काठमाडौं– सामान्य प्रचलनविपरीत प्रधानमन्त्री शेरबहादुर देउवाको तीन दिने भारत भ्रमणपछि 'ज्वाइन्ट स्टेटमेन्ट' सार्वजनिक भएको छैन। साथै, त्यस्तो 'ज्वाइन्ट स्टेटमेन्ट' सार्वजनिक नहुने भएको छ।
आइतबार बेलुका त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा 'ज्वाइन्ट स्टेटमेन्ट' को विषयमा राखिएको जिज्ञासामा परराष्ट्रमन्त्री नारायण खड्काले 'दुवै पक्षले आ-आफ्नो प्रेस रिलिज गर्ने र समन्वयका साथ भन्ने समझदारी भएको हुनाले त्यस अनुसार नै ज्वाइन्ट स्टेटमेन्ट नभएको' प्रतिक्रिया दिए।
यसअघि केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री भएको बेलामा भएको भारत भ्रमणका क्रममा पनि 'ज्वाइन्ट स्टेटमेन्ट' सार्वजनिक भएको थिएन। त्यतिबेला नेपालको संविधानप्रति भारतको असहमति र नेपालप्रति लगाएको नाकाबन्दीले दुई देशबीचको सम्बन्ध तिक्ततापूर्ण भएको थियो। त्यसैले 'ज्वाइन्ट स्टेटमेन्ट' सार्वजनिक नहुनुलाई अस्वभाविक ठानिए पनि अनौठो ठानिएको थिएन।
तर, देउवाको भ्रमण स्वभाविक समयमा भएको कतिपय विषयमा सहज संवाद पनि भएको थियो। तैपनि 'ज्वाइन्ट स्टेटमेन्ट' सार्वजनिक नगर्ने समझदारी भएको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।