काठमाडौं– सुन तस्करीमा संलग्न भएको आरोपमा पक्राउ परेका पूर्वसभामुख कृष्णहादुर महराको बयान सकिएको छ ।
महराको मंगलबार बयान सम्पन्न भएको जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी दिपक श्रेष्ठले जानकारी दिए । माओवादी केन्द्रका नेता समेत रहेका महरा आज पनि थुनामै रहने छन् ।
चिनियाँ संगठित गिरोहसँग मिलेर सुन तस्करी गरेको आरोपमा पूर्वसभामुख महरा आइतबार पक्राउ परेका थिए । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले तीन वर्षअघिको तस्करी प्रकरणमा महरालाई पक्राउ गरेको हो ।
दुबईबाट विद्युतीय चुरोट (भेप) मा लुकाएर १० पुस २०७९ मा ल्याइएको करिब ८ करोड ५५ लाख २८ हजार बराबरको करिब ९ किलो सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले नियन्त्रणमा लिएपछि छुटाउन पूर्वसभामुख महरा र उनका छोरा राहुल सक्रिय रूपमा खटिएका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।