• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ १९, २०८३ Fri, Sep 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

शेखर पक्षले प्रतिवाद गर्नुअघि देउवाको 'गगन कार्ड'

64x64
डिबी खड्का शुक्रबार, चैत ११, २०७८  १२:४१
1140x725

काठमाडौं- नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले गत पुसमा दुईपल्ट गरी १३ केन्द्रीय सदस्य मनोनित गरे। १४ औं महाधिवेशनमा ४० प्रतिशत मत ल्याएर देउवासँग पराजित डा शेखर कोइराला पक्षले सदस्यहरु मनोनित भएपछि मात्रै जानकारी पायो।

पुस २१ गते डा कोइराला पक्षले भेला गरेर 'सभापतिको लाइक र डिस्लाइकबाट व्यक्तिको छनौट भए पार्टीमा दुर्घटना' पर्ने भन्दै सचेत गरायो। भेलाले भन्यो, ' केन्द्रीय सदस्यमा नियुक्ति गर्नु भएको छ, नियुक्ति पाउनु भएका सबै साथीहरु सक्षम र योग्य नै हुनुहुन्छ। तर के मापदण्ड अपनाएर उहाँहरु नियुक्त हुनुभएको हो? हामी जान्न चाहन्छौं। पार्टीमा न्यायोचित अवसरको वितरण र व्यवस्थापन हुन जरुरी छ, नभए कार्यकर्ता किन कांग्रेसमा बस्ने भनी प्रश्न उठ्न सक्छ।' यति भन्दै त्‍यसविरुद्ध सशक्त प्रतिवाद गर्ने चेतावनी समेत दिइयो।

संसदीय राजनीतिका उतारचढावबाट आफ्नो स्वाभावलाई 'गैंडाको छाला'मा रुपान्तरण गरिसकेका देउवालाई डा शेखर पक्षको उक्त चेतावनीले अलिकति पनि छोएन। केन्द्रीय समितिको बैठककै सम्मुखमा उनले अन्य दुईटा निर्णय एकलौटी गरिदिए। पहिलो नेविसंघ र तरुण दलको अध्यक्ष चयन, दोस्रो स्थानीय तह घोषणापत्र मस्यौदा समितिको संयोजकको जिम्मेवारी। देउवाले आफूनिकट विद्यार्थी नेता दुजाङ शेर्पालाई नेविसंघको अध्यक्षमा नियुक्त गरे भने तरुण दलमा विद्वान गुरुङ।

भातृ संस्थाहरुको नेतृत्वका विषयमा पार्टीमा छलफल गरेर टुंग्याउनुपर्ने डा शेखरपक्षले बताइरहेका बेला देउवाले 'सरप्राइज' दिए। गठबन्धनका नाममा आफूहरुलाई किनारा लगाउन खोजिएकोमा सशंकित भइरहेको उक्त समूह यो निर्णयबाट झन् झस्केको छ। देउवाको एकलौटी निर्णय गर्ने उक्त शैलीको प्रतिवाद गर्ने विषयमा डा शेखर पक्षले बुधबार र बिहीबार लगातार छलफल चलायो। 

आगामी केन्द्रीय समितिको बैठकमा उक्त विषयलाई जोड दिएर उठाउने निष्कर्ष बुधबार निकालियो र बिहीबार देउवाका निर्णयको प्रतिवाद गर्ने निर्णय भयो। डा शेखर कोइराला आफूनिकट केही नेता र भातृ संगठनका पूर्वप्रमुखसँग शुक्रबार बस्ने केन्द्रीय समितिमा उठाउनुपर्ने अजेन्डाका विषयमा छलफल गरिरहेका बेला फेरि देउवाले अर्को निर्णय गरे। त्यो निर्णय थियो, शेखर पक्षबाट महामन्त्री जितेका गगन थापालाई स्थानीय तहको आगामी निर्वाचनका लागि कांग्रेसको घोषणापत्र मस्यौदा समितिको संयोजक बनाउने।

देउवाको राजनीतिक चाललाई नजिकबाट नियालिरहेकाहरु भने यसलाई 'गगन कार्ड'का रुपमा अर्थ्याउन थालेका छन्। जसले डा शेखरपक्षको आक्रोश केही हदसम्म मत्थर पार्नुका साथै अजेन्डालाई कमजोर बनाउनेछ।

अघिल्ला निर्णयलाई 'विधि र पद्धति मिचेर' गरिएका निर्णयको संज्ञा दिइरहेको डा शेखर पक्षले महामन्त्री थापालाई दिइएको जिम्मेवारीका विषयमा बोलेको छैन। सामान्य दृष्टिबाट हेर्दा थापा घोषणापत्र मस्यौदाका लागि सही पात्र हुन्। महामन्त्रीको चुनावअघि व्यवस्थित दस्तावेज बनाएर गएका उनीसँग यसको अनुभव छ। त्यही दक्षताको प्रयोग गर्न देउवाले चाहेका हुन सक्छन्। महामन्त्री समेत रहेकाले थापालाई जिम्मेवारी दिने हक सभापतिका रुपमा देउवालाई छ र जिम्मेवारी पाउनुपर्ने अधिकार थापाको हो।

देउवाको राजनीतिक चाललाई नजिकबाट नियालिरहेकाहरु भने यसलाई 'गगन कार्ड'का रुपमा अर्थ्याउन थालेका छन्। जसले डा शेखरपक्षको आक्रोश केही हदसम्म मत्थर पार्नुका साथै अजेन्डालाई कमजोर बनाउनेछ।

Ncell 2
Ncell 2
nimb
nimb

केन्द्रीय समितिको बैठक एकदिन मात्रै पर भएका कारण त्यहीँबाट थापालाई उक्त जिम्मेवारी दिँदा त्यसको महत्त्व झन् बढी हुन्थ्यो भने केन्द्रीय समितिले स्वामित्व पनि लिन्थ्यो। देउवा एकदिन कुर्न चाहेनन्। डा शेखर समूहबाट महामन्त्री बनेका मात्रै नभई त्यो समूहमा प्रभावशाली समेत रहेका थापालाई निर्वाचन केन्द्रित जिम्मेवारी दिइसकेपछि बैठकमा आउने प्रश्न झेल्न सहज हुने देउवाको आकलन बुझ्न सकिन्छ।

डा कोइराला पक्ष स्थानीय तहको निर्वाचनमा गठबन्धन बनाएर निर्वाचनमा जान चाहिरहेको छैन। उक्त पक्षको बुधबार भएको छलफलको निष्कर्ष छ, 'पार्टीभित्रको एक पक्षलाई किनारा लगाएर गठबन्धन गर्ने नाममा भागबन्डा गर्ने प्रयास भइरहेको छ।'

यो पक्षका डा कोइराला मात्रै होइन, उपसभापति धनराज गुरुङ र महामन्त्री गगन थापालगायतले सार्वजनिक रुपमा गठबन्धनका विपक्षमा बोलिरहेका छन्। गठबन्धन नहुँदा यो पक्षका नेताहरुले धेरै ठाउँमा चुनाव लड्न पाउने आशा त छँदैछ, यदि कांग्रेसले अपेक्षित परिणाम हासिल गर्न सकेन भने देउवालाई त्यसको जिम्मेवार बनाएर आगामी संसदीय निर्वाचनमा देउवालाई कम प्रभावी बनाउने भित्री चाहनाले समेत काम गरिरहेको छ। महामन्त्री थापालाई घोषणा पत्रको मस्यौदाको संयोजक बनाएर उनले यो 'जस अपजस' समान रुपमा बाँड्ने रणनीति समेत अख्तियार गरेको विश्लेण हुन थालेको छ।

पार्टीभित्रको प्रतिपक्ष निस्तेज पारिरहेका देउवा
देउवाले पार्टीभित्र आफ्नो प्रतिकूल बन्न थालेका समूहरु निरन्तर निष्प्रभावी बनाइरहेका छन्। हुर्किदै जान थालेको कृष्णप्रसाद सिटौला समूहलाई अघिल्लै महाधिवेशनमा छिमोले र यसपल्ट आफ्नै नेतृत्वको एक हाँगाका रुपमा कलमी गरे।

अघिल्लो कार्यकालभरि देउवाको कार्यशैलीमाथि प्रश्न गरिरहेका प्रतिपक्ष रामचन्द्र पौडेललाई १४ औं महाधिवेशनमा निष्क्रिय बनाए र आफूले चुनाव जिते। त्यसैगरी डा शशांक कोइराला, प्रकाशमान सिंह लगायतमा हुर्किदै गरेको देउवाविरोधी भावना गएको महाधिवेशनमा ओइलिसकेको छ।

गएको महाधिवेशनमा डा शेखर नेतृत्वको अर्को प्यानल बन्यो। त्यसले आंशिक सफलता समेत हासिल गर्‍यो। उक्त समूह अहिले पार्टीभित्र देउवाको प्रतिपक्षका रुपमा छ। तर, त्यही समूहमा रहेका प्रभावशाली नेता महामन्त्री थापालाई भने उनी धेरै पर पुग्नबाट रोकिरहेका छन्। 

पछिल्ला दिनहरुमा बालुवाटारले झेल्ने ठूला समस्या समाधानका हिस्सेदारका रुपमा थापालाई नजिकै राखेका छन्। उनलाइ उपयुक्त समयमा उपयुक्त जिम्मेवारी दिएर थापाको 'टोन' नियन्त्रणमै राख्न सफल भइरहेको घटनाक्रमले देखाउँछन्। 

२०७४ साल निर्वाचनपछि जुर्मुराएको 'सात भाइ'को युवा समूहलाई उनले यसैगरी निस्तेज पारेका थिए।  उक्त समूहका एक प्रभावशाली नेता विश्वप्रकाश शर्मालाई त्यही बेला प्रवक्ता बनाएर त्यसलाई भुत्ते बनाए। १४ औं महाधिवेशनसम्म पुग्दा यही समूहका अर्का प्रभावशाली नेता प्रदीप पौडेल देउवाकै महामन्त्रीका रुपमा चुनाव लडेर पराजित भए।

जुर्मुराएका पौडेलबाट देउवालाई लाभ
१४ औं महाधिवेशनपछि देउवा गुटमै समाहित भएका पौडेल, सिंह र कोइरालाई भागबन्डाका लागि भने अर्को गुटका रुपमा देउवाले प्रयोग गरिरहेका छन्। महाधिवेशनमै निष्क्रिय बसेका पौडेलले यही आडमा फेरि जुर्मुराउन थालेका छन्।

त्यसको संकेत उनले शुक्रबारको बैठकअघि गरे। महाधिवेशनमा निष्क्रिय पारिएको आफ्नो समूहलाई 'रिअर्गनाइज्ड' गर्दै उनले शुक्रबार बिहान भेला बोलाएका छन्। आगामी निर्वाचनमा देउवाइतरले पाउने 'भाग'को हिस्सेदार आफू रहेको संकेत पौडेलको यो भेलाले गरेको छ।

पौडेलको सक्रियताले देउवालाई लाभ नै हुनेछ। देउवाभन्दा फरक गुटमा रहेकाहरु एकत्रित हुने पौडेलको सक्रियताले रोक्ने मात्रै छैन, संस्थापन इतरका नेताका रुपमा उदय भइरहेका डा शेखरलाई समेत 'साइज'मै राख्नेछ। 

प्रकाशित मिति: शुक्रबार, चैत ११, २०७८  १२:४१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ!
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
सम्बन्धित सामग्री
नुवाकोटका बाढीपीडितको पुनस्र्थापनाबारे मन्त्री रावलद्वारा जनप्रतिनिधिसँग छलफल भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले नुवाकोटका बाढी प्रभावितको अवस्था, अस्थायी तथा स्थायी... शुक्रबार, भदौ १९, २०८३
प्रधानमन्त्री भन्छन्– विपत्तिमा धैर्यको परीक्षा हुन्छ प्रधानमन्त्री बालेन शाहले श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुभकामना व्यक्त गरेका छन्। शुक्रबार, भदौ १९, २०८३
बालेन अमेरिका जान लागेका हुन् ? अमेरिकाको न्युयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिनका लागि प्रधानमन्त्री शाह जान लागेको बताइएको छ । बिहीबार, भदौ १८, २०८३
ताजा समाचारसबै
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवित उद्धार गरियो शुक्रबार, भदौ १९, २०८३
शाेक मनाउने सरकारी निर्णयप्रती रास्वपा नेताबाटै विराेध शुक्रबार, भदौ १९, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य शुक्रबार, भदौ १९, २०८३
भोटेकोशी बाढी : १ हजार २९० शव फेला, ४ हजार ७९८ बेपत्ताको खोजी जारी शुक्रबार, भदौ १९, २०८३
नुवाकोटका बाढीपीडितको पुनस्र्थापनाबारे मन्त्री रावलद्वारा जनप्रतिनिधिसँग छलफल शुक्रबार, भदौ १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर बिहीबार, भदौ १८, २०८३
सर्वोच्च अदालतको अभिलेख शाखामा आगलागी बिहीबार, भदौ १८, २०८३
मध्यरातमा सर्वोच्च अदालतको नयाँ भवनमा कसरी लाग्यो आगो ? बिहीबार, भदौ १८, २०८३
मन्त्रिपरिषद् बैठक: यस्ता छन् सात निर्णय बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्