• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, वैशाख २९, २०८३ Tue, May 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

ट्रम्प-मस्क विवाद : टेस्लाले एकै दिनमा गुमायो १५० अर्ब डलर

64x64
नेपाल लाइभ शुक्रबार, जेठ २३, २०८२  १८:०२
1140x725

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका धनाढ्य पूर्वसहकर्मी इलन मस्कले व्यक्तिगत तहमै उत्रेर एक-अर्काविरुद्ध गालीगलौज सुरु गरेपछि अमेरिकी र अन्य सेयर बजारले त्यसको कम्पन महसुस गरेका छन् । 

टेस्लाको सेयर मूल्य बिहीबार एकैदिन १४.३ प्रतिशतले घटेपछि कम्पनीको बजार मूल्यमा १५० अर्ब अमेरिकी डलरभन्दा बढीको गिरावट आएको छ । यसले गर्दा टेस्ला विश्वका १० ठूला कम्पनीको सूचीबाट समेत बाहिरिएको छ । यस घटनाले मस्कको व्यक्तिगत सम्पत्तिमा पनि ठूलो असर परेको छ । उनले एकैदिन झन्डै ३४ अर्ब डलर गुमाएका छन् ।

सेयर बजारको यो गिरावट मस्कले ट्रम्प प्रशासनद्वारा प्रस्तावित बजेटसम्बन्धी विधेयकलाई 'घिनलाग्दो र अक्षम्य' भन्दै सामाजिक सञ्जाल एक्समा कडा आलोचना गरेपछि आएको हो । यो विधेयकले ठूलो परिमाणमा कर कटौती र नियामकीय लचकता ल्याउने योजना बनाएको छ । 
तर, अर्थशास्त्रीहरूले यस्तो कदमले आगामी दशकमा संघीय बजेट घाटा २४ खर्ब अमेरिकी डलरले बढ्ने भन्दै आलोचना गरिरहेका छन् । मस्कले खुला रूपमै ट्रम्पका नीति र योजनासँग असहमति जनाउने, विधेयकको पक्षमा रहेकाको आलोचना गर्ने र यो क्रम जारी रहे अमेरिका टाट पल्टिने भन्दै आफ्ना सांसद्हरूलाई फोन गरेरै त्यसको आलोचना गर्न अपिल गरेका थिए ।

मस्क खुला रूपमै विरोधमा उत्रेपछि ट्रम्पले पनि सामाजिक सञ्जाल र मिडियामार्फत आक्रामक प्रतिक्रिया दिए । उनले मस्कलाई आफ्नो स्वार्थ हुँदासम्म पक्षमा रहेर अहिले आफूले भनेजस्तो नभएपछि आलोचनामा उत्रेको आरोप लगाएका छन् । 

'म अत्यन्तै निराश छु,' ट्रम्पले जर्मनीका राष्ट्रप्रमुखसँगको पत्रकार सम्मेलनमा भने, 'अहिले मस्क रूँदै हिँड्नुको प्रमुख कारण हामीले उसले पाउँदै आएको संघीय अनुदान लगायत अनुत्पादक खर्च घटाउन लागेको कारणले हो ।'

nimb
nimb
Ncell 2
Ncell 2

ट्रम्पका पूर्व सल्लाहकार स्टिभ बेनन लगायतले मस्कको कम्पनी कब्जा गरेर उनलाई देश निकाला गर्नुपर्छ भन्नेजस्ता अभिव्यक्ति दिएका छन् । मस्कले भने ट्रम्प र उनका नीतिविरूद्ध एकपछि अर्को पोस्ट गर्दै 'एप्स्टिन फाइल' भनिने बाल यौन उत्पीडन गर्नेहरूको सूचीमा ट्रम्प सामेल रहेको भन्नेसम्मका आरोप लगाएका छन् । आफूले नै चुनाव जिताएको भन्दै ट्रम्पलाई मस्कले चुनौती पनि दिएका छन् ।

यो विवाद मिडियामा मात्र सीमित नरहेर सेयर बजारमा समेत प्रत्यक्ष असर गरेको छ । नेसड्याक कम्पोजिट २.१ प्रतिशतले घट्दा एसएन्डपी ५०० सूचकांक १.४ प्रतिशतले ओरालो लाग्यो । टेक्नोलोजी र हरित ऊर्जा कम्पनीहरूको सेयरमा विशेष प्रभाव परेको यो दिन रिभियन, लुसिड मोटर्सजस्ता अन्य ईभी कम्पनीको सेयर पनि ५ प्रतिशतदेखि ९ प्रतिशतसम्म घटे ।

'यो टेस्लाको मात्रै कुरा होइन,' जी स्क्वाएर्डकी प्रमुख भिक्टोरिया ग्रिनले भनेकी छन्,' यो प्रविधि क्षेत्रको राजनीतिक जोखिमबारे बजारको धारणा हो । जब राष्ट्रपतिले सार्वजनिक रूपमा कुनै सीईओलाई यस्तो हमला गर्छन्, त्यसलाई बजारले मन पराउँदैन, अनिश्चितता ल्याउँछ ।'

टेस्लाको अवस्था अहिले जटिल छ । अमेरिकी यातायात मन्त्रालयले यसका 'पूर्ण स्वचालित ड्राइभिङ सफ्टवेयर'बारे अनुसन्धान गरिरहेको छ । त्यसबाहेक कम्पनीले आफ्नो परम्परागत विद्युतीय सवारीको बिक्रीहरूमा गम्भीर गिरावट र महँगो रोबोट्याक्सी मोडेलतर्फको रूपान्तरणमा चुनौती सामना गरिरहेको छ । वेडबश सेक्युरिटिजका विश्लेषकका अनुसार नियामकीय अवरोधले बाटो नछेकेको खण्डमा टेस्लाको एआई र स्वचालनमा आधारित रणनीतिले कम्पनीको मूल्यांकन उल्लेख्य बढाउन सक्छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ २३, २०८२  १८:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सभामुखले प्रतिनिधिसभा सचिव हर्कराज राईलाई हटाए
प्रतिनिधिसभा बैठक : शीर्ष नेताले सम्बोधन गर्दै (लाइभ)
२०८१ र २०८३ को नीति तथा कार्यक्रम उस्तै भएको ज्ञानेन्द्र शाहीको दाबी
सम्बन्धित सामग्री
मलेसियामा डुङ्गा डुब्दा १४ जना वेपत्ता पेराकमा स्थित मलेसियन मेरिटाइम एन्फोर्समेन्ट एजेन्सी (एमएमइए) ले सोमबार एक जना स्थानीय माझीले समुद्रमा जीवित व्यक्तिहरू तैरिरहेको भे... मंगलबार, वैशाख २९, २०८३
फिलिपिन्सकी उपराष्ट्रपति सारा डुतेर्तेविरुद्ध महाभियोग लगाइने उपराष्ट्रपतिले सन् २०२८ मा गर्ने गरी घोषणा गरेको राष्ट्रपतीय निर्वाचनमाथि प्रश्न गर्दै महाभियोग प्रस्तावको तयारी गरिएको हो । सोमबार, वैशाख २८, २०८३
रिहा भए थाइल्याण्डका पूर्व प्रधानमन्त्री सिनावात्रा लामो समय अस्पताल बसेर कारागारको सजाय छल्न खोजेको भन्दै अदालतले आदेश दिएको आठ महिनापछि ७६ वर्षीय थाक्सिन समर्थकहरूको घुइँचोका बिच बाह... सोमबार, वैशाख २८, २०८३
ताजा समाचारसबै
सभामुखले प्रतिनिधिसभा सचिव हर्कराज राईलाई हटाए मंगलबार, वैशाख २९, २०८३
प्रतिनिधिसभा बैठक : शीर्ष नेताले सम्बोधन गर्दै (लाइभ) मंगलबार, वैशाख २९, २०८३
२०८१ र २०८३ को नीति तथा कार्यक्रम उस्तै भएको ज्ञानेन्द्र शाहीको दाबी मंगलबार, वैशाख २९, २०८३
खरानी हुँदा सरकारको नीति तथा कार्यक्रम मौन रहेको भन्दै सरकारको ध्यानाकर्षण मंगलबार, वैशाख २९, २०८३
संसदमा ‘प्रचण्ड’को भावुक सम्बोधन, जनयुद्धको स्मरण गर्दै सुकुम्वासी बस्ती हटाएकोप्रति आपत्ति (पुर्णपाठ) मंगलबार, वैशाख २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ सोमबार, वैशाख २८, २०८३
सभामुख र उपसभामुखको अनुपस्थितिमा प्रतिनिधि सभा सञ्चालन गर्न ७ सदस्य मनोनीत सोमबार, वैशाख २८, २०८३
एसईईको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत उत्तीर्ण, नतिजा कसरी हेर्ने? सोमबार, वैशाख २८, २०८३
एसईईको नतिजा आजै सार्वजनिक हुने सोमबार, वैशाख २८, २०८३
निर्माण व्यवसायी रमेश शर्मा र पीताम्बर बडु प्रहरीकाे नियन्त्रणमा सोमबार, वैशाख २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक बुधबार, वैशाख २३, २०८३
ममता बनर्जीले राजीनामा नदिएपछि पश्चिम बंगालको विधानसभा भंग बिहीबार, वैशाख २४, २०८३
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ सोमबार, वैशाख २८, २०८३
विश्वकप लिग २ का लागि नेपाली टीम घोषणा, इशान पाण्डे राष्ट्रिय टोलीमा शनिबार, वैशाख २६, २०८३
सभामुख र उपसभामुखको अनुपस्थितिमा प्रतिनिधि सभा सञ्चालन गर्न ७ सदस्य मनोनीत सोमबार, वैशाख २८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्