काठमाडौं– उत्तर कोरियाली नेता किम जोङ उनले आफ्नो आणविक शक्तिलाई अधिकतम गतिमा बलियो बनाउने प्रयास जारी राख्ने बताएका छन्।
कोरियाली जन सेना (केपीए) को स्थापनाको ९०औँ वार्षिकोत्सवको सम्मानमा आयोजित परेडलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
‘हामी अधिकतम गतिमा रहेको आणविक शक्तिलाई थप विकास र सुदृढ पार्ने उपायहरू अबलम्बन गर्नेछौं,’ किमले भने।
उनका अनुसार उत्तर कोरियाले कुनै पनि बेला परमाणु हतियारको प्रतिरोधात्मक शक्ति प्रयोग गर्न सक्षम हुनका लागि सावधानीपूर्वक तयारी गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।