• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि

तीन वर्षमा ५० प्रतिशत घट्यो उखु खेती, चार गुणा बढ्यो चिनी आयात

उखु किसानले अझै पाएनन् अनुदानको साढे ७ करोड
64x64
डुक्पा छिरिङ मोक्तान बिहीबार, फागुन १९, २०७८  ०७:०२
1140x725

काठमाडौं– चिनी मिलले समयमै र सम्पूर्ण रकम भुक्तानी नगर्दा किसान उखु खेतीबाट निराश हुन थालेका छन्। कृषि मन्त्रालयको तथ्याङ्कअनुसार पछिल्लो तीन वर्षमा ५० प्रतिशतले उखुको उत्पादन घटेको छ। उखु खेती गर्ने किसानको संख्या पनि हरेक वर्ष घट्दै गएको छ।

सरकारले तोक्ने न्यूनतम खरिद मूल्य चिनी मिलले कार्यान्वयन नगर्दा र दिनुपर्ने रकम पनि बाँकी राख्दा उखु किसानले खेती छाड्न थालेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सन्जेलले बताए। अधिकांश चिनी उद्योगीले किसानलाई गर्नुपर्ने भुक्तानी वर्षौँ बाँकी राख्ने गरेका छन्। नेपालमा विशेष गरी तराईका आठ जिल्लामा उखु खेती हुँदै आएको छ।

कृषि मन्त्रालयका अनुसार उत्पादित उखु कहाँ र कहिले बिक्री गर्ने अन्योलका कारण पनि किसानले खेती घटाएका हुन्। उन्नत जातको उखुको अभाव, न्यून उत्पादकत्व, सीमित र अनिश्चित बजार खेती छाड्नुको प्रमुख कारण रहेको सन्जेलको भनाइ छ। ‘नेपालमा उत्पादन भएको उखुको जात छैन,’ उनले भने, ‘उखुको बीउ भारतबाट ल्याउनुपर्छ। बीउ पाउन पनि मुस्किल हुन्छ।’ तीन वर्षअघि भारतबाट उखुको उन्नत जातका बीउ आयातको लागि पराष्ट्र मन्त्रालयमार्फत प्रस्ताव पठइए पनि ठोस प्रगति हुन सकेको छैन। 

सरकारले पाँच वर्षे उखु बाली प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्दै आएको छ। कृषि विभागमार्फत राष्ट्रिय उखु बाली अनुसन्धान कार्यक्रम बाराको जितपुरमा सञ्चालन हुँदै आएको छ। यो कार्यक्रम अन्य ठाउँमा पनि विस्तार गर्ने सरकारको योजना छ।

नेपाल उखु उत्पादक महासंघका केन्द्रीय अध्यक्ष कपिलमुनि मैनालीले पनि उखु खेती गर्ने किसान वर्षेनी घट्दै गएको बताए। सरकारले माग बेलैमा सम्बोधन नगर्दा किसानले उखु खेती गर्न छाड्दै गएको उनले बताए।  

उखु उत्पादनको प्रभाव चिनीमा पर्छ। पछिल्लो तीन वर्षमा नेपालमा चिनी आयात चार गुणाले बढेको छ। गत आर्थिक वर्ष १२ अर्बको चिनी भित्रिएको थियो। जबकि, आर्थिक वर्ष २०७५/७६ मा ३ अर्ब १२ करोड रुपैयाँ र २०७६/७७ मा ४ अर्ब २७ करोड रुपैयाँको चिनी आयात भएको थियो।

नेपालमा चिनीको माग वार्षिक दुई लाख ५० हजार टन छ। स्वदेशी उद्योगले एक लाख ७० हजार टन उत्पादन गरिरहेका छन्। नेपालका २९ चिनी उद्योगमध्ये २१ वटा बन्द भएर हाल आठ वटा मात्र सञ्चालनमा छन्। उखु उत्पादन घट्दै गएपछि चिनी मिलहरु पनि पूर्णरूपमा सञ्चालन हुन सकेका छैनन्। त्यसैले चिनिको आयात बढ्दै गएको मन्त्रालयका प्रवक्ता सन्जेलले बताए। 

नेपालमा वार्षिक उखु उत्पादन

Ncell 2
Ncell 2
nimb
nimb
आर्थिक वर्ष क्विन्टल
२०६९/७० दुई करोड ३६ लाख
२०७०/७१ दुई करोड २६ लाख 
२०७१/७२ दुई करोड १६ लाख 
२०७२/७३ एक करोड ५६ लाख 
२०७३/७४ एक करोड ८२ लाख 
२०७४/७५ दुई करोड ५ लाख 
२०७५/७६  दुई करोड ८ लाख 
२०७६/७७ एक करोड ४८ लाख
२०७७/७८ एक करोड १९ लाख 

स्रोतः कृषि तथा पशुपन्छी विकास मन्त्रालय


किसानकै खातामा अनुदान
सरकारले उखु किसानलाई अनुदान दिने गरेको छ। चालु आर्थिक वर्ष आठ जिल्लाका किसानका लागि ८४ करोड रुपैयाँ छुट्यााइएको छ। जसमा ७७ करोड  ६१ लाख ४२ हजार मात्रै किसानले पाएका छन्। स्थानीय तहमा दर्ता भएका उखु किसानलाई प्रतिक्विन्टल ६५.२८ रुपैयाँको दरले सरकारले अनुदान रकम पठाउँछ। उक्त रकम किसानको बैँक खातामा पठाइन्छ।

यो पनि पढ्नुहोस्

उखुको भुक्तानी लिन काठमाडौं आएका किसानको हृदयाघातका कारण निधन

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार कञ्चनपुर जिल्लामा १८ करोड ९५ लाख ३१ हजार ८४५, सर्लाहीमा २० करोड ६ लाख ३५ हजार ८८३, नवलपरासीमा २ करोड २९ लाख ३७ हजार १२३, सुनसरीमा ५ करोड ९० लाख १६ हजार २५५ र सिरहामा ७ करोड २३ लाख ७४ हजार ६६८ रुपैयाँ अनुदानका लागि पठाइएको छ। त्यस्तै महोत्तरीमा १३ करोड २० लाख ४० हजार ८०२, बारामा ६ करोड ५२ लाख ७६ हजार २९९ र रौतहटमा ३ करोड ४३ लाख २९ हजार ४८८ रुपैयाँ पठाइएको छ। बाँकी ६ करोड ३८ लाख ५७ हजार ७०६ रुपैयाँ थप विवरण लिएर किसानको खातामा पठाइने मन्त्रालयले जनाएको छ। 

यसअघि किसानलाई दिनुपर्ने अनुदानको रकम सरकारले चिनी उद्योगीमार्फत दिने गरेको थियो। तर, धेरै उद्योगीले किसानलाई पैसा नदिई अनियमितता गरेपछि दुई वर्षदेखि उखु किसानकै बैंक खातामा पैसा पठाउन थालिएको हो। 

Xtrem

Xtrem

चिनी मिलले दिने ७ करोड ५९ लाख रुपैयाँ अझै बाँकी
उखु किसानको बक्यौता भुक्तानी दिन संसदीय समितिहरूले बारम्बार निर्देशन दिने गरेका छन्। २०७७ पुसमा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता संसदीय समितिले तुरुन्त भुक्तानी दिन सरकारलाई निर्देशन दिएको थियो। २०७७ चैतमा सरकारले उखु किसानहरुको उखु बिक्री तथा भुक्तानी समस्याको दीर्घकालीन समाधान निकालेको बताएको थियो। तत्कालीन कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्‌मा अर्यालले उखु किसानको भुक्तानी समस्या फेरि नदोहोरिने गरी समाधान निकालिएको दाबी गरेकी थिइन्।

उनले दाबी गरेजस्तो न किसानले भुक्तानी पाए, न त समस्याको स्थायी समाधान नै भयो। दुई महिनाअघि प्रतिनिधि सभा सार्वजनिक लेखा समितिको बैठकमा नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले उखु किसानको बक्यौता रकम भुक्तानी नभए सांसदहरू नै अनसन बस्ने प्रस्ताव गरेका थिए। तर, चिनी मिलहरूले अझै पूर्णरूपमा रकम भुक्तानी दिएका छैनन्। हिमालय सुगर मिल, श्रीराम सुगर मिल, लुम्बिनी सुगर मिल, अन्नपूर्ण सुगर मिल र इन्दिरा सुगर मिलले किसानलाई भुक्तानी दिन बाँकी छ।

चिनी मिलहरुले ६६ करोड २४ लाख दिनुपर्नेमा अझै ७ करोड ५९ लाख बक्यौता रहेको हो। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार श्रीराम सुगर मिलले ३ करोड १३ लाख, अन्नपूर्ण चिनी मिलले ३ करोड १३ लाख, लुम्बिनी चिनी मिलले ४ लाख २० हजार, इन्दिरा सुगर मिलले १ करोड ६ लाख र हिमालय सुगर मिलले २४ लाख १ हजार किसानलाई दिन बाँकी छ। 

चिनी मिलहरूले तीनपटकसम्म रकम भुक्तानी दिने आश्वासन दिएर पनि ढाँटेको सर्लाही उखु किसान संघर्ष समितिका संरक्षक राकेश मिश्रले बताए। किसानलाई साढे ७ करोड नभएर १३ करोड रुपैयाँ भुक्तानी दिन बाँकी रहेको उनको दाबी छ। ‘जब समाचार आयो, तब मात्र रकम खातामा आउँछ। त्यो पनि सबै आउँदैन,’ उनले भने, ‘अब यो महिना पनि पूरा पैसा आएन भने हामी आन्दोलन गर्न काठमाडौँ आउछौँ।’ 

१० वर्षमा प्रति क्वीन्टल १४२ रुपैयाँ मूल्य बढ्यो
नेपालमा २०२३ सालबाट उखुको न्यूनतम मूल्य तोक्न प्रारम्भक भएको थियो। सरकारले प्रत्येक वर्ष निर्धारण गर्ने उखुको मूल्यमा किसानले असन्तुष्टि जनाउने गरेका छन्। सरकारले यस वर्ष प्रतिक्विन्टल ५४४.३३ रुपैयाँ मूल्य निर्धारण गरेको छ। विगत ११ वर्षको तथ्याङ्क हेर्दा नेपालमा एक दशकमा प्रतिक्विन्टल १४२ रुपैयाँ मूल्य बढेको छ। अति कम मूल्यका कारण घाटा बेहोर्नु परेको किसानहरू बढाउँछन्। त्यसको क्षतिपुर्तिकै लागि सरकारले अनुदानको व्यवस्था गरेको हो। तर, त्यो रकम पनि किसानले समयमा नै नपाउँदा खेती छाड्नेहरू बढ्दै गएका छन्।

पछिल्लो एक दशकमा उखुको मूल्य

आर्थिक वर्ष प्रतिक्विन्टलको न्यूनतम मूल्य (रुपैयाँमा)
२०६७/६८ ४०१
२०६८/६९ ४११
२०६९/७० ४८१
२०७०/७१ ४७६
२०७१/७२ ४६१
२०७२/७३ ४४८
२०७३/७४ ५३१.२०
२०७४/७५ ५३६.५६
२०७५/७६ ५३६.५६
२०७६/७७ ५३६.५६
२०७७/७८ ५४४.३३

स्रोतः कृषि तथा पशुपन्छी विकास मन्त्रालय


 

प्रकाशित मिति: बिहीबार, फागुन १९, २०७८  ०७:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डुक्पा छिरिङ मोक्तान
लेखकबाट थप
अपर तामाकोशी र एमसीसी परियोजनाले थातथलो छाड्नुपर्ने चिन्ता
हिमाल आरोहण दलको नेतृत्व गर्ने मायाको अबको रहर– गाउँपालिकाको नेतृत्व
एमसीसी परियोजनामा जग्गाप्राप्ति र वातावरणीय प्रभाव मूल्यांकनको काम सुरु, सडकमा नयाँ प्रविधि भित्रिँदै
सम्बन्धित सामग्री
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति विश्वविद्यालयका रजिस्ट्रार प्रा. डा. सुवीर सिंहले जारी गरेको पत्रअनुसार शिक्षा तथा खेलकुद मन्त्रालय र विश्वविद्यालय अनुदान आयोगबाट प... मंगलबार, असोज १३, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य समितिका अनुसार ठूलो नेपाली गोलभेडा प्रतिकेजी ७० रुपैयाँ, भारतीय ठूलो गोलभेडा ७० रुपैयाँ र सानो (टनेल) गोलभेडा ४२ रुपैयाँमा कारोबार भ... शुक्रबार, असोज २, २०८३
कर्णालीमा खेती गरिएको ६९ प्रतिशत जमिन सिँचाइविहीन कर्णाली प्रदेशमा खेती भइरहेको एक लाख ३० हजार ७३१ हेक्टर जमिनमध्ये ९० हजार २०४ हेक्टर अर्थात् करिब ६९ प्रतिशतमा सिँचाइ सुविधा पुगेको... बिहीबार, असोज १, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेश बिहीबार, असोज २२, २०८३
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष बिहीबार, असोज २२, २०८३
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद बिहीबार, असोज २२, २०८३
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड बिहीबार, असोज २२, २०८३
विदेश जाने यात्रुका लागि ग्लोबल आइएमई बैंकको उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्