• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, भदौ १४, २०८३ Sun, Aug 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

महाभियोग लागेका प्रधानन्यायाधीश राणाले टुंग्याउन चाहेको एउटा मुद्दा

64x64
दुर्गा दुलाल आइतबार, फागुन २२, २०७८  १७:१३
1140x725

काठमाडौं– कात्तिक ७ गते प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणविरुद्ध सर्वोच्च अदालतका सवै न्यायाधीशहरुले विद्रोह सुरु नगरेको भए एउटा मुद्दा फैसला हुने निश्चित थियो। नेपालको पहिलो गार्मेन्ट कम्पनी, महालक्ष्मी गार्मेन्ट उद्योगसँग जोडिएको ९२ करोड ५१ लाखको विवादको मुद्दा थियो त्यो। यो विवाद २०७१ सालदेखि सर्वोच्च अदालतमा विचाराधीन छ। तर, पछिल्लो पटक राणा प्रधानन्यायाधीश भएपछि यो मुद्दालाई चासोका साथ पेसीमा राखेर सुनुवाइ थालेका थिए। 

२०७१ चैत १९ गते पहिलो सुनुवाइ आफ्नै इजलासले गरेको उक्त मुद्दाको बारेमा भलिभाँती जानकार राणाले प्रधानन्यायाधीश भएकै समयमा आफू संलग्न इजलासबाटै यसलाई किनारा लगाउन चाहेका थिए।

२०७६ मंसिर ३ गतेबाट यसको अन्तिम सुनुवाइ गरेका राणाले यो विवादमा २०७८ साउन २६ गते अन्तिम पटक आफ्नो इजलासमा निसु राखेका थिए। यो तेस्रो पटक सरेर निसुमा रहेको थियो। तर, सर्वोच्च अदालतका न्यायाधीश र कानुन व्यवसायीहरुले आचरणदेखि न्यायालय सुधारमा वाधक भएको आरोप लगाएर उनीविरुद्ध विद्रोह गरेपछि उक्त मुद्दाको फैसला हुन पाएन। 

अदालतका सहकर्मीको विद्रोह अनि बारले सर्वोच्च गेटमै धर्ना दिएपछि उनी इजलासमा बस्नै सकेनन्। मंसिर १५ गतेदेखि फुलकोर्टले गोलाप्रथामा पेसी तोक्ने र राणासँग इजलास सेयर नगर्ने शर्त न्यायाधीशहरुले राखेपछि उनले उक्त मुद्दामा पटक-पटक निसुु राखेपनि फैसला गर्न सकेनन्। उक्त मुद्दा राणा र न्यायाधीश तेजबहादुर केसीको इजलासले अन्तिम किनारा गर्ने तयारी थियो। 

पटक–पटक फैसलाको तयारी, तर असफल 

२०७१ सालमा सर्वोच्च प्रवेश गरेको उक्त विवाद तीन पटकसम्म राणासहितको इजलासले निसु राख्ने तर फैसला नहुने हुँदै आएको थियो। दर्ता भएको समयमा सुनुवाई गरेका राणाले आफू प्रधानन्यायाधीश भएपछि २०७६ मंसिर ३ गतेवाट अन्तिम सुनुवाइ थालेका थिए। राणा र केसीको इजलासले सुनुवाइ सक्दै २०७६ माघ १२ गते निसुमा राख्यो। राणा र केसीको इजलासले पहिलो निसु २०७६ फागुन ११ गते राखेको थियो। तर, उक्त दिन इजलास नै बस्न सकेन। लगत्तै अर्को निसु २०७७ माघ १८ गतेलाई तोकिएको थियो। मुद्दाको सवै बहस समाप्त भएर सोही दिन फैसला सुनाउन सकिने उक्त मुद्दामा करिब एक वर्षपछिको निसु राखियो।

यो पनि पढ्नुहोस्

 

महालक्ष्मी गार्मेन्टको नालीबेली : पहिलो नम्बरको निर्यात कम्पनीदेखि ऋण नतिरी फरारसम्म

तत्कालीन समयमा यसो गरिनुमा चलखेलको आशंका गरिएको थियो। दुवै पक्षको बहस समाप्त भएको मुद्दा जतिसक्दो छिटो फैसला सुनाउनुपर्नेमा राणाकै 'चाहना' अनुसार उक्त मुद्दा एक वर्षपछि पेसीमा राखिएको बहस गरेका एक अधिवक्ताले बताएका थिए। लामो पेसी अवधि राखेर मुद्दामा आर्थिक चलखेल गर्ने वातावरण बनाइएको आरोप राणमाथि लागेको थियो। तर, उक्त दिन फैसला आएन। पक्ष र विपक्षका कानुन व्यवसायी र पक्षहरु प्रधानन्यायाधीशको इजलासमा फैसला सुन्न पुगे तर, निसु सरेको जानकारी प्राप्त भयो। 

nimb
nimb

लगत्तै अर्को पेसी २०७७ चैत २ गतेलाई तोकियो। उक्त दिन पनि निर्णय सुनाइएन, बरु अर्को पेसीका लागि सारियो। उक्त मुद्दा तेस्रो पटक २०७८ साउन २६ गतेका लागि पेसी सारियो। भदौ १० गतेका लागि सामान्य पेसीमा चढ्यो। लगत्तै दशैं, तिहार बिदा भएपछि एकै पटक उक्त निसुको फैसला मिति २०७८ माघ १७ गतेका लागि राखिएको थियो।

तर, उक्त मितिसम्म राणा  सर्वोच्च अदालत र मुद्दा सुनुवाई गर्ने प्रक्रियाबाट नै बाहिर भए। २०७८ फागुन १ गते नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका ९८ जना सांसदले हस्ताक्षर गरेर राणाविरुद्ध महाभियोग प्रस्ताव संसद सचिवालयमा दर्ता गरे। 

यससँगै राणा निलम्वित हुँदै महाभियोगमा टुङ्गो नलागेसम्म सर्वोच्च र मुद्दा सुनुवाइको प्रक्रियाबाट बाहिरिए। यससँगै सोमबार उक्त मुद्दा गोलाप्रथाद्वारा पेसी तोकियो। न्यायाधीशद्वय प्रकाशमानसिंह राउत र नहकुल सुवेदीको इजलासमा उक्त मुद्दाको पेसी परेको थियो। तर, पक्षका कानुन व्यवसायीले निवेदन दिँदै उक्त मुद्दा स्थगित गराए। 

२०७१ सालदेखि सर्वोच्चमा विचाराधीन उक्त मुद्दा १२ माघ २०७६ देखि निसुमा चढ्ने, तर फैसला नहुने हुँदै आएको थियो। निसु तोकिएको मुद्दा हेर्न नभ्याउनेमा परे अर्को पटक पनि त्यही इजलासमा पर्ने भएकाले यसरी मुद्दा सारिदै आएको थियो। तर, मंसिर १५ गते फुलकोर्ट बसेर सर्वोच्च अदालत नियमावली संशोधन गरेपछि उक्त मुद्दा गोलाबाट अब नयाँ नयाँ इजलासमा पर्ने भएको छ। 

के थियो विवाद?

अमेरिकामा बजार रहेको गार्मेन्ट उद्योगको कोटा अमरिकाले घटाउँदै लगेपछि नेपाली उद्योगहरु संकटमा परे। माग भइसकेको गार्मेन्ट पनि रद्द हुन थाल्यो। अनि, गार्मेन्ट उद्योगहरुले बैँक ऋणको ब्याजसमेत तिर्न छाडे।

महालक्ष्मी गार्मेन्टले राष्ट्रिय बाणिज्य बैंकबाट सबैभन्दा बढी ९२ करोड ५१ लाख रुपैयाँ ऋण लिएको थियो। गार्मेन्टले आर्थिक वर्ष २०५६/५७ सम्म नियमित ब्याज बुझाएको थियो। यस क्रममा तीन करोड ९६ लाख ११ हजार ६ सय १ रुपैयाँ ५६ पैसा ब्याजका लागि मात्र तिरेको थियो। तर, प्रमुख गन्तव्य अमेरिकामा निर्यात बन्द भएपछि इणानी ग्रुप ऋणको बोझले थला पर्न थाल्यो। 

ब्याज बुझाउन ढिला भएपछि बैंकले ऋण तिर्न ताकेता सुरु गर्‍यो। बैंकहरुले २०५७/५८ मा सबै ऋण चुक्ता गर्न दबाब दिए। तर, इणानी ग्रुपले चुक्ता गर्न सकेन। लगानी डुब्ने अवस्था देखेपछि बैंकले कानुनी बाटो खोज्यो। राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक लगायतले महालक्ष्मी गार्मेन्टविरुद्ध २०५८ सालमा ऋण असुली न्यायाधिकरणमा निवेदन दिए।

न्यायाधिकरणले बैंकको पक्षमा फैसला सुनायो। न्यायाधिकरण र बैंकले ऋण असुलीका लागि धेरै पटक प्रयास गरे पनि अध्यक्ष बुजगोपाल इणानी सम्पर्कमा आएनन्। उनले आफूले ब्याज तिरिरहेको समयमा बैंकले थप कृत्रिम ऋण खडा गरेर सम्पत्ति कब्जा गर्ने प्रयास गरेको आरोप लगाए। त्यति बेला भारत, श्रीलंका, फिलिपिन्स, मरिसस र अफ्रिकी मुलुकहरू लगायतमा एकैसाथ गार्मेन्ट उद्योगहरु बन्द भइरहेका थिए।  

यो पनि पढ्नुहोस्

 

देशै छाडेर भागेका महालक्ष्मी गार्मेन्टका अध्यक्षविरुद्धको मुद्दा : प्रधानन्यायाधीशसमेतको इजलासमै रोकियो

ऋण असुली न्यायाधिकरणबाट भएको फैसलासमेत कार्यान्वयन नभएपछि बैंकहरुले नियामक निकाय, नेपाल राष्ट्र बैंकमा कर्जा असुलीका लागि पहल गरिदिन निवेदन दिए। नेपाल राष्ट्र बैंकले २०६२ साउनमा आपसी छलफलबाट विवाद समाधान गर्न भनेको थियो। राष्ट्र बैंक अन्तर्गतको गुनासो सुनुवाइ इकाईले कर्जा प्रवाह गर्ने वित्तीय संस्था र ऋणीबीच सहमतिको विन्दु खोज्न निर्देशन दिएको थियो।  

इणानीलगायत केहीको ऋण सहमतिमा मिलाउन तत्कालीन डेपुटी गभर्नर लेखनाथ भुसालको संयोजकत्वमा गुनासो सुनुवाइ इकाइ गठन गरिएको थियो। इकाईले त्यस बेला राष्ट्रिय वाणिज्य बैंकसँग सम्बन्धित चार र नेपाल बैंकसँग सम्बन्धित १२ वटा मुद्दाको सुनुवाइ गरेको थियो। त्यसका लागि केन्द्रीय बैंकले इणानीसँग सम्पर्क स्थापित गर्दै दुई पक्षीय छलफल चलाएको थियो।

ऋण असुलीमा कडाइ गरेको र आफूलाई बैंकले अन्याय गरेको भन्दै इणानीले राष्ट्र बैंकमा उजुरीसमेत गरे। इणानी र बैंकको उजुरीलाई साथै राखेर राष्ट्र बैंकले दुवै पक्षलाई आपसमा समस्या समाधान गर्न समय दिएको थियो । 

राष्ट्र बैंकको निर्देशनअनुसार छलफल र सहमतिबाट ऋण मिलान गर्न इणानी सहमत हुँदै सम्पर्कमा आए। एक दुई पटक बैंकसँग छलफल पनि भयो। उनले बैंकसँग दुई सर्त राखे। पहिलो किस्ताका रुपमा रकम बुझाउने, दोस्रो नेपालमै नयाँ उद्योग चलाएर चुक्ता गर्ने। उनले तत्कालै सबै ऋण एकमुष्ट चुक्ता गर्न भने नसक्ने जनाए। त्यसपछि सहमति भएन। इणानीले रकम भुक्तानी गर्ने प्रतिबद्धता नदेखाएपछि बैंकहरुले फेरि राष्ट्र बैंक गुहारे।  

ऋण भुक्तानी गर्न तथा छलफलमा आउन इणानी तयार नदेखिएपछि ऋण असुली पुनरावेदन न्यायाधिकरणले ६ जेठ २०७१ मा फैसला सुनायो। पुनरावेदन न्यायाधीकरणले सात दिनभित्र ऋण तिर्न अन्तिम निर्देशन जारी गर्‍यो। उक्त अवधिमा बैंकको ऋण नतिरे पक्राउ गर्ने र धितोस्वरुप रहेको जग्गा लिलामीमार्फत उठाउने चेतावनी न्यायाधिकरणले दियो। तर,  समूहका अध्यक्ष बुजगोपाल इणानी फेरि पनि सम्पर्कमा गएनन्। न्यायाधिकरणले जग्गा लिलामीको प्रक्रिया थाल्यो।

जग्गा लिलामी प्रक्रियाविरुद्ध इणानी १८ चैत २०७१ मा सर्वोच्च अदालत पुगे। न्यायाधिकरणले १३ करोड ४५ लाख रुपैयाँ बराबरको घरजग्गा एकमुष्ट लिलाम गर्न पुस २०७१ मा दिएको आदेश निर्णय रोक्न माग गर्दै उनले रिट दायर गरेका थिए। उनले ऋण असुली न्यायाधिकरणसहित नेपाल राष्ट्र बैंक, वाणिज्य बैंक, प्रभा गोयन्का, नेपाल स्वास्थ्य सेवा सहकारीलगायत १० जनालाई विपक्षी बनाएका थिए। रिटका कारण लिलामी प्रक्रिया रोकियो। उक्त मुद्दा अहिले पनि विचाराधीन छ।

तर, यता बैंकहरुले भने इणानीविरुद्धको कारबाही जारी राखे। उनलाई बैंकहरुको सिफारिसमा कर्जा सूचना केन्द्रको कालोसूचीमा राखियो। सरकारले उनको राहदानीसमेत रोक्का गर्‍यो। उनी स्थलमार्ग हुँदै भारत पलायन भए। त्यसपछि २०७६ सालमा उनी फेरि नेपालमा सम्पर्कमा आए। उनले १० साउन २०७६ मा आफ्नो सम्पत्ति बैंकले कब्जा गरेको दाबी गर्दै आफ्नो कम्पनीलाई कालोसूचीबाट हटाइदिन माग गरे।

यो विवाद संसदको सार्वजनिक लेखा समितिसम्म पुगेको थियो। ऋण असुली न्यायाधीकरणको आदेशमा आफ्नो साढे ४३ करोडको सम्पत्ति १३ करोड ४५ लाख रुपैयाँमा लिलामी हुन लागेको भन्दै इणानीले लेखा समितिमा निवेदन दिएका थिए। समितिले २०७१ सालमा लिलामी प्रक्रिया रोक्न निर्देशनसमेत दिएको थियो। 

अमेरिकामा सम्पर्क कार्यालय खोल्ने पहिलो गार्मेन्ट

२०५० सालताका नेपालमा गार्मेन्ट उद्योग निकै फस्टाएको थियो। बैंक, व्यापारी र मजदुर सबै यो क्षेत्रमा केन्द्रित थिए। नेपालको तयारी कपडा अमेरिकासम्म निर्यात हुन्थ्यो। तयारी पोसाक विदेश निर्यात गर्ने कम्पनीमध्ये अग्रणी थियो, इणानी ग्रुपले सञ्चालन गरेको महालक्ष्मी गार्मेन्ट।

यो समूहका अध्यक्ष बुजगोपाल इणानी नेपाल गार्मेन्ट एसोसिएनका अध्यक्ष पनि भएका थिए। २०५८ सालअघि उनको गार्मेन्ट उद्योग नमूना थियो। अन्य नेपाली व्यापारी मात्र नभइ भारतीयले समेत नेपालको गार्मेन्टमा लगानी गरेका थिए। जर्मन र स्विसहरु पनि लगानी गर्न नेपाल आए।

आर्थिक वर्ष २०५६/५७ मा महालक्ष्मी गार्मेन्टले ५१ लाख ९७ हजार ४६ अमेरिकी डलर बराबरको गार्मेन्ट निर्यात गरेको थियो। उक्त उद्योगले नेपालका चार वटा बैंकबाट ऋण लिएर ब्याज बुझाउँदै आएको थियो। 

तयारी पोसाक निकासी व्यापारमा अग्रणी स्थानमा रहँदै कारोबार गरेको आधारमा यस उद्योगलाई अन्तरराष्ट्रिय अवार्डसमेत हात परेको थियो। व्यापार तथा निर्यात बढाउन अमेरिकामा सम्पर्क कार्यालय खोल्ने यो नै पहिलो कम्पनी थियो। महालक्ष्मीलाई अमेरिकामा सम्पर्क कार्यालय खोल्न नेपाल राष्ट्र बैंकले १२ असार २०५७ (२६ जुन २०००) मा अनुमति दिएको थियो।

नेपाल राष्ट्र बैंकले यो उद्योगलाई सबै गुण प्राप्त भएको आधारमा यस्तो अनुमति दिएको जनाएको थियो। कम्पनीले २४ जुलाई २००० मा अमेरिकामा एमजीआई युएसए रजिष्ट्रेसनको लागि आवेदनसमेत दिएको थियो। उक्त समयमा यो कम्पनीले अमेरिकाबाट २५ मिलियन डलरको ‘अर्डर’ र ‘बुकिङ’ पाएको थियो। 

७ वर्षदेखि सर्वाेच्चमा मुद्दा

अध्यक्ष इणानीले सर्वोच्च अदालतमा चार थान मुद्दा दायर गरेका छन्। तीन थान महालक्ष्मी गार्मेन्टको नाममा दायर गरिएको छ। अदालतको अवहेलना मुद्दा भने आफ्नै नामबाट दर्ता गरेका छन्। उनले अन्तिम मुद्दा २३ चैत २०७२ मा दायर गरेका थिए। ती मुद्दाको पेसी ६ वर्षमा ७४ जना न्यायाधीशको इजलासमा तोकिएको छ। तर, जम्मा चार पटक मात्र सुनुवाइ भएको छ। 

पहिलो पटक १९ चैत २०७१ मा सुनुवाइ हुँदा न्यायाधीश चोलेन्द्रशमशेर राणाको इजलासले अन्तरिम आदेशका लागि छलफलमा बोलाउने आदेश दिएको थियो। सुशीला कार्की र ओमप्रकाश मिश्रको इजलासले १० जेठ २०७२ मा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको थियो। ऋण असुलीको विषयमा मुद्दाको किनारा हुँदा विस्तृत व्याख्या गरिनुपर्ने भन्दै सर्वोच्चले अन्य प्रक्रिया रोक्न पनि अस्वीकार गरेको थियो।

अन्तिम पटक १० भदौ २०७३ मा न्यायाधीशद्वय ओमप्रकाश मिश्र र प्रकाशमान सिंह राउतको इजलासले फाइल मगाउने आदेश दिएको थियो। त्यसपछि दुई वर्षदेखि पेसी चढ्ने र ‘हेर्न नभ्याउने’ हुँदा सुनुवाइ सर्दै आयो। एकै पटक ३ मंसिर २०७६ मा अन्तिम सुनुवाइ सुरु भयो। न्यायाधीशद्धय चोलेन्द्रशमशेर राणा र तेजबहादुर केसीको इजलासले १२ माघ २०७६ मा दुवै पक्षको बहस सक्दै निसु तोक्ने आदेश गर्‍यो। यो अवधिमा ४० पटक पेसी चढ्ने र मुद्दा ‘हेर्न नभ्याउने’ भएको थियो।

प्रकाशित मिति: आइतबार, फागुन २२, २०७८  १७:१३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
भोटेकोशी बाढीबारे ओलीः एक्लै श्रेय लिन खोज्दा सरकार चुक्यो महासचिव शंकर पोखरेलसहितको टोलीले नुवाकोट, रसुवालगायतका स्थानको स्थलगत अवलोकनपछि गरेको अध्ययन प्रतिवेदन ग्रहण गर्ने कार्यक्रममा ओलीले... आइतबार, भदौ १४, २०८३
रास्वपाको केन्द्रीय समिति बैठक बस्दै सभापति रवि लामिछानेको निर्देशनमा बस्ने बैठक भर्चुअल हुनेछ। आइतबार, भदौ १४, २०८३
उद्धार र राहतमा पार्टीलाई प्रभावकारी काम गर्न रविको निर्देशन आइतबार पार्टीको तर्फबाट उद्धार तथा राहतका लागि गठन भएको संयन्त्रका नेताहरूलाई केन्द्रीय कार्यालय वनस्थलीमा बोलाएर उनले प्रभावित क्षे... आइतबार, भदौ १४, २०८३
ताजा समाचारसबै
नेपाल लाइफको ‘लिडरसीप एक्सिलेन्स अवार्ड्स २०२६’ सम्पन्न आइतबार, भदौ १४, २०८३
भोटेकोशी बाढीले ७ मिनेटमै २२ किलो दूरी पार गर्‍यो : चिनियाँ अध्ययन आइतबार, भदौ १४, २०८३
रसुवाका बाढी प्रभावित बोकेको बस दुर्घटना, ३२ जना घाइते आइतबार, भदौ १४, २०८३
ईभी माइक्रो र सुमो ठोक्किँदा ११ जना घाइते आइतबार, भदौ १४, २०८३
शव व्यवस्थापनबारे कानुनमन्त्री : ठूलो संख्याका शव चिस्यानमा राख्न सम्भव भएन आइतबार, भदौ १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
यती एअरलाइन्सको चार्टर उडानमार्फत सद्गुरु नेपाल आइपुगे शनिबार, भदौ १३, २०८३
जय नेपाल पार्टीको केन्द्रीय कार्यसमिति घोषणा  (सूचीसहित) आइतबार, भदौ १४, २०८३
कञ्चनपुर पुगेका दुई भारतीय प्रहरी नियन्त्रणमा शनिबार, भदौ १३, २०८३
तीन दिनपछि सुरुङको ‘क्राउन हेड’ भेटियो, उद्धार टोलीले बोलाउँदा आएन जवाफ आइतबार, भदौ १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
नेपालीजी अर्थात् मधेश–मिथिला ‘इन्साक्लोपिडिया’ धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्