• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिल्म समीक्षा
शनिबार सिनेमा

शहरको तुवाँलोमा छोपिएका इन्द्रेणी सपना

64x64
युवराज भट्टराई शनिबार, चैत १२, २०७८  १०:५४
1140x725

काठमाडौं– शहरलाई परिभाषित गर्ने आ–आफ्नै दृष्टिकोण हुन्छन्।

कवि भूपि शेरचनले ‘चिसो एस्ट्रे’ कवितामा काठमाडौंलाई ‘सपनाहरू टुटाउने शहर’को रूपमा पारिभाषित गरेका छन्।

शहर सपना देख्नेहरूको भिडले घेरिएको छ। काठमाडौं छिर्ने गाडीहरूमा कोचिएर दैनिक कैयन ‘सपना’हरू शहर छिर्छन्। तर, शहरले भूपिको कवितामा जस्तै सपनाहरूलाई ‘ठुटो’को रूप दिनमा कुनै कसर छोड्दैन्।

‘इन्द्रेणी खोज्दै जाँदा’ सपना बोकेर शहर आएकाहरूको कथा हो। साहारा शर्माको लेखन तथा निर्देशन र इलम दीक्षितको निर्माणमा बनेको फिल्मले शहरभित्र आएर स–साना सपनाहरूमा आफ्नो अस्तित्व खोजिरहेकाको कथा भन्छ। तर, उनीहरूले देखेका कतिपय सपना ‘ठुटो’ भइदिन्छन्, कतिका सपनाका टुकीहरू निभिदिन्छन्। 

गाउँबाट शहर छिरेका तीन जना दिदी, भाइ र बहिनीको कथालाई इन्द्रेणी खोज्दै जाँदामा देखाइएको छ। फिल्मको प्रस्तुतिकरण भने काँचो छ। तर, सशक्त छ। फिल्म छायांकनदेखि ‘पोष्ट प्रोडक्सन’ सम्मका काम सरल र प्राकृतिक ढंगमा गरिएको छ, जसले दर्शकलाई फिल्मसँग अपनत्व महसुस गराउन सक्षम देखिन्छ।

इन्द्रेणी रूपी सपनाको खोजी
फिल्मको नाममा उल्लेख गरिएको ‘इन्द्रेणी’ सपनाहरूको बिम्ब हो। इन्द्रेणी देखिन्छ, तर भेट्न सकिँदैन। अस्तित्व भएरै पनि नभएझैं हुन्छ। यसलाई अंगाल्न चाहनेको इच्छा अर्थहीन हुन्छ।

जीवन इन्द्रेणीजस्तै रंगीन र झकिझकाउ छैन। सरल छ। फिल्ममा उतारचढावहरू नाटकीय स्वरूपमा आउन सक्छन्। तर, जीवनमा घटनाहरूको आगमन नाटकीय शैलीमा आउने सम्भावना कम हुन्छ। ‘इन्द्रेणी खोज्दै जाँदा’ भित्रका पात्रहरूको भूमिका पनि सरल छ। उनीहरू कुनै फिल्म खेलिरहेका लाग्दैनन्। बरु आ–आफ्नो जीवन बाँचिरहेका छन्। 

गाउँबाट उच्च शिक्षाका लागि तीन जना शहर आएका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

शहर, अर्थात् काठमाडौं। एक दिदी, एक भाइ र एक बहिनी।

काठमाडौंमा भाडाको कोठामा बसेर आफ्नो शिक्षा हासिल गरिरहेका हुन्छन्। घरबाट आउने खर्च बाँडफाँडको दृश्य फिल्ममा गजबको छ।

आवश्यकताका अनेक आयामहरूले थिचिएर संघर्षरत उनीहरूका फरक फरक चाहना हुन्छन्। तर, उनीहरूमा एउटा समानता हुन्छ, चाहना पूरा गर्ने ठोस उपाय तीन जनासँगै छैन। घरबाट मासिक २० हजार पठाइन्छ। ५५ सय कोठा भाडा, तीन हजार तरकारीमा छुटिन्छ। अरु खर्च पनि तत् तत् ठाउँमा भइहाल्छ। तीन जनाको पकेट खर्चको लागी ३-३ हजार रुपैयाँ हुन्छ। कुनै महिना त्यो अझ घटिदिन्छ। कोठामा वाईफाई हुँदैन। युवा उमेरका उनीहरू वाइफाइ भने ‘चोरेर’ चलाउँछन्।

उनीहरू तीन जनाका लागि दुई वटा कोठा छन्। त्यसैले एकान्तको पर्याप्त उपयोग गर्न असमर्थ छन्। बहालमा बस्दाका अनेक समस्याहरूबाट गुज्रिरहेका हुन्छन्। कोठा बस्दाका आवश्यकताहरूलाई कागजमा लेखेर भित्तामा टाँसिएको हुन्छ, जुन पूरा गर्नका लागि खुत्रुकेमा पैसा पनि जम्मा गरिरहेका हुन्छन्। बाइक, सोफा, नयाँ फ्ल्याट, टीभीजस्ता आवश्यकतालाई सूचीकृत गरेका हुन्छन्। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

जेठी दिदीको भूमिकामा सनम प्याकुरेलले अभिनय गरेकी छिन्। कान्छी बहिनीको भूमिकामा कृतिका लम्साल छिन्। बीचको दाजु/भाइको भूमिकामा दीपक घिमिरेको अभिनय छ।

फिल्मको सुरुवातबाटै उनीहरू आफ्नो सपनाबारे गफ गर्छन्। हाल उनीहरूको चाहना एउटा टीभी लिने हुन्छ। जेठी दिदीलाई उनको कक्षामा विभिन्न सिरियलबारे साथीभाइले गर्ने गफले लज्जित बनाउँछ। आफूसँग टीभी नभएका कारण उनी अर्काको घरमा झ्यालबाट चिहाएर सिरियलहरू हेरिरहेकी हुन्छिन्।

उनको भाइ भने आफ्ना सपनाहरूलाई लिएर अन्योलमा छ। इञ्जिनियरिङ अध्ययन गरिरहेको उसलाई पढाइमा खासै रुचि हुँदैन। अध्ययनमा कठिनाइ महसुस गरिरहेका कारण उसले परीक्षामा प्राप्त गर्ने अंक पनि खासै सन्तोषजनक छैन। तर, घर परिवारलाई उ आफू इञ्जिनियरिङ अध्ययन छाड्ने चाहना व्यक्त गर्न सक्दैन। आफूमाथि देखिएका सपनाहरू र भविष्यमा पूरा गर्नुपर्ने जिम्मेवारीहरूको बोझले उसको मनोस्थिति बिग्रदै गएको हुन्छ।

कान्छी बहिनीका सपनाहरू दिदी र दाइका सपनाभन्दा वृहत् छन्। उनी अमेरिका जाने र आफ्ना सबै समस्याहरू समाधान गर्ने चाहना राख्छिन्। आफ्नो बोलीको लवज र अंग्रेजीको शब्दावलीलाई विस्तार गर्न क्याफे गएर फ्रि वाईफाईमार्फत भिडियो हेर्नु र बोलीको नक्कल गर्नु उनको महत्वपूर्ण काम हो।

अमेरिकाले दिने चिट्ठा भिसा ‘ई-डीभी’ भरेकी उनको नाम निस्किन्छ। तर, घरपरिवारलाई बताउँदिनन्। बरु प्रायोजकको खोजीमा भौतारिइरहेकी हुन्छिन्। आफ्नै बलबुतामा प्रक्रिया पूरा गरेर अमेरिका जाने ‘सप्राइज’ परिवारलाई दिन चाहन्छे। 

जेठी दिदी प्रेममा हुन्छिन्। तर, त्यो प्रेमको अस्तित्वमा उनी आफैं अन्योलमा छिन्।

यता भाइ इन्जिनियरिङको पढाइ छाडेर अरु कुनै ‘सजिलो’ विषय पढ्ने चाहना व्यक्त गर्न नसक्दा डिप्रेसनको सिकार बन्छ। इन्टरनेटमार्फत ‘मर्ने’ उपायहरूको खोजी गर्न थाल्छ। कहिले कोकसँग ‘मेन्टोस’ निलेर त कहिले अनेकौँ ट्याब्लेट खाएर आफैंलाई मार्ने प्रयास गर्छ। तर, यी प्रयास सफल हुँदैनन्। 

आवश्यकताहरूले जेलिएका उनीहरूबीच शहर छिरेदेखि बढ्दै गएको दुरीको कथा ‘इन्द्रेणी खोज्दै जाँदा’ले भनेको छ। फिल्ममा उनीहरू आफू गाउँमा हुँदा एकअर्कासँग भएको निकटता सम्झिन्छन्। तर, शहरको दुई कोठामा उनीहरूको घरको जस्तो माहोल हुँदैन। सीमित आयस्रोतका बीच उनीहरूका आवश्यकता त पूरा हुँदैनन् नै, सँगै खर्चको विषयमा बेला बेला झगडा पनि भइरहन्छ।

अनेक आवश्यकताहरूमध्येबाट उनीहरू कोठामा टीभी लिने चाहनालाई प्राथमिकता दिन्छन्। आवश्यकता पुरा गर्न चाहना लिएर भाइ पसल पुग्छ। त्यहाँबाट सेकेण्ड ह्याण्ड सामान बिक्री हुने पसलतर्फ मोडिन्छ। अन्त्यमा किस्तामा तिर्ने गरी एउटा टीभी कोठामा आइपुग्छ।

यता डीभी परेर पनि प्रायोजकको अभावमा कान्छी बहिनी दूतावासले पठाएको चिट्ठी च्यात्न पुग्छे। बाथरुमभित्र चिट्ठी च्यातेर रोइरहेको उसको एक्लोपनले सपना देख्नेहरूलाई बिझाउँछ।

फिल्मको अन्त्यमा उनीहरू सँगै भएको, तर साथ नभएको दृश्य छ, जहाँ उनीहरूको महिनौँदेखिको चाहना पूरा भएको छ।

मुख्य भूमिकामा देखिएका कलाकारसँगै दीपेन्द्र केसी र सहयोग अधिकारीको भूमिका सहायक छ। तर, फिल्मको कथा भन्नमा उनीहरूले त्यत्तिकै भूमिका खेलेका छन्, जति प्रमुख पात्रहरूको छ। सशक्त अभिनय भएकाहरूका निम्ति लेखिएको सशक्त पटकथाले फिल्मलाई सुन्दर बनाएको छ। 

नवयर्थाथवादी धारको प्रयोग
सहारा शर्माको निर्देशन झकिझकाउ छैन। फिल्म नभएर कुनै सामान्य व्यक्तिले खिचेको भिडियो जस्ता लाग्ने दृश्यको प्रयोग छ। संवादहरू पनि लिखित रूपमा निर्माण भएको नलागेर प्राकृतिक रूपमा बनेका लाग्छन्। दृश्यहरू खिच्दा क्यामराको प्रयोग फरक ढंगले गर्न खोजिएको छ। हल्लिरहेको क्यामेराले खिचेको दृश्य मौलिक छ। तर, पोस्ट प्रोडक्सनको काम कमजोर भएको महसुस हुन्छ।

‘इन्द्रेणी खोज्दै जाँदा’मा देखिएको शैलीले फिल्म निर्माणको नवयर्थाथवादी (नियोरियलिजम) धार समाएको छ। गरिखानेहरूको कथा भन्ने र व्यवसायिक कलाकारभन्दा फरकलाई प्रयोग गरिने यस्ता फिल्ममा स्वाभाविक र सरल दृश्य राखिन्छ। 

फिल्ममा यर्थाथ कथा देखाउन खोजिएको छ। शहर छिरेर अध्ययन गरिरहेकाहरूले फिल्ममा आफूलाई पाउन सक्छन्। 

फिल्मको एक दृश्यमा कक्षा कोठामा महिलाको कुमारित्वमाथि लेखिएका निबन्धहरू पढिन्छन्। निबन्धको एक वाक्यांश हुन्छ, ‘उसले मलाई फूलहरूले भरिएको सुन्दर बगैंचामा प्रेम ग¥यो। तर, उसले कोठामा लैजाँदा यी कुनै कुरा थिएनन्।’ यो दृश्यमा फिल्मकी पात्र जेठी दिदीको व्यक्तित्वमा आएको परिर्वतनले वास्तविक जीवनमा हुने घटनालाई सम्झाउँछ।

चाहे त्यो कान्छी बहिनीलाई स्पोन्सर गर्छु भनेर झुक्याउने होस् वा पढाइका कारण मृत्युसम्म अंगाल्न खोज्ने दाइ, यी दृश्यमा भएको यर्थाथ प्रस्तुतिले फिल्मलाई अब्बल बनाउँछ। 

‘इन्द्रेणी खोज्दै जाँदा’ मौलिकतासहितको सशक्त फिल्म हो। यसमा मिठास छ। फिल्मले भनेको कथा नौलो छ। कथा भन्ने शैली र प्रस्तुतिमा कसिलोपन भेटिन्छ।

तर, यो फिल्म सिनेमाहलभन्दा बढी महोत्सवहरूमा प्रदर्शन भयो। हलमा फिल्म प्रदर्शन हुन्थ्यो त, दर्शकदीर्घामा सायद उल्लेखित संख्या पाउन कठिन हुन्थ्यो। (विगतले त्यही भन्छ।) तर, महोत्सवमार्फत नै भए पनि सन् २०१३ मा प्रदर्शनमा आएको यो फिल्मले नेपाली फिल्ममा नयाँपन र नयाँ शैली निर्माणमा भूमिका खेलेको छ। 

प्रकाशित मिति: शनिबार, चैत १२, २०७८  १०:५४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
युवराज भट्टराई
लेखकबाट थप
कर्णाली पुगेपछि विकासलाई लाग्यो 'प्रकाश' यहीँ बन्नुपर्छ 
पर्दामा प्रेमको रोमाञ्चक यात्रा
पेरिस सहरमा बेलुनसँग संवाद गर्दै हिँडेको पास्कल
सम्बन्धित सामग्री
‘पुष्पा २’ : तीन दिनमा २ सय करोड कमाउने पहिलो भारतीय फिल्म यो संवादको अर्थजस्तै भारतीय बक्स अफिसमा पनि फिल्म ‘वाईल्ड फायर’ बनेको छ। ‘रेकर्ड ब्रेक’ ओपनिङ गरेको फिल्म शुक्रबार र शनिबार पनि कमाइ... आइतबार, मंसिर २३, २०८१
दिमाग खराब : आम जनताको ‘फ्रस्टेसन’ बोल्ने फिल्म हिजोको दिनमा पार्टी, संगठनको आवश्यकता किन पर्यो, यसबारे निर्देशकले सोचेको भए फिल्म समसामयिक घटनाका फुटेजको सुन्दर संयोजनभन्दा माथि उ... आइतबार, कात्तिक २६, २०८०
हल्कारा : नेपाली फिल्म क्षेत्रको ‘अमूल्य’ पूँजी ‘हल्कारा’ हेरेर मन हलुका भएको कुरा म सुनाउन चाहन्छु। त्यति नै हलुका ५ वर्षअघि चाइनिज फिल्म ‘पोस्टम्यान इन द माउन्टेन’ हेर्दा पनि भएक... बुधबार, जेठ ३, २०८०
ताजा समाचारसबै
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
भारी वर्षपछि कोलकाताको पूजा पण्डालमा भएको भागदौडमा १९ को मृत्यु, २५ घाइते आइतबार, कात्तिक १, २०८३
गृहमन्त्रीले गरे बुढीगण्डकी बाढी प्रभावित क्षेत्रको निरीक्षण आइतबार, कात्तिक १, २०८३
सुनकोशीमा दुर्घटनाकी घाइते महिलालाई सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइयो आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्