• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान
न्यायमा विलम्ब–५

देशै छाडेर भागेका महालक्ष्मी गार्मेन्टका अध्यक्षविरुद्धको मुद्दा : प्रधानन्यायाधीशसमेतको इजलासमै रोकियो

64x64
दुर्गा दुलाल आइतबार, साउन ३१, २०७८  ०७:०७
1140x725

काठमाडौ– तयारी पोशाक निर्यात गर्ने नेपालको पहिलो कम्पनी महालक्ष्मी गार्मेन्टको मुद्दाको निसु (फैसला सुनाउने पेसी) गएको मंगलबारका लागि तोकिएको थियो। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र न्यायाधीश तेजबहादुर केसीको इजलासमा निसु थियो। तर, निसु तोकिएको चौँथो पटक पनि फैसला हुन सकेन।

२०७१ सालदेखि सर्वोच्चमा विचाराधीन उक्त मुद्दा १२ माघ २०७६ देखि निसुमा चढ्ने, तर फैसला नहुने हुँदै आएको छ। निसु तोकिएको मुद्दा हेर्न नभ्याउनेमा परे अर्को पटक पनि त्यही इजलासमा जान्छ। त्यहीकारण यो मुद्दाको फैसला प्रधानन्यायाधीश राणा र न्यायाधीश केसीको इजलासले नै सुनाउनुपर्छ।

अमेरिकामा सम्पर्क कार्यालय खोल्ने पहिलो गार्मेन्ट
२०५० सालताका नेपालमा गार्मेन्ट उद्योगको निकै चहलपहल थियो। बैंक, व्यापारी र मजदुर सबै यो क्षेत्रमा केन्द्रित थिए। नेपालको तयारी कपडा अमेरिकासम्म निर्यात हुन्थ्यो। तयारी पोसाक विदेश निर्यात गर्ने कम्पनीमध्ये अग्रणी थियो, इणानी ग्रुपले सञ्चालन गरेको महालक्ष्मी गार्मेन्ट। यो समूहका अध्यक्ष बुजगोपाल इणानी थिए।

यो पनि पढ्नुहोस्

लाउडा प्रकरण : २१ वर्षमा २०० न्यायाधीशको इजलासमा पेसी, तर भएन फैसला

इणानी नेपाल गार्मेन्ट एसोसिएनका अध्यक्ष पनि भएका थिए। २०५८ सालअघि उनको गार्मेन्ट उद्योग नमूना थियो। अन्य नेपाली व्यापारी मात्र नभइ भारतीयले समेत नेपालको गार्मेन्टमा लगानी गरेका थिए। जर्मन र स्विसहरु पनि लगानी गर्न नेपाल आए।

आर्थिक वर्ष २०५६/५७ मा महालक्ष्मी गार्मेन्ट उद्योगले ५१ लाख ९७ हजार ४६ अमेरिकी डलर बराबरको गार्मेन्ट निर्यात गरेको थियो। उक्त उद्योगले नेपालका चार वटा बैंकबाट ऋण लिएर ब्याज बुझाउँदै आएको थियो। 

तयारी पोसाक निकासी व्यापारमा अग्रणी स्थानमा रहँदै कारोबार गरेको आधारमा यस उद्योगलाई अन्तरराष्ट्रिय अवार्डसमेत हात परेको थियो। व्यापार तथा निर्यात बढाउन अमेरिकामा सम्पर्क कार्यालय खोल्ने यो नै पहिलो कम्पनी थियो। महालक्ष्मीलाई अमेरिकामा सम्पर्क कार्यालय खोल्न नेपाल राष्ट्र बैंकले १२ असार २०५७ (२६ जुन २०००) मा अनुमति दिएको थियो।

नेपाल राष्ट्र बैंकले यो उद्योगलाई सबै गुण प्राप्त भएको आधारमा यस्तो अनुमति दिएको जनाएको थियो। कम्पनीले २४ जुलाई २००० मा अमेरिकामा एमजीआई युएसए रजिस्ट्रसनको लागि आवेदनसमेत दिएको थियो। उक्त समयमा यो कम्पनीले अमेरिकाबाट २५ मिलियन डलरको ‘अर्डर’ र ‘बुकिङ’ पाएको थियो। 

के हो विवाद?
अमेरिकाले बिस्तारै आफ्नो देशमा हुने गार्मेन्ट आयातको कोटा घटाउँदै लग्यो। जसले गर्दा नेपाललगायत देशका गार्मेन्ट उद्योग प्रभावित भए। माग भइसकेको गार्मेन्ट पनि रद्द हुन थाल्यो। अनि, गार्मेन्ट उद्योगहरुले बैँक ऋणको ब्याजसमेत तिर्न सक्न छाडे।

Ncell 2
Ncell 2
nimb
nimb

महालक्ष्मी गार्मेन्टले राष्ट्रिय बाणिज्य बैंकबाट सबैभन्दा बढी ९२ करोड ५१ लाख रुपैयाँ ऋण लिएको थियो। गार्मेन्टले आर्थिक वर्ष २०५६/५७ सम्म नियमित ब्याज बुझाएको थियो। यस क्रममा तीन करोड ९६ लाख ११ हजार ६ सय १ रुपैयाँ ५६ पैसा ब्याजका लागि मात्र तिरेको थियो। तर, प्रमुख गन्तव्य अमेरिकामा निर्यात बन्द भएपछि इणानी ग्रुप ऋणको बोझले थला पर्न थाल्यो। 

यो पनि पढ्नुहोस्

६ वर्षदेखि नटुङ्गिएको एउटा मुद्दा, जसले रोक्यो ‘भीआईपी’हरुका भ्रष्टाचार सम्बन्धी ४०० मुद्दाको फैसला

ब्याज बुझाउन ढिला भएपछि बैंकले ऋण तिर्न ताकेता सुरु गर्‍यो। बैंकहरुले २०५७/५८ मा सबै ऋण चुक्ता गर्न दबाब दिए। तर, इणानी ग्रुपले चुक्ता गर्न सकेन। लगानी डुब्ने अवस्था देखेपछि बैंकले कानुनी बाटो खोजे। राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक लगायतले महालक्ष्मी गार्मेन्टविरुद्ध २०५८ सालमा ऋण असुली न्यायाधिकरणमा निवेदन दिए।

न्यायाधिकरणले बैंकको पक्षमा फैसला सुनायो। न्यायाधिकरण र बैंकले ऋण असुलीका लागि धेरै पटक प्रयास गरे पनि अध्यक्ष बुजगोपाल इणानी सम्पर्कमा आएनन्। उनले आफूले ब्याज तिरिरहेको समयमा बैंकले थप कृत्रिम ऋण खडा गरेर सम्पत्ति कब्जा गर्ने प्रयास गरेको आरोप लगाए। त्यति बेला भारत, श्रीलंका, फिलिपिन्स, मोरीसस र अफ्रिकी मुलुकहरू लगायतमा एकैसाथ गार्मेन्ट उद्योगहरु बन्द भइरहेका थिए।  

ऋण असुली न्यायाधिकरणबाट भएको फैसला समेत कार्यान्वयन नभएपछि बैंकहरुले नियामक निकाय नेपाल राष्ट्र बैंकमा कर्जा असुलीका लागि पहल गरिदिन निवेदन दिए। नेपाल राष्ट्र बैंकले २०६२ साउनमा आपसी छलफलबाट विवाद समाधान गर्न भनेको थियो। राष्ट्र बैंक अन्तर्गतको गुनासो सुनुवाइ इकाईले कर्जा प्रवाह गर्ने वित्तीय संस्था र ऋणीबीच सहमतिको विन्दु खोज्न निर्देशन दिएको थियो।  

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

इणानीलगायत केहीको ऋण सहमतिमा मिलाउन तत्कालीन डेपुटी गभर्नर लेखनाथ भुसालको संयोजकत्वमा गुनासो सुनुवाइ इकाइ गठन गरिएको थियो। इकाईले त्यस बेला राष्ट्रिय वाणिज्य बैंकसँग सम्बन्धित चार र नेपाल बैंकसँग सम्बन्धित १२ वटा मुद्दाको सुनुवाइ गरेको थियो। त्यसका लागि केन्द्रीय बैंकले इणानीसँग सम्पर्क स्थापित गर्दै दुई पक्षीय छलफल चलाएको थियो।

ऋण असुलीमा कडाइ गरेको र आफूलाई बैंकले अन्याय गरेको भन्दै इणानीले राष्ट्र बैंकमा उजुरीसमेत गरे। इणानी र बैंकको उजुरीलाई साथै राखेर राष्ट्र बैंकले दुवै पक्षलाई आपसमा समस्या समाधान गर्न समय दिएको थियो । 

यो पनि पढ्नुहोस्

सभामुख सापकोटाका तीन मुद्दा सर्वोच्चमा : हत्या अभियोगको मुद्दा १० वर्षदेखि विचाराधीन

राष्ट्र बैंकको निर्देशनअनुसार छलफल र सहमतिबाट ऋण मिलान गर्न इणानी सहमत हुँदै सम्पर्कमा आए। एक दुई पटक बैंकसँग छलफल पनि भयो। उनले बैंकसँग दुई सर्त राखे। पहिलो किस्ताका रुपमा रकम बुझाउने, दोस्रो नेपालमै नयाँ उद्योग चलाएर चुक्ता गर्ने। उनले तत्कालै सबै ऋण एकमुष्ट चुक्ता गर्न भने नसक्ने जनाए। त्यसपछि सहमति भएन। इणानीले रकम भुक्तानी गर्ने प्रतिबद्धता नदेखाएपछि बैंकहरुले फेरि राष्ट्र बैंक गुहारे।  

ऋण भुक्तानी गर्न तथा छलफलमा आउन इणानी तयार नदेखिएपछि ऋण असुली पुनरावेदन न्यायाधिकरणले ६ जेठ २०७१ फैसला सुनायो। पुनरावेदन न्यायाधीकरणले सात दिनभित्र ऋण तिर्न अन्तिम निर्देशन जारी गर्‍यो। उक्त अवधिमा बैंकको ऋण नतिरे पक्राउ गर्ने र धितोस्वरुप रहेको जग्गा लिलामीमार्फत उठाउने चेतावनी न्यायाधिकरणले दियो। तर, उक्त समूहका अध्यक्ष बुजगोपाल इणानी फेरि पनि सम्पर्कमा गएनन्। न्यायाधिकरणले जग्गा लिलामीको प्रक्रिया थाल्यो।

जग्गा लिलामी प्रक्रियाविरुद्ध इणानी १८ चैत २०७१ मा सर्वोच्च अदालत पुगे। न्यायाधिकरणले १३ करोड ४५ लाख रुपैयाँ बराबरको घरजग्गा एकमुष्ट लिलाम गर्न पुस २०७१ मा दिएको आदेशको निर्णय रोक्न माग गर्दै उनले रिट दायर गरे। उनले ऋण असुली न्यायाधिकरणसहित नेपाल राष्ट्र बैंक, वाणिज्य बैंक, प्रभा गोयन्का, नेपाल स्वास्थ्य सेवा सहकारीलगायत १० जनालाई विपक्षी बनाएका थिए। रिटका कारण लिलामी प्रक्रिया रोकियो। उक्त मुद्दा अहिले पनि विचाराधीन छ।

तर, यता बैंकहरुले भने इणानीविरुद्धको कारबाही जारी राखे। उनलाई बैंकहरुको सिफारिसमा कर्जा सूचना केन्द्रको कालोसूचीमा राखियो। सरकारले उनको राहदानीसमेत रोक्का गर्‍यो। उनी स्थलमार्ग हुँदै भारत पलायन भए। त्यसपछि २०७६ सालमा उनी फेरि नेपालमा सम्पर्कमा आए। उनले १० साउन २०७६ मा आफ्नो सम्पत्ति बैंकले कब्जा गरेको दाबी गर्दै आफ्नो कम्पनीलाई कालोसूचीबाट हटाइदिन माग गरे।

यो विवाद संसदको सार्वजनिक लेखा समितिसम्म पुगेको थियो। ऋण असुली न्यायाधीकरणको आदेशमा आफ्नो साढे ४३ करोडको सम्पत्ति १३ करोड ४५ लाख रुपैयाँमा लिलामी हुन लागेको भन्दै इणानीले लेखा समितिमा निवेदन दिएका थिए। समितिले २०७१ सालमा लिलामी प्रक्रिया रोक्न निर्देशनसमेत दिएको थियो। 

६ वर्षदेखि सर्वाेच्चमा मुद्दा
अध्यक्ष इणानीले सर्वोच्च अदालतमा चार थान मुद्दा हालेका छन्। तीन थान महालक्ष्मी गार्मेन्टको नाममा हालिएको छ। अदालतको अवहेलना मुद्दा भने आफ्नै नामबाट दर्ता गरेका छन्। उनले अन्तिम मुद्दा २३ चैत २०७२ हालेका थिए। ती मुद्दाको पेसी ६ वर्षमा ७४ जना न्यायाधीशको इजलासमा तोकिएको छ। तर, जम्मा चार पटकमात्र सुनुवाइ भएको छ।

यो पनि पढ्नुहोस्

रामहरि हत्या : यसरी उल्टियो मुख्य अभियुक्त बटालालाई सफाइ दिने फैसला, तर सुनुवाइ अनिश्चित

पहिलो पटक १९ चैत २०७१ सुनुवाइ हुँदा न्यायाधीश चोलेन्द्रशमशेर राणाको इजलासले अन्तरिम आदेशका लागि छलफलमा बोलाउने आदेश दिएको थियो। सुशीला कार्की र ओमप्रकाश मिश्रको इजलासले १० जेठ २०७२ मा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको थियो। ऋण असुलीको विषयमा मुद्दाको किनारा हुँदा विस्तृत व्याख्या गरिनुपर्ने भन्दै सर्वोच्चले अन्य प्रक्रिया रोक्न पनि अस्वीकार गरेको थियो।

अन्तिम पटक १० भदौ २०७३ मा न्यायाधीशद्वय ओमप्रकाश मिश्र र प्रकाशमान सिंह राउतको इजलासले फाइल मगाउने आदेश दिएको थियो। त्यसपछि दुई वर्षदेखि पेसी चढ्ने र ‘हेर्न नभ्याउने’ हुँदा सुनुवाइ सर्दै आयो। एकै पटक ३ मंसिर २०७६ मा अन्तिम सुनुवाइ सुरु भयो। न्यायाधीशद्धय चोलेन्द्रशमशेर राणा र तेजबहादुर केसीको इजलासले १२ माघ २०७६ मा दुवै पक्षको बहस सक्दै निसु तोक्ने आदेश गर्‍यो। यो अवधिमा ४० पटक पेसी चढ्ने र मुद्दा ‘हेर्न नभ्याउने’ भएको थियो।

हेटौंडा कपडा उद्योग चलाउन प्रस्ताव
महालक्ष्मी गार्मेन्ट उद्योगका सञ्चालक र तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाबीच सम्झौता गरी हेटौंडा कपडा उद्योग मिल्स खरिद गरेर पुनः सञ्चालनको पहलसमेत भएको थियो। २०५६/५७ मा चीन सरकारको एक कम्पनीको सहयोगमा हेटौंडा कपडा उद्योग स्थापना भएको थियो। त्यही कम्पनीको सहयोगमा ठूलो र ‘मोडर्न’ उद्योगको रुपमा पुनः स्थापना गर्न इणानीले विस्तृत योजनासमेत पेस गरेका थिए। सुरुमा वार्षिक एक करोड मिटर र पछि गएर बिस्तारै दुई करोड मिटर कपडा उत्पादन गर्ने योजना थियो।

त्यहाँ आधुनिक गार्मेन्ट उद्योग स्थापना गर्ने र उद्योगमा उत्पादित तयारी पोसाकलाई अमेरिका, युरोप समेतमा ‘ड्युटी फ्रि’ निकासी गर्ने प्रस्तावमा उल्लेख थियो। कपास खेतीलाई प्रोत्साहन गरी दाङ, बाँके, बर्दियामा समेत राम्रा गुणस्तरको कपास उत्पादन गर्ने, ‘जिनिङ्ग प्रेसिङ’ समेत गराइ कपासलाई उद्योगमा ल्याउने योजना पनि इणानीले पेस गरेका थिए।

तर, उक्त योजनामा हात नहाल्ने जनाउ राष्ट्रिय वाणिज्य बैंकले दियो। यसअघिकै ऋण असुल नभएकाले थप कुनै पनि परियोजनामा लगानी नगर्ने बैंकले अडान लिएपछि यो योजना असफल भएको थियो।

प्रकाशित मिति: आइतबार, साउन ३१, २०७८  ०७:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? अडियोबारे प्रहरी प्रधान कार्यालयले पनि बुझ्न थालेको छ । मंगलबार, असोज २७, २०८३
`सेटिङ´ दाबी गर्ने मल्ल पक्राउ, अडियोमा जोडिएका चौधरी किन पक्राउ परेनन्? मल्ल पक्राउ पर्नुअघि सार्वजनिक भएको एउटा अडियोले उनको नाम फेरि चर्चामा ल्याएको थियो। केही दिनअघि जनआस्थाले सार्वजनिक गरेको उक्त अडिय... सोमबार, असोज १२, २०८३
गरिमा चौधरी हत्याको अनुसन्धानमा कुनै कसर बाँकी राखेको छैन : नेपाल प्रहरी गरिमालाई न्याय दिलाउनुपर्ने माग गर्दै विभिन्न आन्दोलनहरु भइरहेको सन्दर्भमा प्रहरीले अनुसन्धानमा कुनै कसर बाँकी नराखेको जनाएको हो । शनिबार, भदौ ६, २०८३
ताजा समाचारसबै
भारतसँग विद्युत् आयात १४ सय र निर्यात क्षमता १६५० मेगावाट पुर्‍याउने सहमति बुधबार, असोज २८, २०८३
साउदीका लागि प्रस्तावित राजदूत सुनारमाथि सत्तापक्षीय सांसदको प्रश्नैप्रश्न बुधबार, असोज २८, २०८३
सङ्गठित अपराधका मुद्दामा मिलापत्र! बुधबार, असोज २८, २०८३
सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र बुधबार, असोज २८, २०८३
रास्वपा पार्टी कार्यालयका लागि घरजग्गा खाेजी, निकाल्यो प्रस्तावसम्बन्धी सूचना बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्