काठमाडौं– नेपाल पुलिस क्लबले प्रथम मुख्यमन्त्री बीवाईसी महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ।
धनगढी रंगशालामा शनिबार साँझ सम्पन्न फाइनलमा अर्को विभागिय टोली एपीएफ क्लबलाई १–० ले हराउँदै पुलिसले उपाधि जितेको हो।
निर्मला विकले इन्जुरी समयमा गोल गर्दै पुलिसलाई च्याम्पियन बनाएकी थिइन्। पुलिसले उपाधिसहित ५ लाख र एपीएफले २ लाख ५० हजार रुपैयाँ प्राप्त गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।