• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिल्म समीक्षा

‘चिसो एस्ट्रे’: फरक र नौलो दृश्यभाषाको अनुभव 

64x64
युवराज भट्टराई शनिबार, चैत ५, २०७८  १८:००
1140x725

यहाँ जो आउँछन्
मुटुभरि आगो, ओठभर ज्वाला बोकेर आउँछन्
यहाँ जो बस्छन्
हत्केलाभरि खरानी र आँखाभरि धुवाँ बोकेर बस्छन्
र यहाँबाट जो जान्छन्
पोल्टाभरि निभेका विश्वास र ठूटा सपनाहरु सोहोरेर जान्छन्
यस्तो छ यो चार भन्ज्याङ खाल्टो
एउटा चिसो एस्ट्रेजस्तो छ
यो चार भन्ज्याङ खाल्टो।

कवि भूपि शेरचनको कविता ‘चिसो एस्ट्रे’मा काठमाडौं शहरको चित्रण हो उल्लेखित कविता। निर्देशक दिन्स पाल्पालीलाई ‘सुर’ चढेछ कविताको आधारलाई लिएर ‘सिनेमा’को संरचना निर्माण गर्न। भूपिको कवितामा आधारित दिन्सको सिनेमा अहिले सिनेमा हलमा प्रस्तुत छ। भूपिको कल्पनाको ‘चार भन्ज्याङ खाल्टो’लाई आधार मानेर पाल्पालीले आफ्नै दुनियाँ बनाएका छन् ‘चिसो एस्ट्रे’मा।

‘चिसो एस्ट्रे’को कथा सामान्य छ। गाउँबाट शहर पसेको एक युवकको संघर्षको कथा हो। एक्लोपन, प्रेम, द्वन्द्व र सपनाहरुको कथा हो। आधुनिकताको कथा हो।

शहर पसेको मदनका आँखामा ठम्याउन नसकिएका सपनाहरु छन्। ती सपना पूरा गर्ने आकांक्षाहरु छन्। तर, सपनालाई पूरा गर्न पछ्याउने गल्लीहरुसँग अपरिचित छ उ। जब ती गल्लीहरुसँग परिचित हुन्छ, तब उ गल्लीमै हराउँछ। ठमेल, झमेल (झम्सिखेल) र पाटनका गल्लीहरुमा मडारिरहेका चुरोटका धुवाँहरुको धुमिल दुनियाँमा हराएको मदनको कथामाभन्दा भन्दै सिनेमा आफ्नो कथामा आफैं धुमिल हुन पुगेको छ।

‘चार भञ्जाङ खाल्टो’ अर्थात काठमाडौं। मदन कलंकीमा ओर्लिएर शहर छिरेसँगै सुरु हुन्छ ‘चिसो एस्ट्रेको’ कथा। ‘मोनोलग’ शैलीमा भ्वाइस ओभरमार्फत् मदन आफ्नो कथा भन्न थाल्छ। शहरका गल्लीहरुमा ठम्याउन नसकिएका सपना पछ्याइरहेको गन्तव्यहीन यात्रामा अभिसप्त हुँदा हुँदै मदनका जीवनमा उजस्तै शहर पसेर सपना देखिरहेकाहरु भेटिन्छन्, रोनी र ज्याक्की। तीनै पात्रको जीवनका सपनाहरु के हुन्? उनीहरु मृगतृष्णमा छन्। दिग्भ्रमित देखिएका उनीहरु समयले डोहोर्‍याउने बाटैबाटो यात्रा गरिरहन्छन्। तर, यो यात्राको गन्तव्य कहाँ हो भन्नेमा उनीहरु स्वयम् अन्योलमा छन्। 

‘चिसो एस्ट्रे’ काठमाडौं शहरको कथा हो। शहरमा सपना देख्नेहरुको कथा हो। तर, सपना शहर छिरेर जीविकोपार्जन गर्नेहरुको होइन। सपना त शहर छिरेर शहरले आफूलाई बनाउन चाहेजस्तो बन्दिने र देखासिकीको ‘स्वाग’ र कथित आधुनिकतालाई पछ्याउने हो। आधुनिकताको परिभाषा जिन्स पाइन्ट र डेनिम ज्याकेटको पहिरन, हातमा चुरोटको खिल्ली, साँझ डान्सबारको रमझम, ओठमा बियरको चुस्की, चरेस र गाँजाको ‘इलुमिनाटी’ ।

यिनै विशेषता बोकेर शहर छिरेको मदनमा भएको परिवर्तनको कथा प्रस्तुत गरिरहेका छन् दिन्स पाल्पालीले। शहरमा भोगिने भूइँमान्छेका कथाहरुको अपेक्षा गर्नु तपाईंको कमजोरी हो। ‘चिसो एस्ट्रे’ त शहरको रमझममा रमाउने चाहना बोक्नेहरुमा भएको परिवर्तनको कथा बोल्छ। र, एउटा सिनेमा भित्र शहरको गर्भाशयमा लुकेका हजारौं कथा भनियोस् भन्ने चाहनु पनि कमजोरी हो। शहर भित्रको एक पुस्ता (युवापुस्ता)को कथा भन्छ सिनेमाले।

‘चिसो एस्ट्रे’मा के छैन? ‘मोर्डन’ संस्कृतिलाई देखाउन आवश्यक सबै चिज छ। युवापुस्तामा प्रभाव पारिरहेको यसका पक्षहरु समावेश छन्। चुरोट, गाँजा, रक्सी सबै चिज भेटिन्छन्। त्यसैले त फिल्मको पात्र मदन फिल्मको अन्त्यसम्म आइपुग्दा ‘मोर्डन’ भइसकेको छ। तर, के यो आधुनिकता, यो रहनसहनदेखि झैझगडा, शहरका गल्लीहरुका रंगिविरंगी दुनिया आवश्यकता हो? त्यसैको जवाफ दिन्छ क्लाइमेक्समा सिनेमाले। आवश्यकता र लहडबीचको फरकपनलाई प्रस्तुत गर्दागर्दै खोजीरहेको सपना र त्यसलाई पछ्याउने गन्तव्यतर्फ उन्मुख देखिन्छ ‘चिसो एस्ट्रे।’

‘चिसो एस्ट्रे’ एउटा सुन्दर दृश्यांकनले भरिएको सिनेमा हो।

Ncell 2
Ncell 2
nimb
nimb

निर्देशक पाल्पालीले ‘चिसो एस्ट्रे’मा गरेको सबैभन्दा सुन्दर काम फिल्ममा कथा भन्ने शैली हो। दृश्यभाषामा उनी निकै अब्बल छन्। चाहे त्यो दृश्यअनुसारको संगीतलाई प्रस्तुत गर्ने पक्षमा होस् वा कुनै निश्चित दृश्य खिच्ने पक्षमा। गल्लीहरुमा फिल्मका पात्रहरुले एकअर्कालाई खेदाएको दृश्यदेखि सडकमा ‘कार चेस’को दृश्यमा पनि पाल्पालीको निर्देशकीय ‘म्याचुरिटी’ प्रस्तुत भएको छ। फिल्मको सुरुवातमा विगत सम्झिँदादेखि गाँजा–चरेसको ‘ट्रिप’मा गरिएको कल्पनामा देखाइने श्यामश्वेत दृश्यमा उनको प्रयोग भिन्न र मौलिक लाग्छ। ‘पप कल्चर’को रिफ्रेन्स प्रयोगले पनि फिल्म विशेषता आभास गराउँछ।

फिल्मको संवाद अर्को बलियो पक्ष हो। फिल्ममा आधुनिक शैलीबाट प्रभावित पात्रहरुलाई प्रस्तुत गर्न पाल्पालीले गरेको मिहेनत सजिलै नदेखिएला। तर, संवादहरुलाई विश्लेषण गर्दा हरेक संवादमा उनी नेपालीसँगै अंग्रेजी शब्दको मिश्रण गर्छन्। ‘शहर आउनु’ भन्नुको सट्टा ‘सिटी आउनुको’ लाई प्रयोग गरेका छन्। वाक्यांशमा दुई भाषालाई प्रयोग गरिनुको सौन्दर्य फिल्मभर नै छरिएको छ।

दुईमत छैन, ‘चिसो एस्ट्रे’ सन्देश प्रधान फिल्म होइन्। यो त केबल हेर्दा ‘मज्जा’ आउने फिल्म हो। तर, यसको अर्थ फेरि फिल्म मूलधारमा बनिरहेका प्राय नेपाली र हिन्दीजस्तै भिडलाई सम्बोधन गरिएको फिल्म भने होइन। ‘चिसो एस्ट्रे’ दृश्यको सुमधुर भाषा बोकेको संगीत र ध्वनीको उत्कृष्ट प्रयोग भएको फिल्म हो। बनिरहेका अधिकांश नेपाली फिल्ममा नभएको ‘सिनेम्याटोग्राफी’को प्रयोग छ फिल्ममा।

फिल्ममा प्रयोग भएको दृश्यभाषा सबैभन्दा बलियो पक्ष देखिन्छ। ठाउँ ठाउँमा देखाइने ‘डच एंगल’का दृश्यहरु पनि उत्तिकै सुन्दर छन्। सिनेम्याटोग्राफर उज्जवल बस्ताकोटीले विभिन्न ठाउँमा ऐनामार्फत् देखाएका दृश्यहरु पनि फिल्ममा मौलिक छन्।

Xtrem

Xtrem

अब्बल पक्ष यसमा भएका कलाकारको अभिनय पनि हो। मदनको रुपमा दिव्य देव, रोनीको रुपमा निकुन श्रेष्ठ, विक्की भेजाको रुपमा सुशीलराज पाण्डे, ज्याक्कीको रुपमा नवीन लम्साल र बबि दाइका रुपमा रविन तामाङको अभिनय उत्कृष्ट छ। शहर छिरेर यहाँको हावा लागेपछि आधुनिक बन्ने लहडमा लागेको पात्रको चरित्रमा हुनुपर्ने सबै खुबीहरु उनीहरुमा देखिन्छ। अभिनेत्री श्रृष्टि श्रेष्ठको अभिनयमा थोरै सुधार आएको जस्तो देखिन्छ। तर, उनको अभिनयमा अन्य पात्रको तुलनामा खासै दम भने छैन। डायलग डेलिभरीको पक्षमा झन् बढी कमजोर छन् श्रृष्टि। संवादमा उनको आफ्नो मौलिकपन देखिँदैन। तर, अन्य पात्रको चरित्र र अब्बल अभिनयले उनका 'कमजोरी'लाई छोप्ने सामर्थ राख्छ। 

पात्रको चरित्र लेखनदेखि उनीहरुको अभिनय सबै पक्ष अब्बल छ। रोविन तामाङले ‘चिसो एस्ट्रे’मार्फत् आफूलाई फेरि अब्बल अभिनेताका रुपमा प्रस्तुत गरेका छन्। अन्य अभिनेताहरुको चरित्र पनि आफ्नै मौलिकपन सहितको छ। समानताको रुपमा उनीहरु चुरोट पिउँछन्, बियर पिउँछन्। तर, हरेक भित्रको अन्योलता र चाहनालाई दृश्यमा प्रस्तुत गरिन्छ। यसमा कलाकारको अभिनयले ठूलो भूमिका खेलेको छ।

उज्जवल ढकाल, प्रविन स्याङबो र निर्देशक पाल्पालीको सम्पादन फिल्मको अर्को सुन्दर पाटो छ। जुन गतिमा फिल्म बहन्छ, त्यो उनीहरुको खुबी हो। जुन ठाउँमा दृश्य देखिन्छन्, तिनीहरुको सम्पादनको सौन्दर्य त्यहाँ देखिन्छ। पाटनका मायाबी गल्लीहरुबाट एक्कासी कुनै बारको आधुनिक ज्याज संगीत र रमझममा दर्शकलाई सम्पादनमार्फत् पुर्‍याउँदा फिल्मले दर्शकलाई नयाँपनको आभास गराउँछ।

फिल्मको अन्त्यमा पाश्र्वमा ‘ड्रिम पाइरेसी’ गीत बजिरहन्छ, झरिमा दुई पात्र लडिरहन्छन्। सम्पादनमार्फत् यी दृश्यहरुलाई क्रमैसँग प्रस्तुत गरेर फिल्म नगरिएको मौलिकपन ‘चिसो एस्ट्रे’मा देखिन्छ। 

पात्रको व्यक्तित्व निर्माणमा पाल्पालीले पहिलो ‘हाफ’ नै खर्चिएका छन्। भूमिकामा आएको परिवर्तनदेखि व्यक्तित्वमा देखिने विशेषता फिल्मको पहिलो हाफले बताउँछ। तर, दोस्रो भागमा पाल्पाली थोरै ‘भड्किएका’ छन्। अन्य फिल्मकर्मीमा जस्तो फिल्ममा निश्चित कथा भन्ने लहड र आफ्नो मौलिकता राख्ने चाहनाबीचको अन्योलमा फसेका देखिन्छन् उनी। सायद, त्यसैको परिणामको रुपमा फिल्मको क्लाइमेक्सलाई एउटा निश्चित बिन्दुमा पुर्‍याउने संघर्ष गरेका छन्। मात्र शहरको चरित्रचित्रण गरेर फिल्मलाई ‘ओपन इण्डिङ’मा छाडिदिएको भए ‘चिसो एस्ट्रे’ सुनमा सुगन्ध थपिएको बन्थ्यो। 

‘चिसो एस्ट्रे’को एउटा कमजोर पक्ष फिल्ममा शालिनताको रुपमा देखिएकी श्रृष्टि श्रेष्ठको भूमिका हो। उक्त पात्रले फिल्मको गतिमा खासै प्रभाव पार्दैन। क्लाइमेक्सका निमित्त मात्रै उनको चरित्र निर्माण गरिन्छ। उनले शहरभरि राख्ने सेता पुतलीहरुको अर्थ कतै छैन। पाल्पालीले पुरुष पात्रमा कुनै परिवर्तन ल्याउनका लागि महिला पात्र नै चाहिन्छ भन्ने पूरानै परम्परालाई निरन्तरता दिएको देखिन्छ।

फरक सिनेमाको चाहना राख्नेका निम्ति ‘चिसो एस्ट्रे’ एउटा सुन्दर अनुभव हो। यसमा भएका प्राविधिक गुणदेखि प्रयोग भएको दृश्यभाषा दर्शकका लागि नौलो अनुभव हुन्छ। तर, हेर्न जाँदा फिल्ममा निश्चित कथा खोज्ने 'मुर्खता' नगरेको राम्रो। फिल्मले कथा होइन, कल्पना सुनाउँछ। शहरको चित्रण गरिरहँदा पात्रहरुको भूमिका र उनीहरुको व्यक्तित्वको कल्पना। र, त्यो कल्पना कथामार्फत् नभएर दृश्यमार्फत् अनुभव गर्न सकिन्छ। 

प्रकाशित मिति: शनिबार, चैत ५, २०७८  १८:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
युवराज भट्टराई
लेखकबाट थप
कर्णाली पुगेपछि विकासलाई लाग्यो 'प्रकाश' यहीँ बन्नुपर्छ 
पर्दामा प्रेमको रोमाञ्चक यात्रा
पेरिस सहरमा बेलुनसँग संवाद गर्दै हिँडेको पास्कल
सम्बन्धित सामग्री
‘पुष्पा २’ : तीन दिनमा २ सय करोड कमाउने पहिलो भारतीय फिल्म यो संवादको अर्थजस्तै भारतीय बक्स अफिसमा पनि फिल्म ‘वाईल्ड फायर’ बनेको छ। ‘रेकर्ड ब्रेक’ ओपनिङ गरेको फिल्म शुक्रबार र शनिबार पनि कमाइ... आइतबार, मंसिर २३, २०८१
दिमाग खराब : आम जनताको ‘फ्रस्टेसन’ बोल्ने फिल्म हिजोको दिनमा पार्टी, संगठनको आवश्यकता किन पर्यो, यसबारे निर्देशकले सोचेको भए फिल्म समसामयिक घटनाका फुटेजको सुन्दर संयोजनभन्दा माथि उ... आइतबार, कात्तिक २६, २०८०
हल्कारा : नेपाली फिल्म क्षेत्रको ‘अमूल्य’ पूँजी ‘हल्कारा’ हेरेर मन हलुका भएको कुरा म सुनाउन चाहन्छु। त्यति नै हलुका ५ वर्षअघि चाइनिज फिल्म ‘पोस्टम्यान इन द माउन्टेन’ हेर्दा पनि भएक... बुधबार, जेठ ३, २०८०
ताजा समाचारसबै
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग शुक्रबार, असोज २३, २०८३
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी शुक्रबार, असोज २३, २०८३
एआइजी बंशीराज दाहाल बर्खास्त शुक्रबार, असोज २३, २०८३
‘लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ पुनः पार्टीमा आबद्ध भएँ’ : विद्यादेवी भण्डारी शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्