• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २, २०८३ Mon, Oct 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

राखेप सदस्यसचिवको अन्तर्वार्ता: अब नवौं राष्ट्रिय खेलकुदका लागि होमिउँ

64x64
नेपाल लाइभ शुक्रबार, वैशाख २, २०७९  १७:३२
1140x725

कोरोना महामारीको विश्वव्यापी कहरबाट नेपाली खेलकुद क्षेत्र पनि अछुतो रहेन। वर्ष २०७८ मा तङ्ग्रिने विश्वास गरिएपनि अपेक्षा अनुसारको गति खेलकुद क्षेत्रले लिन सकेन। उपलब्धिभन्दा खेलकुद क्षेत्रको राजनीतिक खिचातानी बढी चर्चामा रह्यो। संघीय सरकार परिवर्तन भएपछि युवा तथा खेलकुद मन्त्रालयमा नयाँ मन्त्री नियुक्त भएसँगै राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्यसचिवको रुपमा टंकलाल घिसिङलाई जिम्मेवारी दिइयो। पुराना सदस्यसचिव रमेशकुमार सिलवाल अदालत पुगे पनि अदालतले उनको विपक्षमा फैसला गरिदियो। मंसिरमा संघीय सरकारले सदस्यसचिवको जिम्मेवारी दिएपछि रमेश सिलवाल अदालत जाँदा चार महिना खेलकुदको सर्वोच्च निकाय निमित्तको भरमा चल्यो।

वर्ष २०७८ भर छिटफुट केही प्रतियोगिता भए पनि सरकारी क्यालेण्डरमा रहेका प्रतियोगिता हुन सकेनन्। गण्डकीमा तय भएको नवौं राष्ट्रिय खेलुकद यो वर्ष हुन सकेन र अर्को वर्षलाई धकेलिएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले नवौं राष्ट्रिय खेलकुद पोखरामा जेठ २२ देखि २८ सम्म आयोजना गर्ने निर्णय गरेको छ। यो तेस्रोपटक नवौं राष्ट्रिय खेलकुदको मिति तय भएको हो। चीनमा हुने एसियन गेम्स हुन ५ महिना मात्रै बाँकी हुँदा नेपालले प्रतियोगितामा सहभागिता जनाउने विषयमा कुनै छलफल पनि हुनसकेको छैन। सहभागिताका लागि खेलाडी छनोट प्रक्रिया अझै हुनसकेको छैन भने कुन खेलमा कति खेलाडीले सहभागिता जनाउने भन्ने विषय पनि टुंगोमा पुग्न सकेको छैन। यही विषयको सेरोफेरोमा रहेर न्युज एजेन्सी नेपालले राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङसँग गरेको कुराकानी:

अदालतको फैसलापछि सदस्यसचिवको रुपमा पुनः काम गर्न फर्किनु भएको छ।  के–के छन् अजेन्डाहरु?
गत मंसिरमा सदस्यसचिवमा नियुक्त भएसँगै मैले अजेन्डा सार्वजनिक गरिसकेको थिएँ। अहिलेको अजेन्डा भनेको चार महिना पदवाहली हुँदा सार्वजनिक गरिसकेको छु। भर्खरै नियुक्त भएको सदस्यसचिव होइन। मलाई सकारले मंसिर १३ गते नै नियुक्त गरको हो। १४ गतेबाट कार्यक्रम आरम्भको चरणमा पुगेको पनि हुँ। त्यसपछि अवस्था र वातावरण मिलेको थिएन। मेरो कार्यकालमा त्यो चार महिना अगाडि घोषणा गरेका कार्यक्रमलाई कार्यान्वयन गर्न लागि पर्छु। अहिले मुल रुपमा लामो समयदेखि राष्ट्रिय खेलकुद हुन नसकेको अवस्थामा गण्डकी प्रदेशमा आयोजना हुने गरी निर्णय गरिएको छ। अदालतको निर्णयअघि नै पदमा आउँदा मैले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता र चीनमा आयोजना हुने १९औं एसियाली खेलकुदको तयारी पनि मेरो प्राथमिकतामा परेको छ। त्यही अन्तर्गत नवौं राष्ट्रिय खेलकुदको पनि मिति तय भएको छ। म नेपाल सरकारप्रति कृतज्ञ र अभार छु। साथै धन्यवाद दिन चाहन्छु। अब सिंगो खेलकुदका संघ, प्रशिक्षक, खेलाडी र पदाधिकारीलाई नवौं राष्ट्रिय खेलकुद सफल बनाउने गरी होमिन आग्रह गर्न चाहन्छु।

Ncell 2
Ncell 2
nimb
nimb

मुख्य रुपमा अगाडि सारिएका दुई प्रतियोगिताको अवधि निकै छोटो छ, कसरी सम्पन्न गर्ने योजना बनाउनुभएको छ?
विश्वभर फैलिएको कोरोना महामारीले खेलकुद क्षेत्रसँगै अन्य क्षेत्रलाई नै अस्तव्यस्त बनायो। यद्यपि पनि केही संघहरुले राष्ट्रिय प्रतियोगिता गरिरहेका थिए, छन्। केही खेलले अन्तर्राष्ट्रिय सहभागिता पनि जनाएका छन्। देश संघीय संरचनामा गइसके पछि प्रदेश र स्थानीय तहमा खेलकुदका गतिविधि सञ्चालन भइराखेका छन्। सबै बाहिर आएका छैनन्। उहाँहरुले गरेको प्रतियोगिता जोडेर तयारी थाल्छौं। कतिपय प्रदेशले टिम बनाइसक्नु भएको छ भने कतिपयले बनाउन बाँकी छ। यो बाटोलाई खुलाउँदै राष्ट्रिय प्रतियोगिताको लागि तयारीमा जुट्नेछु। नवौं राष्ट्रिय खेलकुदको लागि मिति तय भइसकेको अवस्था छ। हामीले नै प्रश्ताव गरेको मितिमा क्याबिनेट (मन्त्रीपरिषद्) ले पारित गरेको छ। लामो समयदेखि तयारी गरिरहेका खेलाडीले प्रतियोगिताको पर्खाइमा छन्। खेलाडीले प्रतियोगिता कहिले हुन्छ भन्दै कुर्दा खेलाडी नै थाकिसकेका छन्। ती थाकिसेका खेलाडीलाई नयाँ ताजकि दिनका लागि भए पनि प्रतियोगिता चाँडो भन्दा चाँडो गर्न आवश्यक छ। देशमा आउँदै गरेको निर्वाचनलाई बहाना बनाउनु हुँदैन। स्थानीय तयको निर्वाचन पश्चात् प्रदेश र केन्द्रको आउँछ। कहिलेसम्म निर्वाचनको बहाना बनाउने। यस्तै विषयले खेलकुदका गतिविधि रोकिनु हुँदैन। राजनितिक दलहरुलाई चुनाव लागिरहेको अवस्थामा खेलकर्मीहरुलाई राष्ट्रिय खेलकुद लाग्छ। खेलबाट नै राष्ट्रलाई खेलकुदमय बनाउन लाग्नेछौँ।

नयाँ खेलकुद ऐन लागू भइसकेको छ, ऐन बने पनि धेरै नियमावली बन्न बाँकी छ। यसले पूर्णता कहिले पाउला?
हामी यसको जिम्मेवार निकाय हौँ। यसबारेमा हामीले सम्बन्धित निकायमा पेश गरिसेका छौं। नियामक निकाय, युवा तथा खेलकुद मन्त्रालयले ड्राफ्ट बनाएर अर्थ र कानूनमा सहमतिका लागि पठाइसकिएको छ। सहमति हुनासाथ क्याबिनेटमा पेश गरेपछि यसले अन्तिम रुप पाउनेछ। तर नियामवलीकै कारण ऐन कार्यन्वयनका निमित्त ठूलो समस्या हुँदैन। ऐन जारी भइसकेको छ। त्यसमा टेकेर काम गर्न सकिने भएकाले काम गर्न कठिन हुने छैन।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

समय छोटो छ। काम धेरै गर्नु पर्नेछ। यसमा धेरै व्यवस्थापनका काम पनि उत्तिकै छन्। सँगै प्राविधिक कुराहरु पनि जोडिन्छन्। बोर्डले पूर्णता पाउने विषय, सदस्यसचिवको कार्यक्षेत्र सिमित हुँदा कतै काम गर्दा ऐन बाधक बन्छ की बन्दैन?
ऐनका ती दफाबार व्यवस्थाहरुलाई म सम्मान गर्छु। संस्थागत अपनत्व नै मूल विषय हो। व्यक्ति त्यो संस्थाले गरेका निर्णयहरुलाई कार्यन्वयन गर्ने पात्र मात्र हो। म यहाँ कार्यकारी प्रमुखको रुपमा नियुक्त भएको छु। स्वभाविक रुपमा खेलकुदलाई रितपूर्वक चलाउन नियम हुन्छ। परिषद् चलाउन पनि एउटा नियम हुन्छ। पछिल्लो समय दुई विषयलाई ऐनले व्यवस्था गरेको छ। एउटा सदस्य सचिव आफैँ संयोजक रहेको कार्यकारीणि समिति, जसले धेरै निर्णय गर्नसक्छ।

दैनिक कार्य सम्पादनदेखि केही महत्वपूर्ण निर्णय लिनसक्छ। बैठक डाक्नका लागि २४ घण्टा अगाडि सूचना दिएर जति बेला पनि बस्न सकिनेछ भन्ने ऐनमा छ। म संस्थागत तरिकाले चालउँछु। व्यक्तिगत रुपमा म समस्या देख्दिन। म आफैँ संयोजक रहँदा चाहेको अवस्थामा बैठक बोलाउन सकिन्छ। अर्को भनेको परिषद्को बैठक वैशाख १० गते भित्र राख्न माननीय मन्त्री समय प्रश्ताव राखिसकेको छु। अहिलेलाई यति भनेँ। मन्त्रीज्यूको परामर्शमा छिट्टै परिषदको बैठकको मिति आह्वान गर्छु। तर परिषद् कसरी पूर्णता दिने कसरी दिने भन्ने ऐनले सदस्य सचिवको क्षेत्राधिकारमा छैन। सदस्य सचिवको परिषद्को पूर्णता भनेको मन्त्री ज्यू र क्याबिनेटबाट हुने हो। लामो समयदेखि हुन नसकेको परिषद्को बैठकले बोलाउन प्रयास गर्छु। झन्डै २०७५ सालदेखि हुन नसकेको परिषद्को बैठकबाट परिषद्को चलाइरहेका छौं, सदस्य सचिवले कार्यसम्पादन गरी राखेका छौँ। यो कुरा रितपूर्वक, ऐन पूर्वक छैन। बैठक बस्दा राम्रो हो। कसले गर्‍यो, किन गर्‍यो भन्नेमा जानु भन्दा पनि बैठक राख्नु मेरो प्रयास हुनेछ।

नयाँ सरकारको आगमनसँगै राखेपको नेतृत्वमा पनि परिवर्तन भएको छ। पदावधि ४ वर्ष भन्दै नियुक्त गरिए पनि नयाँ सरकारले परिवर्तनले असर पार्ने देखियो। ४ वर्षे कार्यकाल पूरा गर्छु भन्नेमा ढुक्क हुनुहुन्छ?
सरकार परिवर्तनसँगै सदस्य सचिवको परिवर्तन समान्य रुपमा पनि लिनुहोला। यसअघि के भयो र कसरी कार्यसम्पादन गर्ने भन्ने विषयमा छलफल नगरौं। ऐन र कानुनले निर्देश गरे अनुसार म कार्यसम्पादनमा लाग्नेछु। कहिलेसम्म रहन्छ भन्ने भन्दा पनि खेलकुदमा मैले राम्रो गरेर अगाडि बढ्ने हो। नयाँ सरकार बनेर कानुनपूर्वक मूल्याङ्कन गर्नुहुन्छ र कानुनपूर्वक गरेको मूल्याङ्कनलाई अन्यथा लिनुभएन। खेलकुद क्षेत्रमा लामो समय बिताएको हिसावले म खेलकुद क्षेत्रको विकासका लागि काम गर्छु।

प्रकाशित मिति: शुक्रबार, वैशाख २, २०७९  १७:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना
सम्बन्धित सामग्री
म फुटबलमा ‘डिक्टेटर’ बन्न आएको होइन : कर्मा छिरिङ शेर्पा [अन्तर्वार्ता] हाम्रो जुन ‘चेन्ज एन्फा’को नारा छ, त्यो निरन्तर चलिरहेकै छ। अब जसलाई ‘चेन्ज कर्मा’को नारा लगाउनु छ, त्यो उहाँहरूको विवेकमा म छोड्छु।... बिहीबार, असार २, २०७९
राखेप सदस्यसचिवको अन्तर्वार्ता: अब नवौं राष्ट्रिय खेलकुदका लागि होमिउँ अब सिंगो खेलकुदका संघ, प्रशिक्षक, खेलाडी र पदाधिकारीलाई नवौं राष्ट्रिय खेलकुद सफल बनाउने गरी होमिन आग्रह गर्न चाहन्छु। शुक्रबार, वैशाख २, २०७९
‘व्यापारीक घरानालाई आकर्षण गर्ने कोसिस गरेका हौं, एनएसएललाई ‘ए’ डिभिजनको विकल्प बनाउन खोजेका होइनौं’ नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करण चैत अन्तिम साताबाट काठमाडौं र पोखरामा आयोजना हुँदैछ। विगतको संस्करणमा सात टिमले सहभागिता ज... बिहीबार, चैत ३, २०७८
ताजा समाचारसबै
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्