• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, मंसिर १२, २०८२ Fri, Nov 28, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
गाउँका सिंहदरबार

पोखरामा मेयर जीसीका पाँच वर्ष : दीर्घकालीन आयोजनामा रेलसम्मका ‘गफ’, अधिकांश घोषणा कागजमै सीमित

64x64
युवराज भट्टराई आइतबार, चैत २०, २०७८  ०९:४०
1140x725

काठमाडौं– २०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा नेकपा एमालेका तर्फबाट मानबहादुर जीसी पोखरा महानगरको मेयर पदको उम्मेदवार थिए। मत माग्दा उनले सुशासनको नारालाई बलियो गरी उठाएका थिए। पोखरेली जनतासामु प्रगतिशील आरक्षण नीतिदेखि नागरिकलाई क्षमताअनुसार रोजगारीसम्मका योजना सुनाएका थिए। समाजवाद उन्मुख महानगर विकासका लागि काम गर्ने वाचा गरेका थिए।

एमालेले अघि सारेको नारा जनताले पत्याइदिए। त्यही कारण मेयरमा जीसी र उपमेयरमा एमालेकै मञ्जु गुरुङ निर्वाचित भए। उनीहरूले अघि सारेका योजना पोखरा महानगरबासीका लागि ‘सुन्दर सपना’ थिए।

चुनावी घोषणापत्रमा उनीहरूले पोखरालाई ‘स्मार्ट सिटी’ बनाउने उल्लेख गरेका थिए। मेट्रो बस चलाउने, सार्वजनिक सवारीमा विद्युतीय भुक्तानी ‘इ–टिकेटिङ’को व्यवस्था गर्ने योजना पनि थियो। पोखरामा रेल ल्याइपुर्‍याउन पहल गर्ने जस्ता महत्त्वकांक्षी घोषणा पनि गरिएको थियो। 

घोषणामै सीमित भयो स्मार्ट सिटी
एमालेले सार्वजनिक गरेको घोषणापत्रमा पोखरालाई स्मार्ट सिटीका रूपमा विकास गर्ने उल्लेख थियो। महानगर वरपर रहेका अन्नपूर्ण, माछापुच्छ्रे, मादी र रुपा गाउँपालिका मात्र नभएर कास्की जिल्लाबाहिर पर्ने स्थानीय तह मध्यनेपाल, भिमाद, व्यास, शुक्लागण्डकी, पुतली बजार, भिर्कोट, वालिङ, कुस्मा, फलेवास, बाग्लुङ र बेनीलाई स्याटलाइट शहरका रूपमा विकास गर्न आवश्यक समन्वय गर्ने पनि घोषणापत्रमा उल्लेख थियो। यी ठाउँमा सुगम यातायातको व्यवस्थासहित एकीकृत सामुहिक आवास व्यवस्थामार्फत सुकुम्बासी एवं अव्यवस्थित बस्तीको व्यवस्थापन गरिने योजना थियो।

घोषणापत्रमा जस्तै पहिलो नीति तथा कार्यक्रममा पनि महानगरलाई ‘क्लिन सिटी, ग्रिन सिटी’को रूपमा विकास गर्ने उल्लेख थियो। नदी, खोला, ताल तथा जलाधार संरक्षण गरी सबै किसिमका प्रदूषण नियन्त्रण गर्ने पनि उल्लेख थियो।

तर, मेयर जिसीको कार्यकाल समाप्त हुनै लाग्दा पोखरालाई स्मार्ट सिटी बनाउन कुनै काम नै भएको छैन। स्मार्ट सिटीको योजनामा हालसम्म केही प्रगति नभएको महानगरपालिकाका सूचना अधिकारी भरतराज पौडेलले बताए।

दीर्घकालीन आयोजना अलपत्र
मेयर जिसीले प्रस्तुत गरेको पहिलो नीति तथा कार्यक्रममा विभिन्न पाँच वटा दीर्घकालीन आयोजना प्रस्तुत गरेका थिए। तीमध्ये रेलमार्गलाई महत्वकांक्षी मानिएको थियो। त्यसअघि एमालेको घोषणापत्रमा पनि पोखराबासीलाई रेलको सपना देखाइएको थियो। संघीय र प्रदेश सरकारसँग सहकार्य गरेर केरुङ्ग–काठमाडौं हुँदै पोखराबाट लुम्बिनीसम्म रेलमार्ग सञ्चालन गर्ने उल्लेख थियो।

त्यस्तै कोरला–भैसालोटन नाका हुँदै अन्तराष्ट्रिय व्यापार प्रवद्र्धन गर्न पनि दुवै तहका सरकारसँग समन्वय र सहकार्य गर्ने बताइएको थियो। यी योजना पहिलो नीति तथा कार्यक्रममा राखिएका थिए। तर, अन्तिम वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम यी योजना हटाइएका छन्।

Ncell 2
Ncell 2

जीसीले महानगरका सबै वडाका साथै सीमावर्ती गाउँहरूलाई समेत जोड्ने तीन वटा चक्रपथको संभाव्यता अध्ययन गर्ने योजना ल्याएका थिए। राजमार्गहरूसँगको सडक सञ्जाललाई पनि दीर्घकालीन योजनामा राखेका थिए। स्तरीकरण गरी सडक सञ्जाललाई जीपीएस प्रणालीमा राखिने कार्यक्रम थियो। यी योजनामा कुनै प्रगति भएको छैन।

पोखरा महानगरका तालबाट जलविद्युत उत्पादन गर्ने योजना पनि थियो। सेती/मादीको पानी प्रयोग गरेर फेवाताल र बेगनास ताललाई जलमार्गबाट जोड्न संभाव्यता अध्ययन गरिने भनिएको थियो। अन्य ताललाई पनि जलमार्गको रूपमा सञ्चालन गरिने कार्यक्रम थियो।

दीर्घकालीन कार्यक्रममा नै रुपाताल र बेगनासतालबाट सुन्दरी डाँडामा पानी लिफ्ट गरेर जनविद्युत उत्पादनका लागि संभाव्यता अध्ययन गर्ने योजना थियो। यी योजनाबाट महानगरको आयस्रोत वृद्धि हुने मात्र नभइ रोजागार प्रवर्द्धन पनि हुने भनिएको थियो। तर, पाँच वर्षमा कुनै पनि कार्यक्रम सुरु हुन सकेका छैनन्।

पूर्वाधार तथा यातायात विकासमा पनि भएन प्रगति
पोखरालाई स्मार्ट सिटीको रुपमा विकास गर्ने योगनाअन्तर्गत विभिन्न पूर्वाधार तथा यातायात विकासका कार्यक्रम पनि थिए। स्मार्ट सिटी बनाएपछि नागरिकलाई स्मार्टकार्ड वितरण गरिने र यस्तो कार्डको सहायताबाट महानगरले दिने सेवा र सुविधा प्राप्त गर्नसक्ने व्यवस्था गरिने घोषणापत्रमा लेखिएको थियो।

मेयर जिसीले निर्वाचित हुनासाथ आफ्नै अध्यक्षतामा ‘युटिलिटी सर्भिस अथोरिटी’ गठन गरी सडक, खानेपानी, बिजुली, दुरसञ्चार, फोहोर व्यवस्थापन, ढल निकासजस्ता सुविधा त्यही कार्डको मद्दतबाट दिने घोषणा गरेका थिए। यसलाई नीति तथा कार्यक्रममा पनि राखिएको थियो। तर, महानगरका प्रवक्ता पौडेलका अनुसार नागरिकलाई ‘महानगरीय परिचय पत्र’ वा कुनै कार्ड दिने प्रक्रिया थालिएको छैन। बरु पछिल्लो नीति तथा कार्यक्रमबाट यो योजना नै हटाइएको छ।

शहरको मुख्य क्षेत्रका टेलिफोन तार हटाएर अप्टिकल फाइबर जडान गर्ने र बिजुलीका तारलाई पनि भूमिगत गर्ने बताइएको थियो। यी कार्यक्रम सुरु नै भएका छैनन्।

महानगरले आफ्नो मताहतमा रहेका ३३ वटै वडालाई जोड्ने स्तरीय सडक सञ्जाल निर्माण गर्ने र सबै वडालाई जोड्ने जनाएको थियो। यही आयोजना अन्तर्गत वडा न. ३२ को लामेआहालबाट वडा न. ३३ को बाघमारा हुँदै बिरौटासम्म वैकल्पिक मार्ग निर्माण गरिने बताइएको थियो। यो काम भने सुरु भएको छ। सूचना अधिकारी पौडेलले यी योजना आंशिक पूरा भएको बताए।

महानगरको फोहोर संकलन गरी उर्जा, निर्माण सामग्री र कम्पोष्ट मल उत्पादन गर्न पूर्वाधार बनाउने योजनालाई पहिलो नीति तथा कार्यक्रममा राखिएको थियो। त्यसअघि फोहोर व्यवस्थापनका लागि हरेक घरमा फोहोरमैला संकलन गर्ने र ‘ट्रान्सफर सेन्टर’सम्म लैजाने व्यवस्था गरिने जनाइएको थियो। मेयर जीसीको कार्यकालको पहिलो वर्ष फोहोरमैला व्यवस्थापनका लागि ९ करोड बजेट पनि छुट्याइएको थियो। यसका लागि गुरुयोजना पनि बनाइएको छ। तर, थप काम अघि नबढेको सूचना  अधिकारी पौडेल बताउँछन्।

शैक्षिक कार्यक्रम र बेरोजगारी भत्ताको योजना कागजमा मात्रै
चुनावी घोषणापत्र र पहिलो नीति तथा कार्यक्रममा मेयर जिसीले उल्लेख गरेका शैक्षिक कार्यक्रम र बेरोजगारी भत्ताको विषय पनि कागजमै सीमित भए। चुनावी घोषणा पत्रमा प्रत्येक वर्ष स्नातक तह अध्ययन गर्ने १०० जनालाई ‘महानगर छात्रवृत्ति,’ स्नातकोत्तर तथा एमफिल अध्ययन गर्ने ५० जनालाई ‘महानगर विद्वतवृत्ति’ र विद्यावारिधी गर्ने १० जनालाई ‘अनुसन्धानवृत्ति’ प्रदान गरिने कार्यक्रम थियो। 

महानगरमा व्याप्त बेरोजगारीको समस्या समाधान गर्ने पनि मेयर जीसीको घोषणा थियो। बेरोजगार युवाहरूको लगत संकलन गरी उनीहरुको योग्यता र क्षमताअनुसार सीप प्रदान गर्न व्यवसायिक तथा प्राविधिक तालिम दिनेदेखि कानुन निर्माण गरेर बेरोजगारी भत्ता प्रदान गरिनेसम्मका योजना घोषणापत्रमा थिए। तर, घोषणापत्रमा उल्लेख भएका यी विषय नीति तथा कार्यक्रममा पर्नै सकेनन्।

घोषणापत्रमा उल्लेख गरेका अरु धेरै विषय अलपत्र छन्। ‘एक घर, दुई रुख’, ‘सरकारी हाइड्रो’, ‘हाम्रो नगर उज्यालो सहर’जस्ता आयोजनाले हालसम्म पनि प्रगति गर्न सकेका छैनन्। महानगरभित्र रहेका तालहरुको अतिक्रमण रोक्ने मुद्दालाई जिसीले कागजमा महत्वका साथ राखे पनि कार्यान्वयन फितलो छ। प्रत्येक वडामा युवा क्लब बनाउनेदेखि प्रत्येक कार्यालयलाई ‘पेपेरलेस’ बनाउने योजनामा पनि प्रगति भएको छैन।

सूचना अधिकारी पौडेल आयोजना ठूला र महत्वकांक्षी भएकाले पूरा नभएको बताउँछन्। ‘कति आयोजनाहरु किन अघि बढेनन् भन्ने कुरामा ती अलि बढी महत्वकांक्षी भएर हो,’ पौडेल भन्छन्, ‘आयोजनाका लागि सम्भाव्यता अध्ययनकै स्तरबाट अघि बढ्नुपर्ने अवस्था थियो। कतिपय आयोजना महत्वकांक्षी भएर राखिएको थियो। चुनावी घोषणापत्रमा भनिएका कुराहरू कार्यान्वयनमा जाँदा समय त लागिहाल्छ नि।’

पौडेल सीमित स्रोत र साधनबीच चुनावी घोषणापत्रमा भएका कुरा तत्काल पूरा नहुने बताउँछन्। घोषणापत्र र पहिलो नीति तथा कार्यक्रममा समावेश भएका कतिपय आयोजनाको सम्भाव्यता अध्ययन भएको र कार्यान्वयमा गएको उनी बताउँछन्। कतिपय आयोजनाको संभाव्यता अध्ययन सुरु भएको उनी बताउँछन्।

प्रकाशित मिति: आइतबार, चैत २०, २०७८  ०९:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
युवराज भट्टराई
लेखकबाट थप
कर्णाली पुगेपछि विकासलाई लाग्यो 'प्रकाश' यहीँ बन्नुपर्छ 
पर्दामा प्रेमको रोमाञ्चक यात्रा
पेरिस सहरमा बेलुनसँग संवाद गर्दै हिँडेको पास्कल
सम्बन्धित सामग्री
पूर्वएआईजी पोखरेल रास्वपा प्रवेश, भने-‘रविमाथि भएको अन्यायविरुद्ध लड्न आएको हुँ’ शुक्रबार रास्वपा प्रवेश गर्दै पोखरेलले सभापति लामिछानेमाथि अन्याय भएकोले त्यसविरुद्ध लड्ने बताए । शुक्रबार, मंसिर १२, २०८२
पूर्व एआईजी पोखरेल रास्वपा प्रवेश शुक्रबार रास्वपाको पार्टी कार्यालय बनस्थलीमा आयोजित कार्यक्रममा पोखरेलको पार्टी प्रवेश औपचारिक बनाइएको हो। शुक्रबार, मंसिर १२, २०८२
प्रचण्डले भने-  बिना आर्थिक व्यवस्थापन आज जनताको उपस्थिति न्यून हुने हो कि भन्ने चिन्ता थियो उक्त सभामा सम्बोधन गर्ने क्रममा संयोजक पुष्पकमल दाहाल प्रचण्डले आर्थिक व्यवस्थापन गर्न नसक्दा यो पटक मान्छेको उपस्थिति हुनेमा आफूहरू... शुक्रबार, मंसिर १२, २०८२
ताजा समाचारसबै
पूर्वएआईजी पोखरेल रास्वपा प्रवेश, भने-‘रविमाथि भएको अन्यायविरुद्ध लड्न आएको हुँ’ शुक्रबार, मंसिर १२, २०८२
प्रियाङ्कको अर्धशतकमा कर्णालीले विराटनगरलाई दियो १६१ रनको लक्ष्य शुक्रबार, मंसिर १२, २०८२
पूर्व एआईजी पोखरेल रास्वपा प्रवेश शुक्रबार, मंसिर १२, २०८२
प्रचण्डले भने-  बिना आर्थिक व्यवस्थापन आज जनताको उपस्थिति न्यून हुने हो कि भन्ने चिन्ता थियो शुक्रबार, मंसिर १२, २०८२
भीम रावलको दाबी : ‘मिसन ०८४ होइन, पतन ०८४ आउँदै छ भनेर ओलीलाई भनेको थिएँ’ शुक्रबार, मंसिर १२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
आजदेखि एक सय रुपैयाँको नयाँ नोट चलनचल्तीमा, के के छन् विशेषता ? बिहीबार, मंसिर ११, २०८२
ट्रम्पद्वारा ‘तेस्रो विश्व’ आप्रवासन स्थगित गर्ने घोषणा शुक्रबार, मंसिर १२, २०८२
विधा भण्डारीको सन्देश : मलाई नेतृत्वले रोके पनि तपाईँहरूसँगै हुनेछु बिहीबार, मंसिर ११, २०८२
एनपीएल- पहिलो जीत हात पार्ने दाउमा जनकपुर र पोखरा बिहीबार, मंसिर ११, २०८२
रवि र छविको मुद्दामा आज पुनः पेशी बिहीबार, मंसिर ११, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
जेन–जेड आन्दोलनपछि नेपालको राजनीति: अस्थिरता रोक्न संवैधानिक सुधार अपरिहार्य सागर पौडेल
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल इंग्ल्यान्डसँग मंगलबार, मंसिर ९, २०८२
रास्वपाले ७ वटै प्रदेश इन्चार्जलाई जिम्मेवारीबाट हटायो बुधबार, मंसिर १०, २०८२
सुमनराज अर्याल मुख्यसचिव नियुक्त सोमबार, मंसिर ८, २०८२
आलोचनासँगै प्रधानमन्त्रीको सचिवालय २० बाट घटाएर अब जम्मा ६ जनामा सीमित बुधबार, मंसिर १०, २०८२
महेश बस्नेत सवार गाडीमा जेनजी युवाले छ्यापे रातो मसी, दुई जना पक्राउ आइतबार, मंसिर ७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्