• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
गाउँका सिंहदरबार

वीरगन्ज महानगरमा सरावगी सपना : घोषणा एकातिर, काम अर्कैतिर

64x64
युवराज भट्टराई आइतबार, चैत १३, २०७८  ०९:३०
1140x725

काठमाडौं– २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरमका उम्मेदवार विजयकुमार सरावगी वीरगन्जको मेयर निर्वाचित भएका थिए। वीरगन्ज मधेस प्रदेशको एक मात्र महानगरपालिका हो।

मेयर निर्वाचित भएपछि गरेको पहिलो पत्रकार सम्मेलनमा सरावगीले सामाजिक तथा सार्वजनिक सेवा मात्र नभइ व्यक्तिगत सुविधातर्फ पनि धेरै योजना सुनाएका थिए। पाँच वर्षपछि कार्यकाल समाप्त हुन लाग्दा उनले गरेका अधिकांश वाचा पूरा भएका छैनन्। केही वाचामा योजनामा परे पनि अधुरा छन्। अधिकांश वाचा योजनामा पर्नै सकेका छैनन्।

व्यापारिक पृष्ठभूमिका सरावगीले मेयर निर्वाचित भएपछि व्यक्तिगत सुविधा नलिने बताएका थिए। मेयरको हैसियतमा पाउने तलब सुविधा र गाडी नलिने उनको घोषणा थियो। आफूले पाउने सुविधाको रकम बालबालिका र एकल महिलाको जीवनस्तर उकास्न खर्च गर्ने उनको भनाइ थियो। पत्रकार सम्मेलनमा उनले भनेका थिए, ‘विगतमा जितेर गएकाहरूले विकास नगरेकाले हामी व्यापारी बाध्य भएर राजनीतिमा आएका हौं। ५० वर्षमा नभएको विकास पाँच वर्षमा गरेर देखाउँछु।’

तर, कार्यकाल समाप्त हुनलाग्दा उनले गरेका वाचा पूरा भएनन्। न उनले मेयरको हैसियतमा पाउने व्यक्तिगत सुविधा त्यागे, न त विकासका प्रतिबद्धता नै पूरा गरे। 

सुविधा नलिने घोषणा, तर साढे १ करोडको गाडी!
मेयरमा निर्वाचित भएपछि ‘भगवानले दिएको सबैथोक भएकाले’ केही सेवा सुविधा नलिने सरावगीले घोषणा गरेका थिए। तर, पहिलो वर्ष पूरा नहुँदै मेयरका लागि १ करोड ४५ लाख रुपैयाँको पजेरो खरिद गरियो। आफ्नो सुरक्षाका कारण सरकारी गाडीमा चढ्नु परेको उनले स्पष्टीकरण दिएका छन्।

उनले महानगरमा ‘मेयर कल्याणकारी कोष’ स्थापना गरेर सामाजिक विकासका कार्यक्रम गर्ने महत्त्वकांक्षी योजना पनि अघि सारेका थिए। बालविधुवा पुनस्र्थापना, अतिविपन्न परिवारका बालबालिकालाई स्नातकसम्म निःशुल्क शिक्षा, मोतियाविन्दुविहीन शहर बनाउने र आवासविहीनलाई आवास दिने उनका योजना थिए। तर, यी योजना कार्यान्वयनमा जानै पाएनन्।

महानगरका सूचना अघिकारी अरविन्द लाल कर्णका अनुसार मेयर कल्याणकारी कोषको स्थापना भएको छ। तर, सम्बोधन गर्ने भनिएका समस्या र विकासका कार्यक्रममा खास प्रगति भएको छैन।

पूर्वाधारका योजना अधुरै
मेयर सरावगीले आफू निर्वाचित भएपछि गरेको पत्रकार सम्मेलनमा पूर्वाधार विकासका महत्त्वकांक्षी योजनाहरू प्रस्तुत गरेका थिए। महानगरलाई दीगो र व्यवस्थित शहर बनाउने उनको वाचा थियो। सहरी सडकको स्तरोन्नति, नाला तथा ढल विकास, विद्युत विस्तारलगायतका पूर्वाधार निर्माणमा उनले जोड दिएका थिए। महानगरका सम्पूर्ण क्षेत्रलाई जोड्ने नगर यातायात गुरुयोजना पहिलो वर्ष नै तयार गरेर कार्यान्वयनमा लैजाने बताएका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

उक्त गुरुयोजना बनाइए पनि कार्यान्वयनमा गएको छैन। शहरमा नाला तथा ढल विकास पूर्वाधारका काम पूरा भएको छैन। शहरीकरणलाई व्यवस्थित गर्न ढल निकासको विकास गर्ने र महानगरलाई वर्षेनी हुने डुबानको समस्याबाट मुक्त गर्ने उनले वाचा गरेका थिए। 

वीरगन्ज महानगरपालिकाले एसियाली विकास बैंकको सहयोगमा पहिलो चरणमा ३ अर्ब रुपैयाँ खर्च गरेर ढल निकासको परियोजना पूरा गरेको थियो। तर, त्यसलाई निरन्तरता दिएन। अहिले पनि वीरगन्जका मुख्य व्यापारिक क्षेत्र आदर्शनगर, श्रीपुर, रानीघाट, छपकैया, जेलरोड, गोश्वारा रोडलगायतमा वर्षायाममा डुबान हुने गरेको छ।

महानगरलाई स्याटलाइट सिटीको रूपमा विकास गर्ने वाचा पनि अपूरै छ। सरावगीले सिर्सिया नदीको दुवैतिर ४० फिट चौडा सडक र नाली बनाउने, १० लाख रुख रोप्ने पनि बताएका थिए। यी आयोजनामा खासै प्रगति हुन सकेको छैन। बरु वीरगन्ज बजारको ढल सिर्सिया नदीमा मिसाइएको छ। जसकारण हरेक वर्षायाममा नदीमा पानीको बहाब बढ्दा बजार क्षेत्र डुबानमा पर्ने समस्या सुरु भएको छ।

महानगरलाई शून्य फोहोर भएको महानगर बनाउने कार्यक्रममा काम भइरहेको सूचना अधिकारी कर्ण बताउँछन्। उनका अनुसार महानगरले सडकको धुलो उठाउने मेसिन खरिद गरेको छ। खानेपानी प्रशोधन गर्न थालिएको छ। कर्णले भने, ‘फोहोरबाट मोहोर कार्यक्रम लागू भएको छ। प्रत्येक घरमा दुई वटा डस्टबिन दिइएको छ। अस्पतालबाट निस्किने फोहोर व्यवस्थापनको प्लान्ट बनेको छ। नगरकै स्रोत र साधनबाट काम भइरहेको छ।’

रात्री जीवनका लागि बेलवास्थित भेडाहा नदी किनारमा विभिन्न मनोरञ्जनात्मक होटेल र पार्क बनाउने पहिलो नीति तथा कार्यक्रममार्फत घोषणा गरिएको थियो। सूचना अधिकारी कर्णका अनुसार उक्त आयोजना ठेक्कामा लगाउन बल्ल बोलपत्र आह्वान भएको छ। 

वीरगन्जमा सवारीको चाप बढिरहेकाले ‘ओभरहेड ब्रिज’ बनाउने पनि मेयर सरावगीले घोषणा गरेका थिए। यो योजना पनि घोषणामै सीमित भएको छ। कर्ण भन्छन्, ‘हामीले यो कार्यक्रमलाई विशेष प्राथमिकतामा राखेका छौं। कार्यक्रम योजनामा छ, तर प्रगति भएको छैन।’

महानगरले बाराको विश्रामपुरमा ल्याडफिल साइटको निर्माण गरेको छ। एक वर्षभित्रै पूरा गर्ने गरी यो योजना अघि सारिएको थियो। अहिले त्यहाँ अस्पतालजन्य फोहोर कुहाएर इन्धन बनाउने र कुहिने फोहोरबाट मल बनाउने काम थालिएको कर्णको भनाइ छ। उक्त ल्यान्डफिल साइट ६ करोड रुपैयाँ लागतमा बनेको हो।

सामाजिक विकासका काममा छैन प्रगति
महानगर क्षेत्रमा व्याप्त बेरोजगारी समस्यादेखि गरिबी न्युनीकरणसम्मका योजना सरावगीले सुनाएका थिए। उनले घोषणा गरेका धेरै सामाजिक विकासका योजना पूरा भएनन्।

सरावगीले ‘पाँच ब’ योजना ल्याएका थिए। उनले बेरोगजारी समस्याको समाधान, वित्तीय सबलता, विद्यालय, बिजुली र बाटोको समस्या समाधान गर्ने बताएका थिए। छोरीलाई विद्यालयमा प्राथमिकता दिनेदेखि महानगरभित्रका हरेक महिलालाई राजेगारी प्रदान गर्ने घोषणा गरेका थिए। तर, अहिले पनि वीरगन्जका यी समस्या उस्तै छन्।

सूचना अधिकारी कर्ण भने यी काम पूरा हुने प्रक्रियामा रहेको बताउँछन्। उनका अनुसार महिलालाई रोजगारी दिन महानगरको श्रमशाखाले काम गरिरहेको छ। महानगरको फोहोर प्रशोधन केन्द्रलगायत आयोजनामा महिलालाई रोजगारी दिइने उनी बताउँछन्। यही कार्यक्रमअनुसार हरेक विद्यालयमा एक नर्स राखिएको उनले बताए। 

सामुदायिक विद्यालयमा अनिवार्य अंग्रेजी माध्यमबाट पढाउन २०७५ सालको शैक्षिक सत्रबाटै सुरु गर्ने बताइएको थियो। यो कार्यक्रम आशिंक रूपमा मात्रै लागू भएको छ। कर्णका अनुसार सामुदायिक विद्यालयमा कक्षा ३ सम्म अंग्रेजी माध्यमबाटै पठनपाठन हुन्छ। कक्षा ६ देखि माथि आठ वटा विद्यालयमा मात्र अंग्रेजी माध्यमबाट अध्यापन हुन्छ। कर्ण भन्छन्, ‘यो ठूलो प्रगति हो। सुरुमा ३ करोड रुपैयाँबाट सुरु भएको यो योजनामा अहिले वार्षिक २० करोड खर्च हुन्छ।’ 

पहिलो नीति तथा कार्यक्रममा महानगरले उच्च शिक्षासम्मका योजनाहरु अघि सारेको थियो। अहिले भने उच्च शिक्षा महानगरको क्षेत्राधिकारमा नपर्ने बताउन थालिएको छ। शहीद परिवार, आन्दोलनका घाइते र अपांग परिवारका बालबालिकालाई छात्रवृद्धिको विषयमा महानगरले पहिचानमा आएकालाई सुविधा दिएको कर्ण बताउँछन्। तर, महानगरको क्षेत्राधिकार नभएकाले उच्च शिक्षाको सुविधा दिन नमिल्ने उनको तर्क छ। तत्कालीन कार्यक्रममा भने यी परिवारका बालबालिकाको सम्पूर्ण शैक्षिक छात्रवृद्धिको व्यवस्था गरिने उल्लेख थियो।

सरावगीले आफ्नो पहिलो नीति तथा कार्यक्रममा वीरगन्जमा विश्वविद्यालय स्थापना गर्ने पनि घोषणा गरेका थिए। उनले भनेका थिए, ‘वीरगन्जमा विश्वविद्यालय स्थापनाको लागि प्रदेश र संघीय सरकारसँग पहल गरिनेछ।’ सूचना अधिकारी कर्ण महानगरको क्षेत्राधिकार नभएकाले यो योजना अघि नबढाएको बताउँछन्। 

महानगरले हरेक वडामा योग सेन्टर बनाउने र दुई शिक्षक राख्ने योजना सार्वजनिक गरेको थियो। योग विद्यालयको स्थापना भइसकेको छ। कर्ण भन्छन्, ‘सेलरोडमा हामीले नेपालमा पहिलो पटक भारतीय दूतावासको सहयोगमा योग विद्यालयको स्थापना गरेका छौं। यसलाई व्यापक बनाउने क्रम जारी छ।’

प्रकाशित मिति: आइतबार, चैत १३, २०७८  ०९:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
युवराज भट्टराई
लेखकबाट थप
कर्णाली पुगेपछि विकासलाई लाग्यो 'प्रकाश' यहीँ बन्नुपर्छ 
पर्दामा प्रेमको रोमाञ्चक यात्रा
पेरिस सहरमा बेलुनसँग संवाद गर्दै हिँडेको पास्कल
सम्बन्धित सामग्री
बालेनलाई रविको शुभकामना : ‘राष्ट्रिय हितका विषय अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा राख्नुहोस्’ लामिछानेले नेपालको राष्ट्रिय हित तथा नेपालका सरोकारका विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा प्रस्तुत गर्न प्रधानमन्त्री शाहको भ... मंगलबार, असोज ६, २०८३
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] न्यौपानेले समयावधि बाँकी रहे पनि क्युरेक्स फर्मासिटिकल्सबाट उत्पादित औषधिको गुणस्तर नरहेकोबारे प्रश्न उठाउन खोजेका थिए। मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? सामान्यतया विदेश भ्रमणमा निस्कँदा शुभकामना, उपहार वा आवश्यक सामग्री दिने चलन हुन्छ। तर, प्रधानमन्त्री शाहको यसपटकको गन्तव्य र वाग्ले... मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
राष्ट्रसंघको महासभामै इरानलाई ट्रम्पले दिए धम्की : सम्झौतामा नआए सर्वनास गरिदिने चेतावनी मंगलबार, असोज ६, २०८३
बालेनलाई रविको शुभकामना : ‘राष्ट्रिय हितका विषय अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा राख्नुहोस्’ मंगलबार, असोज ६, २०८३
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
आफूलाई प्रहरी बताउँदै धम्की दिएर स्वास्थ्य क्लिनिकबाट रकम असुल्ने दुई जना पक्राउ मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्