• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, भदौ १४, २०८३ Sun, Aug 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

महालक्ष्मी गार्मेन्टको नालीबेली : पहिलो नम्बरको निर्यात कम्पनीदेखि ऋण नतिरी फरारसम्म

64x64
नेपाल लाइभ बुधबार, कात्तिक १४, २०७५  ०३:५९
1140x725

काठमाडौं- २०५० सालताका नेपालमा गार्मेन्ट उद्योगको निकै चहलपहल थियो। बैंक, व्यापारी र मजदूर सबै सोही क्षेत्रमा केन्द्रित थिए। नेपालको तयारी कपडा अमेरिकासम्म निर्यात हुन्थ्यो। 
_x000D_ तयारी पोसाक विदेश निर्यात गर्ने कम्पनीमध्ये अग्रणी इणानी ग्रुपले सञ्चालन गरेको महालक्ष्मी गार्मेन्ट थियो। उक्त ग्रुपपका अध्यक्ष थिए, बुजगोपाल इणानी। 

_x000D_ _x000D_

सोही गार्मेन्टको प्रगतिका कारण इणानी नेपाल गार्मेन्ट एसोसिएनका अध्यक्ष पनि भएका थिए। २०५८ सालअघि उनको गार्मेन्ट उद्योग नमुना थियो। उनको सिको गर्दै सयौं भारतीय व्यापारी नेपालमा लगानी गर्न भित्रेका थिए भने जर्मन र स्विसहरुले समेत यहाँ लगानी गरेका थिए। नेपाली व्यापारीहरु पनि यसमा संलग्न भएका थिए। 

_x000D_ _x000D_

आर्थिक वर्ष २०५६/५७ मा महालक्ष्मी गार्मेन्ट उद्योगले ५१ लाख ९७ हजार ४६ अमेरिकी डलरको निर्यात गरेको थियो। उद्योगले नेपालका चार वटा बैंकबाट ऋण लिएर ब्याज बुझाउँदै आएको थियो। 
_x000D_ राष्ट्रमा तयारी पोसाक निकासी व्यापारमा सधैं अग्रणी स्थानमा रहँदै कारोबार गर्दै आएको आधारमा यस प्रतिष्ठित उद्योगलाई अन्तर्राष्ट्रिय अवार्डसमेत हात परेको थियो। व्यापार तथा निर्यात बढाउनका लागि पहिलो पटक नेपाली कम्पनीलाई नेपाल राष्ट्र बैंकले २०५७ असार १२ गते (२६ जुन २०००) अमेरिकामा सम्पर्क कार्यालय खोल्ने अनुमति प्रदान गरेको थियो।

_x000D_ _x000D_

नेपाल राष्ट्र बैंकले सबै गुण प्राप्त भएको आधारमा यस उद्योगलाई यस्तो  अनुमति दिएको थियो। त्यस्तै यो कम्पनीले २४ जुलाई २००० मा अमेरिकामा एमजिआई युएसए रेजिस्ट्रसनको लागि आवेदनसमेत दिएको थियो। उक्त समयमा २५ मिलियन डलरको ‘अर्डर’ र ‘बुकिङ्ग’ समेत यो कम्पनीले अमेरिकाबाट प्राप्त गरेको थियो। 

_x000D_ _x000D_

_x000D_ _x000D_

आर्थिक वर्ष २०५६/५७ सम्म समयमै नियमित रुपमा ब्याज बुझाउने क्रममा तीन करोड ९६ लाख ११ हजार ६ सय १ रुपैयाँ ५६ पैसा ब्याज बुझाउँदा पनि उद्योगको ३३ करोडको स्वीकृत चल्ती सीमाभित्र यो कम्पनी चलेको थियो। तर यसको कारोबारमा समस्या आएको र नियमित रुपमा बैंकमा ब्याज बुझाउन रोक्का भएको भन्दै २०५७/०५८ मा सबै ऋण चुक्ता गर्न दबाब सिर्जना हुन थाल्यो। इणानी ग्रुपले उक्त रकम चुक्ता गर्न सकेन।

_x000D_ _x000D_

०००

_x000D_ _x000D_

बैंकले आफूले गरेको लगानी डुब्ने अवस्था देखेपछि कानुनी बाटो खोज्न थाल्यो। विश्वभर गार्मेन्ट उद्योग बन्द हुँदै गएको अवस्थामा उनी पनि ऋणको बोझले थला परेका थिए। निर्यात गन्तव्य अमेरिकामा समेत उनको निर्यात बन्द भएकाले ऋण बुझाउन नसक्ने अवस्थामा पुगे। 

nimb
nimb
_x000D_ _x000D_

इणानीले ऋण नतिरेपछि बैंकले ऋण असुली न्यायाधीकरणमा निवेदन दर्ता गर्‍यो। न्यायाधीकरणले बैंकको पक्षमा फैसला सुनायो। न्यायाधीकरणले इणानीले बैंकको ऋण तत्काल चुकाउनुपर्ने भन्यो। न्यायाधीकरण र बैंकले ऋण असुलीका लागि धेरै पटक प्रयास गरे पनि इणानी सम्पर्कमा आएनन्।

_x000D_ _x000D_

ऋण भुक्तानी गर्न तथा छलफलमा आउन इणानी तयार नदेखिएपछि न्यायाधकरणले पुनः २०७१ साल जेठ ६ गते ७ दिनभित्र ऋण तिर्न अन्तिम निर्देशन जारी गर्‍यो। 

_x000D_ _x000D_

सात दिनभित्र उनले बैंकको ऋण नतिरे पक्राउ गर्ने र धितोस्वरुप रहेको जग्गा लिलामीमार्फत उठाउने चेतावनी दिइयो। तर उनी सम्पर्कमा नआएपछि बैंकको सिफारिसमा कर्जा सूचना केन्द्रको कालोसूचीमा समेत राखियो। सरकारले उनको राहदानीसमेत रोक्का राख्यो। तर उनी स्थलमार्ग हुँदै भारत पलायन भएर हालसम्म फरार नै रहेका छन्। 

_x000D_ _x000D_

०००

_x000D_ _x000D_

तत्कालीन समयमा नेपालमा मात्रै होइन, गार्मेन्ट उद्योगहरू अरू देशमा पनि बन्द भए। मोरीसस, पूर्वी एसियाको फिलिपिन्स, अफ्रिकी मुलुकहरू, भारत, श्रीलंका लगायतका मुलुकमा पनि एकैसाथ बन्द भए ।  

_x000D_ _x000D_

उक्त प्रकरण समाधान नभएपछि बैंक नियामक निकाय नेपाल राष्ट्र बैंक पुग्यो। कर्जा असुलीका लागि पहल गरिदिन उसले निवेदन दियो। बैंकको उक्त निवेदनमा इणानीले लिएको ऋणलाई आपसी छलफलमा मिलाउन नेपाल राष्ट्र बैंकले २०६२ साल साउनमा निर्देशन दियो।

_x000D_ _x000D_

राष्ट्र बैंक अन्तर्गतको गुनासो सुनुवाइ इकाईले ऋण प्रवाह गर्ने वित्तीय संस्था र ऋणीबीच सहमतिको विन्दु खोज्नसमेत निर्देशन दियो। केन्द्रीय बै‌ंले उनीसँग सम्र्पक स्थापित गर्दै दुई पक्षीय छलफल समेत चलायो। 

_x000D_ _x000D_

इणानीलगायत केही ऋणीहरुको ऋण सहमतिमा मिलाउन तत्कालीन डेपुटी गभर्नर लेखनाथ भुसालको संयोजकत्वमा गुनोसो सुनुवाइ इकाई गठन गरिएको थियो। इकाईले त्यसबेला राष्ट्रिय वाणिज्य बैंकसँग सम्बन्धित चार र नेपाल बैंकसँग सम्बन्धित १२ वटा मुद्दाको सुनुवाइ गरेको थियो। 

_x000D_ _x000D_

_x000D_ _x000D_

ऋण असुलीमा कडाइ गरेको र आफूलाई बैंकले अन्याय गरेको भन्दै इणानीले राष्ट्र बैंकमा उजुरीसमेत गरेका थिए। इणानी र बैंकको उजुरीलाई साथै राखेर राष्ट्र बैंक दुवै पक्षलाई आपसमा समस्या समाधान गर्न समय दियो। बैंक र ऋणीबीच मान्य हुने प्रस्तावसहित सम्बन्धित बैंकमा सम्पर्क गरी समस्या समाधान गर्न दुवै पक्षलाई उसले समय दियो।

_x000D_ _x000D_

राष्ट्र बैंकको निर्देशनअनुसार छलफल र सहमतिबाट ऋण मिलान गर्न इणानी सहमत हुँदै सम्पर्कमा आए र बैंकसँग छलफल गर्न एक–दुई पटक गए। उनले बैंकलाई किस्ताका रुपमा वा नेपालमै उद्योग चलाएर चुक्ता गर्ने सर्त राखे। ऋण एकमुष्ट रुपमा तत्काल चुक्ता गर्न नसक्ने जनाएपछि उक्त प्रकरण जहाँको त्यहीं रह्यो। रकम भुक्तानी गर्ने प्रतिवद्धता नदेखाएपछि बैंकले राष्ट्र बैंक गुहार्‍यो।

_x000D_ _x000D_

०००

_x000D_ _x000D_

बैंक राष्ट्र बैं‌क पुगेपछि इणानी पनि २०७१ चैत १८ मा सर्वोच्च अदालत पुगे। ऋण असुली न्यायाधीकरण र ऋण असुली पुनरावेदन न्यायाधीकरणको फैसला आफूलाई मान्न नहुने भन्दै अन्तरिम आदेशको माग उनले रिटमा गरे।  

_x000D_ _x000D_

इणानीले प्राधिकरण, नेपाल राष्ट्र बैंक, वाणिज्य बैंक, प्रभा गोयन्का, नेपाल स्वास्थ्य सेवा सहकारीलगायत १० जनालाई विपक्षी बनाई निवेदन दायर गरे।  

_x000D_ _x000D_

न्यायाधीकरणले १३ करोड ४५ लाख रुपैयाँ बराबरको घरजग्गा एकमुष्ट लिलाम गर्न २०७१ पुसमा आदेश दियो। ७९ करोड रुपैयाँ बाँकी नै रहेकाले भएकाले उक्त जग्गा लिलामी गर्ने निर्णय प्राधिकरणले गरेको थियो।

_x000D_ _x000D_

गार्मेन्टले बैंकको ९२ करोड ५१ लाख रुपैयाँ ऋण तिर्न बाँकी थियो। गार्मेन्टका लागि लिएको ऋण नतिरेपछि न्यायाधीकरणले पटकपटक ऋण भुक्तानीका लागि पत्राचार गर्दासमेत सम्र्पकमा नआएको भन्दै लिलाम गरेर ऋण उठाउने प्रक्रिया सुरु गरिएको थियो। तर इणानी त्यसविरुद्ध सर्वोच्च पुगेपछि उक्त प्रक्रिया हालसम्म रोकिएको छ। 

_x000D_ _x000D_

५ वर्षदेखि सर्वाेच्चमा मुद्दा अल्झियो
_x000D_ इणानीले सर्वोच्च अदालतमा चार थान मुद्दा हाले। तीन थान महालक्ष्मी गार्मेन्टको नाममा र एउटा अवहेलना मुद्दा आफ्नै नाममा हाले। अन्तिम मुद्दा २०७२ चैत २३ गते उनले हालेका थिए। इणानीको पाँच वर्षमा ५१ जना न्यायाधीशको इजलासमा  पेसी तोकिएको छ। पाँच वर्षमा जम्मा तीन पटकमात्र यो मुद्दाको सुनुवाइ भएको छ।

_x000D_ _x000D_

पहिलो पटक २०७१ चैत १९ सुनुवाइ हुदाँ न्यायाधीश चोलेन्द्रशमशेर राणाको इजलासले अन्तरिम आदेशका लागि छलफलमा बोलाउने आदेश जारी गरेको थियो।

_x000D_ _x000D_

त्यसलगत्तै २०७२ जेठ  १० गते सुशीला कार्की र ओमप्रकाश मिश्रको इजलासले अन्तरिम आदेश जारी गर्न अस्वीकार गर्ने आदेश गरेको थियो। ऋण असुलीको विषयमा मुद्दाको किनारा हुँदा विस्तृत व्याख्या गरिनुपर्ने भन्दै सर्वोच्चले अन्य प्रक्रिया रोक्न अस्वीकार गरेको थियो।

_x000D_ _x000D_

अन्तिम पटक २०७३ भदौ १० गते न्यायाधीशद्वय ओमप्रकाश मिश्र र प्रकाशमान सिंह राउतको इजलासले फाइल मगाउने आदेश गरेको थियो। तर पछिल्ला २ वर्षदेखि पेसी चढ्ने र हेर्न नभ्याउने हुँदै सुनुवाइ सर्दैआएको छ। पाँच वर्षको अवधिमा २० पटक पेसी चढ्ने र मुद्दा हेर्न नभ्याउने हुँदै सरेको छ। 

_x000D_ _x000D_

मुद्दाको चाप भएको दिनमा मिलेमतोमा पेसी राख्दै पक्षले यसलाई सारेको सर्वोच्चका एक फाँटवालाले बताए। ९ महिनामा फैसला भएको सर्वोच्चको तथ्यांक छ तर यो मुद्दा पाँच वर्षमा तीन पटकमात्र पेसी चढेर सुनुवाइ हुनु इजलास सपिङको कारण भएको ती कर्मचारीको भनाइ छ।

_x000D_ _x000D_

फाँटका कर्मचारीले मुद्दाको चाप भएको दिन पेसी राख्दा उक्त मुद्दा स्वतः पछाडि पर्ने  र हेर्न नभ्याउने हुँदै आएको हो। यत्रो अवधिमा उक्त मुद्दा एक पटक मात्र स्थगित गरिएको छ। मुद्दा फैसला भएपछि सरकारले अन्तर्राष्ट्रिय सञ्जाल प्रयोग गरेर खोजी गर्ने र विभिन्न स्थानमा रहेको जग्गा बिक्री गरी रकम उठाउने भएकाले उनले मुद्दा लम्ब्याउँदै आएका छन् ।  

_x000D_ _x000D_

हेटौंडा कपडा उद्योग चलाउन प्रस्ताव 
_x000D_ महालक्ष्मी गार्मेन्ट उद्योगका सञ्चालक र तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग सम्झौता गरी हेटौंडा कपडा उद्योग मिल्स खरिद गरी पुनः सञ्चालनको लागि पहलसमेत भएको थियो। उनी राष्ट्र बैंकको आग्रहमा नेपाल आएपछि प्रधानमन्त्री कोइरालासँग यस्तो प्रस्ताव गरेका थिए।

_x000D_ _x000D_

२०५६/०५७ मा चीन सरकारको कम्पनीबाट स्थापित हेटौंडा कपडा उद्योगलाई त्यही कम्पनीको सहयोगमा ठूलो र ‘मोडर्न’ रुपमा पुनः स्थापना गर्न उनले विस्तृत योजनासमेत पेस गरेका थिए। सुरुमा एक करोड मिटर कपडा र पछि गएर विस्तारै दुई करोड मिटर कपडा उत्पादन गर्दै लैजाने योजना थियो।

_x000D_ _x000D_

साथै कपडा उद्योगको ठूलो जग्गा रहेकोमा २ हजार ५ सय सिलाई मेसिनरी लगाई शतप्रतिशत पाँच हजार महिलालाई रोजगार दिने प्रस्ताव थियो।

_x000D_ _x000D_

मोडर्न गार्मेन्ट उद्योग स्थापना गर्ने र उद्योगमा उत्पादित तयारी पोसाकलाई अमेरिका, युरोप समेतमा ड्युटी फ्रि निकासी गर्ने प्रस्तावमा उल्लेख थियो। कपास खेतीलाई प्रोत्साहन गरी दाङ, बाँके, बर्दियामा समेत राम्रा गुणस्तरको कपास उत्पादन गरी, ‘जिनिङ्ग प्रेसिङ’ समेत गराई कपासलाई उद्योगमा ल्याउने योजना इणानीले पेस गरेका थिए।

_x000D_ _x000D_

तर उक्त योजनामा हात नहाल्ने जनाउ राष्ट्रिय वाणिज्य बैंकले दियो। यसअघिकै ऋण असुल नभएकाले थप कुनै पनि परियोजनामा लगानी नगर्ने भनेसँगै यो योजना असफल भयो।
_x000D_  

प्रकाशित मिति: बुधबार, कात्तिक १४, २०७५  ०३:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
देशका विभिन्न मुख्य राजमार्गहरू पूर्ण रूपमा अवरुद्ध (विवरणसहित)
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती
शव व्यवस्थापनमा फ्रिजर र डीएनए किटको अभाव, अन्तर्राष्ट्रिय सहयोग माग्दै सरकार
सम्बन्धित सामग्री
गरिमा चौधरी हत्याको अनुसन्धानमा कुनै कसर बाँकी राखेको छैन : नेपाल प्रहरी गरिमालाई न्याय दिलाउनुपर्ने माग गर्दै विभिन्न आन्दोलनहरु भइरहेको सन्दर्भमा प्रहरीले अनुसन्धानमा कुनै कसर बाँकी नराखेको जनाएको हो । शनिबार, भदौ ६, २०८३
आईजीपी र सांसद सुनारबीच किन चर्किदैछ विवाद ? विगत लामो समयदेखि अख्तियारले पोशाक खरिदमा भएको भ्रष्टाचारबारे अनुसन्धान गरिरहेको छ । यो प्रकरणमा सोझै भ्रष्टाचार भएको भन्दा पनि घुमा... बिहीबार, भदौ ४, २०८३
कप्तानगन्ज घटना: बाहिरी हतियार प्रयोग नभएको छानबिन समितिको निष्कर्ष समितिले बुझाएको प्रतिवेदनमा सुरक्षाकर्मीबाहेक अन्य पक्षबाट गोली चलेको प्रमाण फेला नपरेको र चार युवाको मृत्यु नेपाली सुरक्षाकर्मीले च... मंगलबार, भदौ २, २०८३
ताजा समाचारसबै
देशका विभिन्न मुख्य राजमार्गहरू पूर्ण रूपमा अवरुद्ध (विवरणसहित) आइतबार, भदौ १४, २०८३
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती आइतबार, भदौ १४, २०८३
शव व्यवस्थापनमा फ्रिजर र डीएनए किटको अभाव, अन्तर्राष्ट्रिय सहयोग माग्दै सरकार आइतबार, भदौ १४, २०८३
नेपाल लाइफको ‘लिडरसीप एक्सिलेन्स अवार्ड्स २०२६’ सम्पन्न आइतबार, भदौ १४, २०८३
भोटेकोशी बाढीले ७ मिनेटमै २२ किलो दूरी पार गर्‍यो : चिनियाँ अध्ययन आइतबार, भदौ १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
यती एअरलाइन्सको चार्टर उडानमार्फत सद्गुरु नेपाल आइपुगे शनिबार, भदौ १३, २०८३
जय नेपाल पार्टीको केन्द्रीय कार्यसमिति घोषणा  (सूचीसहित) आइतबार, भदौ १४, २०८३
कञ्चनपुर पुगेका दुई भारतीय प्रहरी नियन्त्रणमा शनिबार, भदौ १३, २०८३
तीन दिनपछि सुरुङको ‘क्राउन हेड’ भेटियो, उद्धार टोलीले बोलाउँदा आएन जवाफ आइतबार, भदौ १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
नेपालीजी अर्थात् मधेश–मिथिला ‘इन्साक्लोपिडिया’ धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्