नेमा पनि एकीकृत समाजवादीले जोड दिएको छ। विदेश जानबाट युवाहरुलई रोकेर देश विकासमा लगाइने पनि घोषणापत्रमा जनाइएको छ।

Xtrem

Xtrem

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीले युवामैत्री यौन तथा प्रजनन स्वास्थ्य अधिकारको बारे सचेतना सञ्चालन गर्नेदेखि युवाहरुलाई कृषि पेसामा आकर्षित गर्नेसम्मका विषयहरु घोषणापत्रमा समेटेको छ।

युवाहरुलाई कृषि पेसामा आकर्षित गर्ने र कृषि क्षेत्रको उत्पादकत्व बढाउन कृषिमा यान्त्रिकरण, आधुनिकीकरण र व्यवसायिकरणमा जोड दिएर युवा लक्षित बनाउने जसपाले जनाएको छ। त्यस्तै, कृषि, पशुपालन, माछापालन, बागवानी र जडिबुटी खेती तथा उद्योगमा पनि युवाहरुलाई आकर्षित गर्न निःशुल्क तालिम दिइने पार्टीले जनाएको छ।

पार्टीले युवा जनशक्तिको विकासमा पनि विशेष जोड दिँदै घोषणापत्रमा उल्लेख गरेको छ। पर्यटक गाइडदेखि होमस्टे सञ्चालनसम्मका तालिम दिने, स्वरोजगार र उद्यमशीलताको तामिलमार्फत् युवालाई रोजगार बनाउने, प्रत्येक वडामा फुटसलसहित खेलकुदको मैदान बनाएर युवा जनशक्तिलाई आकर्षित गर्नेजस्ता कार्यक्रमहरु पार्टीले अघि सारेको छ। सँगै युवा र लैंगिकमैत्री बजेटको व्यवस्थापन गर्नमा पनि विशेष ध्यान दिइने घोषणापत्रमा उल्लेख छ।

राजेन्द्र लिङ्गदेन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि घोषणापत्रमा बेरोजगार तथा सीपविहीन युवाको लागि सीपमूलक तालिम केन्द्र स्थापना गरिने जनाएको छ। त्यस्तै, सार्वजनिक तथा निजी साझेदारीबाट युवा लक्षित उद्यम व्यवसाय प्रवर्द्धन गर्ने कुरालाई पनि राप्रपाले घोषणापत्रमा जोड दिएको छ।

सामाजिक कुरीति, दुर्व्यशन, अन्धविश्वास, विभेद र असमानताविरुद्ध युवा परिचालन गर्नेदेखि विदेशमा रहेका नेपाली कामदार युवाहरुलाई स्वदेश फर्किन उत्प्रेरित गर्ने र युवाहरुको सीप तथा दक्षताको आधारमा आफ्नै स्थानीय तहमा उद्यम गर्नका लागि सहज वातावरण निर्माण गर्नेजस्ता कार्यक्रमहरु राप्रपाले समेटेको छ। राप्रपाले युवाहरुलाई रोजगारको व्यवस्थापन गर्ने कुरालाई पनि घोषणापत्रमा जोड दिएको छ। सँगै सीप सिकेका युवाहरुलाई बिना धितो ऋण दिइने व्यवस्था गर्ने पनि राप्रपाले प्रतिबद्धता जनाएको छ।

प्रकाशित मिति: बुधबार, वैशाख १४, २०७९  ०७:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
युवराज भट्टराई
लेखकबाट थप
कर्णाली पुगेपछि विकासलाई लाग्यो 'प्रकाश' यहीँ बन्नुपर्छ 
पर्दामा प्रेमको रोमाञ्चक यात्रा
पेरिस सहरमा बेलुनसँग संवाद गर्दै हिँडेको पास्कल
सम्बन्धित सामग्री
के छ बूढीगंगामा पुन: मतगणना अस्वीकार गर्ने सर्वोच्चको आदेशमा? सर्वोच्च अदालतले ९९ प्रतिशतसम्म मतदान भएको बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको मुद्दामा पुन: निर्वाचन गराउँ... बुधबार, असार १५, २०७९
काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ। प्रमुखमा एकीकृत समाजवादीका दीपककुमार गौतम विजय... बिहीबार, असार २, २०७९
बाजुराको बुढीगंगा नगरपालिकामा असारको पहिलो साताभित्र चुनाव गर्ने तयारी बाजुराको बुढीगंगा नगरपालिकामा छिट्टै पुनः निर्वाचन गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको छ। तर... आइतबार, जेठ २९, २०७९
ताजा समाचारसबै
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग शुक्रबार, असोज २३, २०८३
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी शुक्रबार, असोज २३, २०८३
एआइजी बंशीराज दाहाल बर्खास्त शुक्रबार, असोज २३, २०८३
‘लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ पुनः पार्टीमा आबद्ध भएँ’ : विद्यादेवी भण्डारी शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्