काठमाडौं– खेलाडी संघको अध्यक्षमा विक्रम लामा सर्वसम्मत निर्वाचित भएका छन्।
आइतबार बसेको संघको निर्वाचन समितिको बैठकले अध्यक्षमा लामाको नाम अनुमोदन गर्ने निर्णय गरेको हो।
उपाध्यक्षमा विकेश कुथु, सुजल श्रेष्ठ र विराज महर्जन निर्वाचित भएका छन्। यता, सदस्यमा रञ्जित धिमाल, अनन्त तामाङ, विशाल राई, विमल घर्तीमगर, सरोज दाहाल, रोहित चन्द र विशाल श्रेष्ठ रहेका छन्।
अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पाले नवनिर्वाचित कार्यसमितिलाई प्रशंसा पत्र हस्तान्तरण गर्दै कार्यकालको शुभकामना दिएका छन्।
कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष लामाले खेलाडीको सर्वाङ्गीण हितमा काम गर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।