• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

प्रधानमन्त्री देउवाको भारत भ्रमण : संयुक्त वक्तव्य जारी हुन नसक्दा आशंका

64x64
बीपी अनमोल सोमबार, चैत २१, २०७८  १८:०२
1140x725

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने भारत भ्रमण सकेर आइतबार बेलुका स्वदेश फर्किसकेका छन्। सरकारले प्रधानमन्त्रीको भारत भ्रमण सकारात्मक रहेको जनाएको छ। तर, प्रमुख प्रतिपक्षी दल र अन्य जानकारहरूले भने भ्रमण औपचारिकतामा मात्रै सीमित भएको प्रतिक्रिया दिएका छन्।

लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटेर नेपालले नयाँ नक्सा जारी गरेपछि नेपाल र भारतबीचको सम्बन्धमा केही तिक्तता आएको थियो। यसै पृष्ठभूमिमा भएको भ्रमणका क्रममा संवादहीनतामा 'ब्रेक-थ्रु' हुने र सम्बन्ध सौहार्द हुने अपेक्षा गरिएको थियो। कतिपय सम्झौताले त्यसको संकेत पनि गरेका छन्। तर भ्रमणपछि संयुक्त वक्तव्य जारी नहुँदा आशंका व्यक्त भएका छन्।

यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली २०७२ फागुनमा भारत भ्रमणमा गएर फर्किँदा पनि संयुक्त विज्ञप्ति जारी भएको थिएन। त्यतिबेला नेपालले जारी गरेको संविधानप्रति भारत असन्तुष्ट बनेको थियो। उसले अघोषित रुपमा नेपालमा नाकाबन्दी नै लगाएको थियो। भारतले संविधानसँग जोडेर आफ्नो पक्षको धारणालाई संयुक्त विज्ञप्तिमा राख्न चाहेपछि नेपाल असहमत हुँदा विज्ञप्ति जारी हुन पाएन। 

किन जारी भएन संयुक्त विज्ञप्ति?
कुनै एक देशको सरकार अथवा राष्ट्र प्रमुखले अर्को देशको राजकीय भ्रमण गरेपछि त्यसका बारेमा संयुक्त रूपमा वक्तव्य जारी गर्ने गरिन्छ। भ्रमणका क्रममा दुवै देशबीच साझा बुँदामा सहमति भएमा ती बुँदासहितको संयुक्त वक्तव्य जारी हुने चलन छ। तर, देउवाको भारत भ्रमणपछि संयुक्त वक्तव्य जारी हुन सकेन।

एमाले पोलिटब्युरो सदस्य तथा परराष्ट्र मामिलाका जानकार राजन भट्टराई यसपटक भारत र नेपालका बीचमा सहमति नभएका कारणले नै वक्तव्य जारी नभएको बताउँछन्। ‘यसमा अनुमानमा टिप्पणी गर्ने कुरा हुँदैन। सहमति भएमा यी कुरा दुवै पक्षको सहमति भयो भनेर संयुक्त विज्ञप्तिमा राखिन्छ। भएन भने आ–आफ्नै रुपमा विज्ञप्ति जारी गर्ने कुरा हुन्छ। अहिले त्यही भएको देखिन्छ’, उनले भने।

यो पनि पढ्नुहोस्

देउवाको भारत भ्रमणपछि सार्वजनिक भएन 'ज्वाइन्ट स्टेटमेन्ट', दुवै पक्षले आ-आफ्नो 'प्रेस रिलिज' गर्नेआइतबार, चैत २०, २०७८

परराष्ट्र मामिलाका जानकार दिनेश भट्टराई कुरा नमिलेकै कारण प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका सम्बन्धमा संयुक्त वक्तव्य जारी नभएको हुन सक्ने बताउँछन्। ‘किन जारी भएन भन्ने विषयमा त्यहाँ म गएको त थिइनँ’, उनले भने, ‘तर, कुरा नमिलेरै नै जारी नभएको भन्ने मेरो बुझाइ हो।’

सरकारले भने आ-आफ्नो प्रेस रिलिज गर्ने सहमति भएको बताएको छ। भारत भ्रमणबाट फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री नारायण खड्काले भने, 'दुवै पक्षले आ-आफ्नो प्रेस रिलिज गर्ने, समन्वयका साथ भन्ने समझदारी भएको हुनाले त्यस अनुसार नै ज्वाइन्ट स्टेटमेन्ट नभएको हो।' 

भ्रमण सफल कि असफल?
प्रधानमन्त्री देउवाले भारत भ्रमणको बेलामा महत्त्वपूर्ण भेट भएका छन्। चार आयोजनाको उद्घाटन भएका छन्। र, चार सम्झौता/समझदारी भएका छन्। यसलाई विश्लेषकहरुले महत्त्वका साथ हेरेका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

नेपाल–भारतबीच असमझदारी बढेका बेला भएको भ्रमणले सम्भावनाको ढोका भने खोलेको दिनेश भट्टराईको बुझाइ छ। ‘संविधान संशोधनपछि संवाद नभइरहेको अवस्था, असमझदारी बढेका बेला लामो समयपछि भएको भ्रमणले विश्वासको वातावरण बनेको बुझ्न सकिन्छ’, उनी भन्छन्, ‘यो भ्रमणले सम्भावनाको ढोका खोल्नुका साथै संवादको वातावरण भने बनेको छ।’

राजन भट्टराई भने प्रधानमन्त्रीको भ्रमण औपचारिकतामा मात्रै सीमित भएको बताउँछन्। ‘उहाँहरूले कुनै नयाँ विषयमा सहमति गर्न सक्नुभएन। जुन ज्वलन्त समस्या र विषयहरु थिए, ती सशक्त रुपमा उठाउने काम हुन सकेन’, उनले भने, ‘यसले समग्रमा हाम्रो तयारी राम्रो भएको रहेनछ भन्ने देखियो। सँगसगै राष्ट्रिय मुद्दाहरु, जुन मुलुकका लागि महत्त्वपूर्ण थिए, ती विषय प्रभावकारी रुपमा उठाएर टुंगोमा पुर्‍याउनु हुन्छ भन्ने सोचेका थियौँ। तर, त्यो तहमा कुरा उठाउन सकेको देखिएन।’

यो पनि पढ्नुहोस्

सीमा विवाद र ‘चुच्चे नक्सा’बारे सहमति खोज्ने देउवालाई अवसरशनिबार, चैत १९, २०७८

ठोस उपलब्धि नभए पनि प्रधानमन्त्री देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसमक्ष सीमा समस्याको विषय उठाएका छन्। उनले स्थापित र दुई पक्षीय संयन्त्रमार्फत समस्या समाधान गर्नुपर्ने बताएका छन्। तर, यसबारे मोदी मौन थिए। उनको मौनताले पनि नेपालले सीमा समस्याको बारेमा पूर्वतयारी नगरेको प्रष्ट देखियो।

‘हाम्राबीचमा धेरै मुद्दाहरु थिए, जसमा उच्चस्तरमा कुराकानी गर्नुपर्ने थियो। त्यो भएको देखिएन’, राजन भट्टराईले भने, ‘विगतमा परराष्ट्रमन्त्रीस्तरीय संयन्त्रको बैठकमा एक प्रकारको सहमति भएको थियो। निरन्तर छलफल गरेर समाधान गर्ने भनिएको थियो। लिपुलेक, लिम्पियाधुरा र कालापानीको विषयदेखि सुस्ता लगायतका विषय बाँकी नै थियो। यस विषयमा कुरा उठेन।’

Xtrem

Xtrem

भारतका लागि पूर्वनेपाली राजदूत निलाम्बर आचार्य भ्रमणले आगामी दिनमा भ्रमणको आदान–प्रदान हुने र वार्ताका लागि बाटो खुल्ला भन्ने आशा गर्न सकिने बताउँछन्। उनले भ्रमणका क्रममा ईपीजीको प्रतिवेदनमाथि काम हुनुपर्ने भएपनि त्यसो हुन नसकेको बताए। ‘नेपाल–भारतको परस्पर समानता र सम्मानको सम्बन्ध हो’, उनी भन्छन्, ‘अब १९५० को सन्धिको सोचबाट सम्बन्ध अघि बढ्ने होइन। नयाँ हिसाबले सोच्नुपर्छ।’

यो पनि पढ्नुहोस्

आफैंले हस्ताक्षर गरेको पञ्चेश्वर परियोजना अघि बढाउन देउवाले पहल गर्लान्?शुक्रबार, चैत १८, २०७८

उनले पुरानो मानसिकतालाई त्यागेर दुई देशबीचको सम्बन्धलाई अघि बढाएर लैजान सकिने प्रष्ट्याए। ‘जहाँसम्म सीमा विवाद छ, त्यसको कुरा उठ्यो तर उनीहरुले त्यहाँ सडक निर्माणको काम गरिरहेका छन्। त्यो रोक्ने भन्ने कुरा केही भएन। वार्ता गर्ने भनेको छ। पहिले पनि वार्ता गर्ने भनिए पनि हुन सकेको छैन’, उनले भने, ‘भ्रमणका क्रममा न संयुक्त वक्तव्य आयो, न यो भ्रमण नै राजकीय हुन सक्यो।’ 

प्रकाशित मिति: सोमबार, चैत २१, २०७८  १८:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
बीपी अनमोल
लेखकबाट थप
कानुनविद्का तीन तर्क, कहिले सकिन्छ सांसदहरुको कार्यकाल?
शेरबहादुर कुँवरः अछामदेखि श्रम मन्त्रालयको नेतृत्वसम्म 
संसद्‌मा विचाराधीन नागरिकता विधेयक यसपटक पारित होला?
सम्बन्धित सामग्री
जिल्लापछि प्रदेश अधिवेशनमा जुट्यो राप्रपा, २१ असोजमा एकैदिन प्रदेश अधिवेशन गर्ने मंसिर २६ देखि २८ गतेसम्म काठमाडौँमा केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको राप्रपाले भदौ मसान्तभित्र ७२ जिल्लाको अधिवेशन सम्पन्न गरि... बुधबार, असोज ७, २०८३
प्रतिनिधि सभामा ‘फोहरमैला व्यवस्थापन विधेयक, २०८३’ प्रस्तुत बैठकमा उक्त विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावको विरोधमा कुनै पनि सूचना प्राप्त नभएपछि मन्त्री लम्सालले विधेयक पेश गरेका हु... बुधबार, असोज ७, २०८३
आँखा रसाएका छन् तर आशा मरेको छैन, भोटेकोशी–त्रिशूली बाढीमा सरकार नागरिकसँगै छ : मन्त्री श्रेष्ठ बुधवार बसेको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै मन्त्री श्रेष्ठले बेपत्ताहरूको खोजी कार्य जारी राख्दै प्रभावितहरूको जीवन साम... बुधबार, असोज ७, २०८३
ताजा समाचारसबै
जिल्लापछि प्रदेश अधिवेशनमा जुट्यो राप्रपा, २१ असोजमा एकैदिन प्रदेश अधिवेशन गर्ने बुधबार, असोज ७, २०८३
बिहीबारदेखि टाढा र रातिको यात्रा नगर्न यातायात व्यवसायीको आह्वान बुधबार, असोज ७, २०८३
प्रतिनिधि सभामा ‘फोहरमैला व्यवस्थापन विधेयक, २०८३’ प्रस्तुत बुधबार, असोज ७, २०८३
आँखा रसाएका छन् तर आशा मरेको छैन, भोटेकोशी–त्रिशूली बाढीमा सरकार नागरिकसँगै छ : मन्त्री श्रेष्ठ बुधबार, असोज ७, २०८३
हितेन्द्रदेव शाक्यलाई पुनर्बहाली गर्न माग, सर्वोच्चले माग्यो सरकारको जवाफ बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्