• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २३, २०८३ Tue, Sep 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

‘व्यापारीक घरानालाई आकर्षण गर्ने कोसिस गरेका हौं, एनएसएललाई ‘ए’ डिभिजनको विकल्प बनाउन खोजेका होइनौं’

64x64
नेपाल लाइभ बिहीबार, चैत ३, २०७८  १८:०६
1140x725

काठमाडौं- नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करण चैत अन्तिम साताबाट काठमाडौं र पोखरामा आयोजना हुँदैछ।

विगतको संस्करणमा सात टिमले सहभागिता जनाएको प्रतियोगिताको दोस्रो संस्करणमा १० टिमले सहभागिता जनाउँदै छन्। दोस्रो संस्करणका लागि अक्सन पनि सम्पन्न भइसकेको छ।

सहिद स्मारक ए डिभिजन लिग सकिए लगत्तै घोषणा भएको मिति पछि खेलाडीको सम्झौताको विषयमा विभिन्न क्लबले असन्तुष्टि जनाएका छन्। अक्सन हुने-नहुने अन्योलका बीच सम्पन्न भएसँगै विशेष गरी ए डिभिजन क्लब मनाङ मर्स्याङ्दी, थ्रीस्टार, संकटा तथा न्युरोड टिम (एनआरटी)ले असन्तुष्टि जनाइरहेका छन्। यो विषयमा न्युज एजेन्सी नेपाललले अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव इन्द्रमान तुलाधरसँग गरेको कुराकानी :-

एन्फाले नेपाल सुपर लिग (एनएसल) एन्फाको कार्यक्रमको रूपमा अगाडि सारेको थियो। ए डिभिजन लगत्तै आयोजना हुन लागेको एनएसलको अक्सन पनि सम्पन्न भइसकेको छ। यद्यपी शीर्ष डिभिजनका क्लबले खेलाडी सम्झौता विषयमा असन्तुष्टि जनाइरहेका छन्। खासमा क्लबको असन्तुष्टि के विषयमा हो?

एन्फाले फ्रेन्चाइज टोलीहरूलाई विभिन्न व्यापारीक घरानालाई फुटबलमा लगानी गर्नका लागि फ्रेन्चाइज लिगको परिकल्पना गरिएको हो। नेपाल सुपर लिग विशुद्ध एउटा फ्रेन्चाइज लिग हो र सोही अनुसार हामीले परिकल्पना गरेर एन्फाको कार्यक्रममा समावेश गरेका हौं।

फुटबल विकासमा टेवा पुगोस् भनेर फुटबल प्रतियोगितासँगै विभिन्न व्यापारीक घरानाहरूलाई फुटबलमा ल्याउने प्रयास गरेका हौं। फुटबलमा व्यापारीक घरानाहरूको पनि लगानि भित्रियोस् भन्ने उद्देश्य हो। एनएसललाई सहयोग पुगोस् भनेर खेलाडी तथा नामावली पनि बनाएका छौं। एनएसएलको समयमा खेलाडीलाई क्लबले रिलिज गर्नुपर्छ भन्ने नियामावली राखेका छौं।

लिग लगत्तै मोफसलका प्रतियोगिताहरू खेल्नुपर्ने समयमा खेलाडीलाई अक्सनमा समेट्न कतिपय क्लबको असहमति रहेको छ। एनएसलको आयोजकको सल्लाहबिना नै एनएसलको मिति आउनु क्लबहरूको गुनासो आएको छ। क्लबहरूको गुनासो सम्बोधनकालागि एन्फाले विभिन्न चरणका छलफल गरिरहेको छ। आजभोलि नै यस विषयले टुङ्गो लाग्ने विश्वास छ।

क्लबहरूले गुनासो गरिरहेका छन्। विशेष गरी खेलाडी सम्झौताको विषयमा क्लबहरूले असन्तुष्टि जनाइरहेका छन्। यस बाहेक क्लबको अन्य असन्तुष्टिहरू के हुन?

Ncell 2
Ncell 2
nimb
nimb

यो विषय क्लबहरूको माध्यमबाट एन्फामा आएको छ। वैधानिक रूपमा करारमा रहेका खेलाडीलाई अक्सनमा राख्नु अगाडि क्लबसँग छलफल गरियोस भन्ने थियो।

यस्तै क्लबका केही कठिनाइलाई एनएसएलले टुङ्ग्याइदियोस् भन्ने चाहना थियो। मोफसलका प्रतियोगितामा सहभागिता जनाइरहेको अवस्थामा अवरोध गरियोस् भन्ने पनि थियो। खेलाडीहरूको हकमा क्लबसँग छलफल नभएकोमा असन्तुष्टिको रूपमा लिएका छन्।

फिफा र एएफसीबाट कुनै पनि देशमा समानान्तर लिग सम्भव हुँदैन भन्ने गाइडलाइन छ। अस्तित्वमा रहेको ए डिभिजन लिग वा नेपाल सुपर लिग मध्येमा कुन हुने हो भन्ने गाइगुइ पनि चल्न थालेको छ। आधिकारिक लिग कुन हो?

हामी यस विषयमा एकदमै क्लियर छौं। आयोजक एनएसएल, खेल्ने टिम वा एन्फा होस् या क्लब सबै यस विषयमा स्पष्ट छन्।

नेपालको एउटै मात्र आधिकारिक लिग भनेको सहिद स्मारक लिग हो। ए डिभिजन लिग नै हो। यसैको च्याम्पियनले एएफसीको प्रतियोगिताहरू खेल्ने गर्छ। नेपाल सुपर लिग देशको एउटा फ्रेन्चाइज लिगको रूपमा लिएका छौं।

यो प्रतियोगिता करिव साढे दुई महिना जति चल्छ। यो प्रतियोगिताबाट कुनै पनि क्लबले अन्य प्रतियोगितामा सहभागिता जनाउँदैन्। यो प्रतियोगिता विशुद्ध फ्रेन्चाइज प्रतियोगिता हो।

व्यापारिक घरानाहरूले लगानीमा क्लबलको खेल्ने घरेलु प्रतियोगिता हो। यो लिग सहिद स्मारक लिगको प्रतिस्थापन वा विकल्पको रूपमा ल्याइएको प्रतियोगिता होइन। सहिद स्मारक नै नेपालको आधिकारिक लिग हो।

क्लबहरूले असन्तुष्टि जनाइरहेको अवस्थामा र एन्फाले आफ्नो कार्यक्रम भनिरहदा उत्पन्न विवाद समाधानका लागि फुटबलको अभिभावक संस्था एन्फाले कस्तो गृहकार्य गरिहेको छ त?

क्लबहरूले विज्ञप्ती जारी गरिसकेसँगै हामीले असन्तुष्ट क्लबहरूसँग बसेर छलफल गरिसकेका छौं। सुरूवातमा असन्तुष्टि जनाएको ८ क्लबसँग एन्फामा बसेर छलफल गरिसकेका छौं। एन्फाको बैठक पनि केही विषयमा सहमति भइसकेको छ। अक्सन अगाडि छलफल भएसँगै अक्शन रोक्नका लागि एनएसएललाई पत्र काटे पनि ढिला भएको हो। पत्र एकदमै ढिला भएकोले रोक्ने सम्भव भएन।

आयोजकले अक्सन गरेपछि सबै विषयमा खुला छौं भन्ने कुरा आएपछि अहिले असन्तुष्टि विषयमा विभिन्न चरणमा छलफल भइरहेको छ। दुबै पक्षसँग हामीले वार्ता गरिरहेका छौं। छलफल करिव करिव अन्तिम चरणमा पुगेको मैले बुझेको छु। क्लबले आधिकारिक धारणा पनि राख्दैछन्।

त्यस विषयमा एन्फा अध्यक्षसँग क्लबहरूको भेट पछि एनएसएल क्लबहरूलाई औपचारिक रूपमा छलफलका लागि आह्वान गर्छौं। त्यसपछि एनएसल क्लब र एन्फा बसेर आगामी दिनमा यस्तै विवाद नदोहोरियोस् भन्ने लक्ष्यका साथ टुङ्ग्याउँछौं।

एनएसएल एन्फाको कार्यक्रम भनिरहँदा दोस्रो संस्करण हुन लागेको छ। अहिलेसम्म क्यालेन्डरमा समावेस छैन। आउँदो सिजनमा समावेस होला? सँगै उत्तिकै मोफसलका प्रतियोगिता पनि रहेका छन्। कसरी व्यवस्थापन गर्नुहुँदै छ त एनएसएललाई?

मोफसलका विभिन्न गोल्डकप रहेका छन्। ती गोल्डकप भएकोले समावेश गर्न केही कठिन त पक्कै छ।

सामान्य अवस्थामा भदौ, असोजदेखि कात्तिकको २० सम्मलाई एनएसएलका लागि समय दिने योजना बनाएका छौं। त्यस लगत्तै एउटा नकआउट प्रतियोगिता गर्ने वा शहीद स्मारक लिगलाई आयोजना गर्ने योजनामा छौं। फागुनसम्म लिग चलिरहेपछि त्यसपछिको समय चैत, वैशाख र जेठ गोल्डकपका लागि छुट्याउने सोचमा छौं।

जसका कारण मोफसलका प्रतियोगिता आयोजना गर्नेका लागि सजिलो हुन्छ। अहिलेको अवस्थामा लिग लगत्तै एनएसएल आयोजना हुँदा केही कठिनाइ आइरहेको अवस्था छ। अर्को वर्ष आयोजना हुने एनएसएलका लागि अक्सन अगाडि खेलाडी रिलिजको बाटो खुला गर्नेछौं।

त्यसपश्चात् रिलिज भएका खेलाडीमात्र अक्शनमा समावेश हुन पाउने प्रावधान तोक्नेछौं। समग्ररूपमा सबैलाई समेट्नका लागि राष्ट्रिय लिग पनि आयोजना गर्नुछ। मोफसलका प्रतियोगिता पनि उत्तिकै छन्।

सहिद स्मारक ए, बी, सी डिभिजनका लिग आयोजना गर्नुपर्ने हुन्छ। महिलाका उत्तिकै प्रतियोगिता रहेका छन्। हामी यी सबैलाई नजुध्ने गरिकन भदौबाट सिजन सुरू गर्ने तयारी गरिहेका छौं।

तोकिएकै मितिमा एनएसएल आयोजना हुन्छ नि ?

तोकिएको मितिमा नै एनएसएल हामीले आयोजना गर्नुपर्छ। तोकिएको मिति भन्दापछि धकेलिएको अवस्थामा राष्ट्रिय टोलीको तयारीलाई असर गर्छ। हामीले एसियन कप क्वालिफायर खेल्दैछौं। हामी अत्यन्तै कठिन समूहमा रहेका छौं।

जोर्डन, कुवेत र  इण्डोनेसिया जस्तो समूहमा रहेका छौं। तयारी राम्रो गर्नुपर्छ। त्यसका लागि मिति तलमाथि भए असर पर्छ। तसर्थ एनएसएल छिटो सकेर राष्ट्रिय तयारीमा लाग्नुपर्नेछ।

समयमा नै सम्पन्न गर्नका लागि क्लबहरूसँग छलफल गरिहेका छौं। कति जटिल विषय त छलफलपछि किनारा लागेका छन्। टेबलबाट नै समाधान हुनेमा हामी विश्वस्त छौं।

एनएसएल आयोजक र अभिभावक संस्थाबीच एनएसएल आयोजना सम्बन्धमा के–के विषयमा साझेदारी भएको छ?

एनएसएलमा हामीले आर्थिक पाटोमा खासै केही कुरा भएको छैन। व्यापारीक घरानाहरूलाई फुटबलमा आकर्षण गर्न कोसिस गरेका हौं। आयोजकले प्रतियोगिता मनदेखि नै आयोजना गरेको पाएका छौं। अघिल्लो संस्करण कोरोना महामारीको बीचमा पनि बन्द रंगशालामा खेलाएर सफल तरिकाले आयोजना गर्न सफल हुनुभयो। सोही प्रतियोगिताबाट खेलाडीको आर्थिक हिसाबमा राम्रो भएको पाएका छौं।

अहिलेको अवस्थामा हामीले आयोजकले प्राविधिक पाटोमा सहयोग गरेका छौं। रेफ्री खटाउने, मैदान व्यवस्थापन, परिषदबाट स्वीकृति लिने काम, प्रतियोगिताका नियामावली हेरिदिने काम, खेलाडी दर्ता, खेलाडी स्थानतरण, अनुसाशन गरी विभिन्न पाटामा हामीले हेरेका छौं। बाँकी आयोजनाको जिम्मा उहाँहरूले गर्नुभएको छ।

परम्परागत तरिकाले चलिरहेको फुटबलभन्दा भिन्न फुटबल एनएसएलमा पाएका छौं। जुन हामीले लिगमा पनि अनुसरण गर्ने प्रयास गरेका छौं। आयोजक एनएसएल र एन्फाबीच फुटबलको जितका लागि सहमति भएको छ।

प्रकाशित मिति: बिहीबार, चैत ३, २०७८  १८:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आफैंलाई साढे ३ करोड क्षति हुँदा पनि वर्ल्डलिंकले बाढीपीडितलाई १ करोड १ लाख दियो
चार अर्ब डलर बढीको टेलिस्कोप ‘रोमन’, जसले डार्क इनर्जी र डार्क म्याटरको प्रभाव पत्ता लगाउनेछ
बाढी प्रभावित विद्यार्थीलाई निःशुल्क अध्ययनको व्यवस्था गर्ने शिक्षामन्त्रीको घोषणा
सम्बन्धित सामग्री
म फुटबलमा ‘डिक्टेटर’ बन्न आएको होइन : कर्मा छिरिङ शेर्पा [अन्तर्वार्ता] हाम्रो जुन ‘चेन्ज एन्फा’को नारा छ, त्यो निरन्तर चलिरहेकै छ। अब जसलाई ‘चेन्ज कर्मा’को नारा लगाउनु छ, त्यो उहाँहरूको विवेकमा म छोड्छु।... बिहीबार, असार २, २०७९
राखेप सदस्यसचिवको अन्तर्वार्ता: अब नवौं राष्ट्रिय खेलकुदका लागि होमिउँ अब सिंगो खेलकुदका संघ, प्रशिक्षक, खेलाडी र पदाधिकारीलाई नवौं राष्ट्रिय खेलकुद सफल बनाउने गरी होमिन आग्रह गर्न चाहन्छु। शुक्रबार, वैशाख २, २०७९
‘व्यापारीक घरानालाई आकर्षण गर्ने कोसिस गरेका हौं, एनएसएललाई ‘ए’ डिभिजनको विकल्प बनाउन खोजेका होइनौं’ नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करण चैत अन्तिम साताबाट काठमाडौं र पोखरामा आयोजना हुँदैछ। विगतको संस्करणमा सात टिमले सहभागिता ज... बिहीबार, चैत ३, २०७८
ताजा समाचारसबै
आफैंलाई साढे ३ करोड क्षति हुँदा पनि वर्ल्डलिंकले बाढीपीडितलाई १ करोड १ लाख दियो सोमबार, भदौ २२, २०८३
चार अर्ब डलर बढीको टेलिस्कोप ‘रोमन’, जसले डार्क इनर्जी र डार्क म्याटरको प्रभाव पत्ता लगाउनेछ सोमबार, भदौ २२, २०८३
बाढी प्रभावित विद्यार्थीलाई निःशुल्क अध्ययनको व्यवस्था गर्ने शिक्षामन्त्रीको घोषणा सोमबार, भदौ २२, २०८३
एनपीएलको मिडिया र टिकेटिङ अधिकार ३३ करोडभन्दा बढीमा बिक्री सोमबार, भदौ २२, २०८३
रसुवा जाने वैकल्पिक सडक सञ्चालनमा, ठूला सवारी दुईतर्फी चल्ने सोमबार, भदौ २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
केसीले दिए कांग्रेस मिलाउने पाँच सूत्र, के–के हुन् प्रस्ताव? आइतबार, भदौ २१, २०८३
केपी ओलीलाई कालोमोसो दलिएको ‘एआई निर्मित’ कृतिम फोटो भाइरल आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विपत्तिमा राजनीति होइन, उदार नीति प्रदर्शन गरौं डा.रुद्रनाथ अधिकारी
बाढीपछि पुनर्स्थापना : राहतबाट आत्मनिर्भरतातर्फको बाटो नरेन्द्र कटुवाल
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्