• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

चेको भारत भ्रमण : जहाँ रुसको साम्यवादलाई ‘उपनिवेशवाद’ भनेका थिए

ओम थानवी शुक्रबार, चैत ४, २०७८  ०७:०२
1140x725

काठमाडौं– त्यसबेला चे ग्वेभारा क्युबामा पाँच महिनाअघि मात्र भएको सशस्त्र क्रान्तिको ठूला नायक थिए। सरकार गठनपछि राष्ट्रपति फिडेल क्यास्ट्रोले उनलाई तेस्रो विश्वका देशहरूसँग सम्बन्ध कायम गर्ने जिम्मेवारी दिएका थिए। उनले क्युबामा भएको क्रान्तिको दूत बनेर कैयौं देशको यात्रा गरे। भारत सरकारले पनि उनलाई विशेष निम्तो दिएको थियो, जसलाई फिडेल क्यास्ट्रोको सरकारले तत्कालै मान्यता दिएको थियो। इजिप्ट हुँदै चे भारत आएका थिए।

विदेश मन्त्रालयका शिष्टाचार महापाल डीएस खोसलाले ३० जुन १९५९ को साँझ भारतको हवाई अड्डामा उनको स्वागत गरेका थिए। क्युबाको त्यो प्रतिनिधि मण्डलमा पाँच जना थिए। चेको सुनौलो तारासहितको टोपी, लामो सिगार र अग्ला फित्तासहितको जुत्ताले उनलाई बाँकी सदस्यभन्दा फरक देखाउँथ्यो।

प्रतिनिधि मण्डललाई भारतको चाणक्यपुरीमा भर्खरै बनेको अशोक होटलमा राखिएको थियो। भोलिपल्ट बिहानै चे ग्वेभारा र उनका सहयोगीहरू भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूसँग भेट गर्न गए। उनीसँगै खाना आए। त्यसपछि उनीहरूले ओखलाको औद्योगिक क्षेत्रमा लाठी बनाउने कारखानामा घुमेका थिए।

साँझ उनीहरूले वाणिज्यमन्त्री नित्यानन्द कानुनगोसँग भेटवार्ता गरे। भारत र क्युबाको व्यापारिक सम्बन्धको पक्षमा यो महत्वपूर्ण बैठक थियो, जसमा दुवै देशबीचको आयात र निर्यातबारे चर्चा भएको थियो। 

चेको टोलीले ३ जुलाईमा भारतको राजधानी दिल्लीनजिकै रहेको पिलाना गाउँस्थित सामुदायिक (सहकारी) परियोजनाका केही कार्यक्रमहरूको निगरानी गरेका थिए। उनले खेत र स्कुल हेरे। फर्किएर सामुदायिक विकास र सहकारीमन्त्री एसके डेसँग भेटवार्ता गरे।

यो सबै जानकारी भारतीय फोटो प्रभागका निर्देशक देवतोष सेनगुप्तासँग भएका तस्बिरबाट पाइएको थियो। ती तस्बिरमा हामी त्यहाँ चे ग्वेभाराको नाम खोजिरहेका थियौं। तर, त्यहाँ उनको नाम चे थिएन, फाइलमा उनको नाम अर्नेस्ट ग्वेभारा लेखिएको थियो।

यसबीच चे आफैंले लेखेअनुसार, भारतीय रक्षामन्त्री कृष्ण मेनन र अन्य सैन्य अधिकारीहरूसँग पनि भेटवार्ता गर्न पुगेका थिए। ५ वा ६ जुलाईमा उनीहरू कोलकातातर्फ हिँडेका थिए। दस्तावेजहरूमा ८ जुलाईमा उनीहरू लखनऊको कुनै चिनी अनुसन्धान केन्द्र घुम्न गएको पाइन्छ। तर, यसको पुष्टि गर्ने उस्तो आधार छैन।

भारतबाट चे सायद बर्मा र त्यसपछि भियतनाम गएको अनुमान गरिन्छ। उनले बित्रिज नामका कुनै आफन्तलाई लेखिएको पत्र छ, जसमा १३ जुलाई १९५९ को मिति लेखिएको छ। तर पनि चेको भारत यात्राको विस्तृत विवरण उपलब्ध छैन। भारतबाट फर्किएपछि चे क्युबाको राष्ट्रिय बैंकको अध्यक्ष र पछि उद्योगमन्त्री (व्यवहारमा वित्त मन्त्री) बनेका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

उनी ६/७ दिन दिल्लीमा बसेका थिए। पछि अन्य सहरमा गए। तर, भारतमा छापिएका सामग्रीहरूमा त्यो बेलाको यात्राबारे कतै केही उल्लेख गरेको पाइदैन। थोरै मात्र जानकारी उनको यात्रालाई लिएर उपलब्ध छ। 

चेको भारत यात्राको थोरै वर्णय जोन ली एन्डरसनद्वारा लेखिएको चर्चित जीवनी ‘अ रिबोल्युशनरी लाइफ’ र बयोवृद्ध पत्रकार केपी भानुमतीको पुस्तक ‘कैंडिड कनभर्सेसन’मा गरिएको छ। एन्डरसनको पुस्तक चेको जीवनमाथि लेखिएका पुस्तकहरूमध्येमा सबैभन्दा महत्वपूर्ण र चर्चित हो। ८०० पानाको यो पुस्तकमा उनले चिकित्सकदेखि क्रान्तिकारी हुँदासम्मको चेको यात्रालाई निकै मिहिन रुपमा वर्णन गरेका छन्। एन्डरसनकै पुस्तकका कारण बेलेग्रान्दे (बोलिभिया)मा ४० वर्षपहिले चे र उनका साथीहरूको गुपचुप गाडिएको शवको ठेगाना पनि पाइएको थियो।

तर, एन्डरसनले लेखेको जीवनीमा चेको भारत यात्राको अप्रामाणिक निष्कर्ष छ। यात्रामा सहयोगी रहेका पार्दो लादाले भनेका कुरालाई यहाँ प्रस्तुत गरिएको छ। पार्दोका अनुसार चेले ‘नायक’ मान्ने नेहरूसँग उनको भेट दिउँसोको खाना खाने बेला भएको थियो। ‘सरकारी महल’ (तीन मूर्ति भवन) मा खाना खाने बेला इन्दिरा गान्धी र उनका सन्तान राजीव तथा सञ्जय गान्धी पनि उपस्थित थिए। पार्दो भन्छन्, ‘चेले नेहरूसँग चीन र माओको बारेमा प्रश्न सोधिरहेका थिए। नेहरूले भने ती गम्भिर प्रश्नहरूलाई नसुनेको जस्तो गरी खानाको टेबलमा सजाइएका पकवानहरूबारे कुरा गरिरहे।’

चे क्युबाको राष्ट्रनायक थिए। उनकै शोभाका लागि सहयोगीले ती तथ्यहरूलाई थोरै ‘रङ भरेर’ बनाएका थिए। तर, अच्चमको कुरा तब भयो, जब एन्डरसनले भने, ‘चे भारतबाट आधुनिक भारतका प्रवर्तकहरूबाट सिक्नको लागि केही छैन भन्ने अनुभव लिएर फर्किएका थिए। नेहरू सरकार कृषि सुधारका कुनै महत्वपूर्ण कार्यक्रम लागू गर्ने वा धार्मिक र सामन्ति संस्थाहरूको तागतलाई शिथिल बनाउने दिशामा अनिच्छुक देखिएको थियो।’

Xtrem

Xtrem

एन्डरसनका अनुसार त्यसपछि चेले भारतको सांस्कृतिक र ऐतिहासिक परम्पराहरूलाई ‘अवरोध’का रुपमा देखेका थिए।

संयोगले मलाई चे भारतबाट फर्किएपछि फिदेल कास्त्रोलाई प्रस्तुत गरेको पूरै रिपोर्ट हात लागेको थियो। साप्ताहिक ‘बेरदे ओलिबो’मा १२ अक्टोबर १९५९ को अंकमा यो रिपोर्ट सार्वजनिक भएको थियो। उक्त रिपोर्ट पढेर जो कोही पनि थाहा पाउन सक्छ, चेले भारतलाई तटस्थ नजरले हेरेका थिए। यहाँको सामाजिक विषमता हुँदाहुँदै पनि प्रगतिको चाहनालाई बुझ्ने कोसिस गरेका थिए। त्यति बेला अंग्रेज राजबाट भारत स्वतन्त्र भएको भर्खर १२ वर्ष भएको थियो। चेले यो तथ्यलाई पनि ध्यान दिएका थिए ।

आफ्नो तीन पृष्ठको उक्त रिपोर्टमा चे ‘विरोधाभासहरूको देश’ भारतको ‘औद्योगिक विकास’ र भयानक दरिद्रताको बीचमा रहेको खाडल भएको ‘विचित्र र जटिल परिदृश्य’को साथमा विकासमा आएको असाधारण सामाजिक महत्वका परिवर्तनलाई लक्षित गर्छन्। कृषि सुधारका उपायहरूमा ध्यान दिन्छन्। भारत र युवाको सामाजिक तथा आर्थिक ढाँचालाई एकै किसिमको बताउँदै उनी ‘दुई उद्योगशील’ देशको उन्नतिको संभावनालाई व्यक्त गर्छन्। प्राविधिक विकासमा भारतीय वैज्ञानिकहरूलाई ‘लक्ष्य हासिल गर्ने फलाम’ बताउँदै उनी भन्छन्, ‘यो यात्रामा मैले कैयौं लाभदायक कुराहरू सिक्न पाएँ। सबैभन्दा महत्वपूर्ण कुरा यो थाहा पाएँ की, एक देशको आर्थिक विकास उसको प्राविधिक विकासमा निर्भर रहन्छ।’

चेको भारत यात्रामा सबैभन्दा महत्वपूर्ण कुरा उनले विनाकठिनाइ भारतको स्वतन्त्रतामा गान्धीको ‘सत्याग्रह’को भूमिकालाई चिनेका थिए। रिपोर्टमा उल्लेखित उनकै शब्दमा भन्दा, ‘जनताका असन्तोषका ठूला ठूला शान्तिपूर्ण प्रदर्शनले अंग्रेज उपनिवेशवादलाई सधैंका लागि छाड्न बाध्य बनायो, जसको शोषण उनीहरूले पछिल्लो डेढ सय वर्षदेखि गरिरहेका थिए।’ 

यो थाहा पाउँदा मेरो मनमा यो पुरानो कुरा फेरि उठ्छ, पढ्ने तथा लेख्ने र शब्द तथा दृश्यमा अभिव्यक्ति खोज्ने संवेदनशील युवक क्युबा फर्किएर फेरि हिंसाको पुरानै बाटोमा किन फर्कियो? जब कि, त्यो बाटोले उसलाई कहीँ पुर्‍याउँदैन थियो। 

यसको जवाफ चेले भारतमै दिने कोशिश गरेका थिए। उनले अल इण्डिया रेडियोका लागि अन्तर्वार्ता लिन पुगेकी केपी भानुमतीलाई यसको जवाफ दिल्ली अशोक होटलमा दिने प्रयास गरेका थिए। भानुमतीका अनुसार चेले भनेका थिए, ‘तपाईंहरूको यहाँ गान्धी छन्, दर्शनको एउटा पुरानो परम्परा छ। हाम्रोमा दुवै छैन। त्यसैले हाम्रो मनस्थिति नै फरक ढंगले विकास भएको छ।’ तर, यो कुरा भानुमतीको पुस्तकमा छैन। किनकि, प्रकाशकले उनका कैयौं अध्यायलाई निर्मम भएर काँटछाँट गरेका थिए।

भानुमती १ जुलाई १९५९ मा बिहान साढे ८ बजे अशोक होटलको छैटौँ तला पुगेकी थिइन्। चेले आफैँ ढोका खोलेका थिए। उनी एक्लै थिए, कोही सुरक्षाकर्मी थिएन्न। भानुमतीसँग ब्लिट्जका संवाददाता राघवन र छायाँकानर पीएन शर्मा पनि थिए। राघवन भने भानुतमीसँग आग्रह गरेर इञ्जिनियरको ठाउँमा आफूले कुराकानी र अन्तर्वार्तालाई रेकर्ड गर्ने र कुनै प्रश्न नसोध्ने शर्तमा गएका थिए। भानुमतीका अनुसार उनी शंका हुँदाहुँदै पनि राजी भएकी थिइन्। किनकि, चेको यात्राबारे उनलाई जानकारी दिने राघवन नै थिए। छायांकार शर्माले ग्वेभाराको फोटो लिनका लागि बोयस अफ अमेरिकाले खटाएको थियो, जसको अल इण्डिया रेडियोको प्रसारणसँग कुनै सम्बन्ध थिएन। अनौठो कुरा त, यहाँको रेडियोलाई फोटोको कुनै आवश्यकता थिएन, अमेरिकाको वाशिंटनको एक रेडियोलाई आवश्यकता थियो। 

कुराकानी करिब आधा घण्टा चलेको थियो। तर, रेडियोमा बढीमा दुई मिनेट प्रसारण भएको थियो। ‘न्युजरिल’ कार्यक्रममा कैयौं घटनालाई समेट्नु पर्ने हुन्थ्यो। भानुमतीका अनुसार त्यही कारण अन्तर्वार्ता छोटिएको थियो। त्यो अन्तर्वार्ताको टेप अहिले छैन। किनकि, त्यतिबेला रेडियोमा एउटै स्पूल (रेडियो टेपको पुरानो रिल) लाई मेटाएर पटक पटक प्रयोग गर्ने चलन थियो। तर, सधैंजस्तो केही छानिएका प्रश्नहरू उनले लेखेर राखेकी थिइन्। एक बिहान क्युबाका राजदूत त्यसको एक प्रति लिन उनको घर आएका थिए। भानुमतीले खुसीखुसी चेसँगको भेटको दुई तस्बिरसँगै त्यो प्रश्नको प्रति पनि दिएकी थिइन्। 

भानुमतीका अनुसार चेसँगको साक्षातकार उनको लागि निकै याद आउने भेट थियो। भानुमतीकै शब्दमा भन्दा, ‘कसैले पनि उनको फौजी बर्दीमा ध्यान नदिने हो भने कल्पना पनि गर्न मुस्किल थियो कि, यो मान्छे कुनै बेला गुरिल्ला थियो। उनी वकिल वा नेताजस्तो टाठोबाटो पनि देखिँदैन थिए। उनको आवाजमा नम्रता थियो र उनी कुनै प्रवचन दिनेजस्तै भद्र थिए। परिवारसँग गफ गरेजस्तै गरी बोल्थे। तर, ज्योतिषले जस्तो लामो समयको अन्तर र निकै सोचेर बोल्थे। हाम्रो भेटको क्रममा उनी मोटो सिगार पिइरहेका थिए, जसको बट्टा टेबलमा राखिएको थियो। बचपनमा दमको रोगी रहेका यी जुझारु व्यक्तिमा भएको यो आदत देखेर मलाई आश्चर्य लागेको थियो। हरेक प्रश्न सुनिरहँदा उनी सिगार तान्थे र जवाफ दिनुभन्दा अघि धुवाँ फ्याँकेर सिगारलाई राखदानीमा राख्थे र माइक्रोफोनतर्फ झुक्थे।’

भानुमतीले सबैभन्दा पहिले उनलाई भारत आउनुको कारण सोधेकी थिइन्। चेले जवाफमा भनेका थिए, ‘क्युबामा बातिस्ता राजबाट स्वतन्त्रता भएसँगै म भियतनाम र अन्य देशको प्रत्यक्ष जानकारी लिनका लागि निस्किएको हुँ, जसमा औपनिवेशिक शासनमार्फत दमन भएको थियो। भारतमा तपाईंहरूको प्रधानमन्त्री जवाहरलाल नेहरूले बोलाएपछि आएको हुँ, म आफैं भारतमा स्वतन्त्रतापछि सुरु भएको विकासका कामहरूलाई नजिकबाट नियालुँ भन्ने हो। ल्याटिन अमेरिकामा हामीले पनि साम्राज्यवादलाई निकै समयसम्म भोगेका थियौं। अब हामीलाई निकै तलबाट माथि उठ्नु छ।’

भानुमतीले थप प्रश्न गर्दै सोधेकी थिइन्, ‘तपाईं समाजवादी अर्थव्यवस्था र समाजवादी मान्छेको बारेमा कुरा गर्नुहुन्छ। यसलाई केही स्पष्ट पारिदिनुहोस् न।’

जवाफमा चेले भनेका थिए, ‘हामीजस्ता अल्पविकसित देशहरूले साम्राज्यवादी पराधीनता, कठपुतलीजस्ता शासन र शोषणको कुचक्रबाट बाहिर निस्किन आवश्यक छ। हामी उपनिवेश वा परनिर्भर देश रहेका छौं, जहाँ कम विकास वा अव्यवस्थित विकास भएको छ। भोकले स्वाधीनता र संघर्षका लागि श्रेष्ठ परिस्थिति सिर्जना गर्छ। बाहिरी शक्तिहरूको शासनमा नोकर भएर पनि तपाईं समाजवादी मानिस र समाजवादी अर्थव्यवस्था हसिल गर्न सक्नुहुन्छ। यस्तो भएन भने कुनै पनि अल्पविकसित देशले कहिल्यै पनि भ्रष्टाचार मुक्त व्यवस्था देख्न पाउने छैन।’

चेले यो कुराकानीमा भारतबारे खास कुरा बताएका थिए। ‘भारतले लामो संघर्षपछि स्वतन्त्रता पाएको छ। नेहरूप्रति मेरो मनमा निकै आदर छ। उनले देशमा आर्थिक आत्मनिर्भरता ल्याउने छन् र भारत एउटा शक्तिशाली देशको रुपमा अघि बढ्नेछ,’ उनले भनेका थिए, ‘हामीले यस्तो समाज तयार गर्नुपर्छ जसमा सबै मानिस व्यक्तिगत मानवीय आकांक्षालाई सामूहिक चेतनाको रुपमा साझा गर्नेछन्। नवउपनिवेशवाद दक्षिणी अमेरिकाबाट सुरु भएर अफ्रिका तथा एसियामा जरो गाडेको छ। हेर्नुहोस् त, भियतनाम र कोरियामा के भइरहेको छ। एसियाका केही देशमा नृशंसताको अवस्था निकै भयावह छ। साम्राज्यवादीहरूको षड्यन्त्रमाथि आफ्नो अधिकार जमाउन हामीजस्ता अल्पविकसित तेस्रो दुनियाँले एकजुट हुन आवश्यक छ।’

भानुमतीले एक प्रश्न यो पनि सोधेकी थिइन् कि चे कम्युनिष्ट मानिन्छन्, तर कम्युनिष्ट विचारलाई कसरी बहु–धार्मिक समाजमा स्वीकार गर्न सकिनेछ? चेले दिएको जवाफ यस्तो थियो, ‘म आफूलाई कम्युनिष्ट भन्दिनँ। म एक केथोलिक भएर जन्मिएँ, एक सोशलिष्ट (समाजवादी) हुँ र बराबरी र शोषणमा भएका देशहरूको मुक्तिमा विश्वास गर्छु। मैले युवावस्थामा भोक देखेको छु, कष्ट, अत्याधिक गरिबी, रोग र बेरोजगारी पनि देखेको छु। क्युबा, भियतनाम, अफ्रिकामा यो हालत छ। स्वतन्त्रताको लडाइँ मान्छेको भोकबाट सुरु हुन्छ। माक्र्स–लेनिनको सिद्धान्तमा उपयोगी पाठ (सन्देश) पनि छ। भारतमा गान्धीजीको सिद्धान्तको आफ्नै महत्व छ, जसकै परिणामको रुपमा स्वतन्त्रता पाइएको छ।’

के गान्धी–नेहरूप्रति चेको यो प्रशंसा र आदर प्रस्तुत हुनु शिष्टाचारकै परिणाम थियो? वा यो कुटनीति थियो? मलाई लाग्छ, भारतमा चेले खुल्ला नजरले भारतमा एउटा अपरिचित, तर जीवन्त र आकर्षत विचार बुझ्ने कोसिस गरेका थिए। हवाना फर्किएपछि चेले जुन रिपोर्ट पेश गरेका थिए, त्यसमा स्प्ष्ट लेखेका छन्, ‘महात्मा गान्धीको सत्याग्रहले भारतलाई स्वतन्त्रता प्राप्त गर्न र जनताका असन्तोषका शान्तिपूर्ण प्रदर्शनका कारण अंग्रेजलाई देश छाड्न बाध्य बनाएको थियो।’

चेको यो दृष्टिकोणको संकेत उनको कलकत्ताको बसाइँमा पनि देखिएको थियो। उनी त्यहाँ भेटेका कुनै ‘कृष्ण’ नामको व्यक्ति, जसले महाविनासको शास्त्रबारे उनलाई बुझाएका थिए, उनलाई सम्बोधन गर्दै आफ्नो रिपोर्टमा भनेका छन्, ‘त्यहाँ (कलकत्तामा) कृष्ण नामका एक विद्वानसँग भेट हुने मौका पाएको थिएँ। उनको अनुहार यस्तो थियो, जुन आजको हाम्रो दुनियाँभन्दा टाढाको देखिन्थ्यो। त्यो निष्कपटता र विनयशीलताका साथ उनले हामीसँग लामो कुराकानी गरेका थिए, ती कुराहरूमा जसको निम्ति भारत परिचित थियो। उनले दुनियाँमा भएका प्राविधिक शक्ति र सामथ्र्यलाई आणविक उर्जाको शान्तिप्रिय उपयोगमा लगाउन आवश्यक भएको कुरामा जोड दिदैं अन्तराष्ट्रिय राजनीतिक बहसमा आणविक हतियारको भण्डारणको विषयमा उठिरहेको कुराको निन्दा गरेका थिए।’

यो संवादको प्रभावलाई प्रस्तुत गर्दै चेले अगाडि लेखेका छन्, ‘भारतमा युद्ध नामक शब्द त्यहाँका जनमानिसको आत्माबाट यति टाढा छ कि त्यहाँ स्वतन्त्रताको आन्दोलनको तनावपूर्ण अवस्थामा पनि उनीहरूको मनमा युद्धको सोच आएको थिएन।’ कलकत्तामा भेटिएका ती मानिसबारे चे ग्वेभाराले दुई महिनापछि फेरि हवानामा कुरा गरेका थिए। ८ सेप्टेम्बरमा आफ्नो यात्राबाट फर्किएको एक घण्टापछि पत्रकारसँग कुरा गर्दै उनले ती मानिसबारे कुरा गरेका थिए। 

अमेरिकाको एउटा राम्रो चलन ३० वर्षपछि गोपनीय भनिएका दस्तावेजहरू सार्वजनिक गरिनु पनि हो। नाम र स्रोतलाई कालो मसीले छोपेर यी दस्तावे सार्वजनकि गरिन्छन्। पुरानो हवानाको एक कवाड बजारमा मलाई यस्तै एउटा पुस्तकको प्रति मिलेको थियो, जसमा चे ग्वेभारासँग जोडिएर अमेरिकी खुफिया एजेन्सीले क्युबाबाट पठाएका सूचनाहरू (अमेरिकी फाइलको फोटोकपी) संकलित थिए। पुस्तक १० वर्षअघि अष्ट्रेलियामा छापिएको थियो। त्यसमा पहिलो दस्तावेज सन् १९५२ को छ। त्यतिबेला चेको भेट फिडेल क्यास्ट्रोसँग भएको थिएन। त्यसपछि चेमाथि लगातार नजर राखिएको थियो। त्यो अमेरिकी खुफिया रिपोर्टबाट थाहा हुन्छ, भारतपछि चे पूर्वी पाकिस्तान (अहिलेको बंगलादेश) पनि गएका थिए। 

पुस्तकमा चेले हवानामा ८ सेप्टेम्बरमा गरेको पत्रकार वार्ताको विवरण पनि समेटिएको छ। मोर्स पद्धतिबाट भोलिपल्ट बिहान अमेरिका पठाइएको दुई पेजको रिपोर्ट, जुन भाषा र शैलीमा कुनै पत्रकारले लेखेको समाचार जस्तो लाग्छ, त्यमसा कसरी चेले युरोप, मध्यपूर्व, एसिया र अफ्रिमा आफ्नो तीन महिनाको यात्राको अनुभवको खुलासा गरेका थिए भन्ने बताइएको छ। भारत यात्रामाथि उनको कुरा पनि यसरी उल्लेख गरिएको छः 

‘क्युबामा मानिसप्रति भारतका मानिसहरू सहृदयका थिए। मैले पाएअनुसार उनीहरू खेती गर्न लायक साना साना जमिन र जमिन्दारीमार्फत पैदा भएका समस्याहरूको समाधान गर्ने प्रयास गरिरहेका छन्। एक भारतीय विद्वान कृष्णसँगको कुराकानीमा मैले महाविनाशका साधनको खराबीबारे जानेको थिएँ। हिरोसिमा पुग्दा त्यहाँको भयानक सत्य आफ्नै आँखाले देख्या मलाई निकै ठूलो पश्चातापको महसुस भयो। हामीले त्यो बेला कसरी खुसी बनाएका थियौं भन्नेमा ग्लानी भयो, जब तोकतान्त्रिक शक्ति भएका देशहरूले दोस्रो विश्वयुद्धको क्रममा त्यहाँ अणु बम खसाएका थिए।’

कसैले भन्न सक्छ त्यो कृष्ण नामक व्यक्ति को थियो, जसले कलकत्तामा चे ग्वेभारालाई ज्ञान दिएका थिए? मलाई यो विषयमा कतै पनि कुनै यकिन प्रमाण मिलेको छैन। धेरै मान्छेको अनुमानअनुसार ‘आजको दुनियाँमा भएका भन्दा भिन्न अनुहार’का विद्वान सायद जिद्दु कृष्णमूर्ति थिए। तर, यसको सम्भावना छैन। मैले बेङ्लोरमा कृष्णमूर्ति न्याससँग कुरा गरेको थिएँ, वरिष्ठ लेखक तथा यायावर कृष्णनाथ त्यति बेला त्यहीँ थिए। तर, त्यहाँ यसको पुष्टि भएन। पुपुल जयकरले लेखेको जीवनीअनुसार सन् १९५९ मा कृष्णमूर्ति दिल्लीमा थिए र गर्मीबाट उदास भएर तीन महिनाका लागि कश्मीर गएका थिए।

हवानामा जब चेले भारत यात्राबारे दिएको रिपोर्ट पाएको थिएँ, त्यो स्पेनी भाषामा थियो। थोरै भाव बुझेको भए त्यहाँ अरु केही दस्तावेजहरू जम्मा गर्ने कोसिस गर्थें।

जे सुकै होस्, टाढा टाढा देशबाट आउने संसारका ठूला मानिसहरू भारतबाट केही न केही सिकेरै जान्छन्। चेको सिकाइ पनि सायद त्यही सिलसिलाको निरन्तरता थियो। तर, यो विषयमा हामीलाई नै धेरै थाहा छैन, जसबारे चेले लेखेका छन्। दुर्भाग्य कुरा देशका माक्र्सवादी समुदायसँग चेको भारत यात्राबारे कुनै पनि स्मृति छैन। 

कलकत्ताका पत्रपत्रिकाहरूमध्ये केबल ‘हिन्दुस्तान स्टेन्डर्ड’मा एक बिहान (१२ जुलाईमा) चेको यात्राबारे समाचार नभएर तस्बिर छापिएको थियो। जसमा‘कलकत्ताको अपरपाडाको पटसन कारखानामा गुडविल मिशनको क्रममा क्युबाबाट आएका अर्नेस्तो गेवाने’ (पत्रिकामा प्रुफ पनि गल्ती छ) लेखेर फोटो छापिएको थियो। पाँचौं पृष्ठमा कारखानामा भ्रमण गरेको दुई दिनपछि तस्बिर छापिएको थियो।

चे कहिल्यै पनि कम्युनिष्ट पार्टीसँग प्रत्यक्ष रुपमा नजोडिएको सत्य हो। उनी रुसी साम्यवादको आलोचक थिए। उनले त्यसलाई ‘रुसी उपनिवेशवाद’को संज्ञा दिएका थिए। कुनै साम्यवादी देश तेस्रो दुनियाँका अविकसित देशसँग हतियार र बाँकी सहयोगको नाममा ‘नाफा’ कसरी कमाउन सक्छ भन्ने कुरामा उनको आपत्ती थियो। पछि चेले माओका नितिहरूको निकै तारिफ गरेका थिए। उनले क्युबाले आफ्नो साम्यवाद आफैं खोज्नु पर्ने बताएका थिए। सन् १९६५ मा अल्जेरियामा एउटा खुला सभामा चेले रुसी साम्यवादको आलोचना गरेका थिए। क्युबा फर्किएपछि उनले यसको ठूलो मूल्य तिर्नु परेको थियो। 

पार्टीका पत्रिकामा मात्रै नभएर चेको आफ्नै रिपोर्टमा पनि भारतमा १० दिन बस्दा कुनै पनि साम्यवादी नेतासँग भेट भएको कुरा उल्लेख छैन। के उनलाई यहाँका पार्टीबाट टाढा रहने इशारा गरिएको थियो? 

चे ग्वेभाराबारे त्यतिबेला विश्वभरबाट हरेक दिन फरक फरक खबर आउँथे। क्युबाको क्रान्तिपछि चेको जिम्मेवारीमा ती बन्दी सैनिकहरूसँग अन्याय भएको थियो। ती विद्रोही सैनिकमाथि अन्याय गरेको आरोप चेमाथि लागेको थियो। निष्पक्ष सुनुवाइबिनानै चेले ती विद्रोहीलाई मृत्युदण्डको सजाय दिएका थिए। कतिपयलाई ‘कथित देशद्रोही’ भन्दै चे स्वयंले गोली हानेर मारेका थिए। यो उनको जीवनकै अँध्यारो पाटो थियो। 

सत्ता धारण गरेपछि केही परिवर्तन भए पनि चेको नायकत्वमा मानवीय पक्षसहित भएको संघर्षको कथा निकै लामो छ। सियरा–माएस्त्राको पहाडमा फिडेल क्यास्ट्रोको विमती हुँदाहुँदै पनि उनी घायल दुस्मनलाई उठाएर उपचारको लागि लैजान्थे। एकपटक फिडेलले भनेका थिए, ‘यसलाई हामप्ले घाइते बनाएको हो। ठीक भएपछि हामीमाथि नै बन्दुक ताक्नेछ।’

चेको जवाफ हुन्थ्यो– ‘त्यति बेला नै हेरौंला। लडाइँमा जो कमजोर छ, मारिन्छ।’

सबैलाई थाहा छ, चेले एउटा लक्ष्य लिएर घर छाडेका थिए, डाक्टरको पेशा छाडेका थिए, देश छाडेका थिए, सत्ता छाडेका थिए। अरुकै लागि

लड्दा लड्दै अन्ततः दुनियाँ पनि छाडेका थिए। दार्शनिक जाँ पाल सात्रले चेसँग भेटेपछि उनको बारेमा भनेका थिए– ‘हाम्रो समयको एक पूर्ण मान्छे।’

सत्याग्रहबाट भावानुवाद

प्रकाशित मिति: शुक्रबार, चैत ४, २०७८  ०७:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
डा. मिनेन्द्र रिजालले दिए उपसभापतिमा उम्मेदवारी
खुल्ला सह महामन्त्रीमा अजयबाबु शिवाकोटीद्वारा उम्मेदवारी दर्ता
कांग्रेस प्रवक्ता देवराज चालिसेले दिए उपसभापतिमा उम्मेदवारी
सम्बन्धित सामग्री
नाइजेरियामा सैन्य विमान दुर्घटना, ३२ जनाको मृत्यु दक्षिणी नाइजेरियाको बेनिन सहरबाट लागोसतर्फ गइरहेको दुई इन्जिनयुक्त टर्बोप्रप विमान सोमबार ओन्डो राज्यको इग्बोकाडा क्षेत्रमा दुर्घटना... मंगलबार, असोज २०, २०८३
खार्किभमा रुसी आक्रमण, कम्तीमा चार जनाको मृत्यु खार्किभका मेयर इहोर तेरेखोभका अनुसार निर्देशित हवाई बमबाट भएको आक्रमणमा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने तीन बालबालिकासहित ३९ जना... मंगलबार, असोज २०, २०८३
रुसी तेल प्रशोधन केन्द्रमा युक्रेनी आक्रमण, ५१ प्रतिशत क्षमता प्रभावित भएको दाबी युक्रेनले गरेको लामो दूरीको आक्रमणबाट रुसको कुल तेल प्रशोधन क्षमताको ५१ प्रतिशत प्रभावित भएको दाबी गरेको छ। मंगलबार, असोज २०, २०८३
ताजा समाचारसबै
डा. मिनेन्द्र रिजालले दिए उपसभापतिमा उम्मेदवारी मंगलबार, असोज २०, २०८३
खुल्ला सह महामन्त्रीमा अजयबाबु शिवाकोटीद्वारा उम्मेदवारी दर्ता मंगलबार, असोज २०, २०८३
कांग्रेस प्रवक्ता देवराज चालिसेले दिए उपसभापतिमा उम्मेदवारी मंगलबार, असोज २०, २०८३
गण्डकीका मुख्यमन्त्रीले दिए कांग्रेस उपसभापतिमा उम्मेदवारी मंगलबार, असोज २०, २०८३
तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छ : मन्त्री लम्साल मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
गगनलाई अमरेशको जवाफ– पार्टी ठग, भ्रष्टाचारी र ठेकेदारको हातमा सुम्पिएपछि कांग्रेस छाडेका हौं सोमबार, असोज १९, २०८३
प्रधानमन्त्री बालेन शाहको दावी ‘ कांग्रेसले २०१५ सालदेखि घोषणा पत्रमा लेख्यो, हामीले लालपुर्जा वितरण सुरु गर्‍यौं ’ सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्