• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, भदौ १४, २०८३ Sun, Aug 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

संसदीय समितिमा प्रस्ताव: उखु किसानलाई भुक्तानी दिलाउन सांसदहरु नै अनसनमा बसौं 

64x64
नेपाल लाइभ मंगलबार, पुस २०, २०७८  १६:३३
1140x725
लेखा समिति बैठक, फाइल तस्बिर

काठमाडौं– उखु किसानहरुको बक्यौता रकम भुक्तानीका लागि दबाब दिन सांसदहरुले नै आमरण अनसनमा बस्नुपर्ने प्रस्ताव अगाडि सारिएको छ। प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको मंगलबार बसेको बैठकमा सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले उखु किसानको बक्यौता रकम भुक्तानी नभए सांसदहरुले नै अनसन बस्नुपर्ने प्रस्ताव गरेका हुन्। 

मोदीले उखु किसानको बक्यौता रकम भुक्तान नगरिए काठमाडौंको माइतीघरमा अनसनमा बस्ने चेतावनी दिएका हुन्। सांसद मोदीले उखु किसानहरुले पटक–पटक आन्दोलन गर्दा पनि सरकारले उनीहरुलाई भुक्तानी नदिएको भन्दै अब आफैं आमरण अनसनमा बसेर भुक्तानी दिलाइ छाड्ने बताए। 

सांसद मोदीले उखु किसानहरुको भुक्तानीको समस्या तत्काल समाधान नभए सांसदहरु आफैंले आन्दोलन गरेर सरकारलाई घुँडा टेकाउनुपर्ने बताए। 

सांसद मोदीले उखु किसानहरुको भुक्तानी दिलाउने गरी आवश्यक मोडल बनाउन सरकारलाई कुनै समस्या नरहेको दाबी समेत गरे। 

‘अब मजदुरहरु, किसानहरुको बारेमा राज्यले सुन्दैन भने संसद् त चलेन। संसद चलेको छैन। अवरोध छ । अव किसानहरुले आन्दोलन गर्नुपर्दैन। हामी आन्दोलन गर्छौं, माईतीघर मण्डलामा। आन्दोलन गर्छौं। यो चाहिँ घोषणा हो। यदि हामी सांसदहरु नै अनसन बस्यौं भने म त बस्छुबस्छु। तपाईहरुले यो कुरा सल्टयाउनु भएन भने हामी आमरण अनसन बसेर भएपनि, आन्दोलन गरेर भएपनि तपाईंहरुलाई घुडा टेकाउछौं,’ मोदीले भने। 

nimb
nimb

बैठकमा बोल्दै नेपाली काँग्रेसका सांसद राजेन्द्रकुमार केसीले उखु किसानहरुको भुक्तानी तत्काल गर्न सरकारको ध्यानाकर्षण गराए। आफ्नो भुक्तानीका लागि  कुनै पनि किसानले फेरि आन्दोलन गर्नु नगर्ने गरी सरकारले उनीहरुको समस्या समाधान गर्न ढिलाई गर्न नहुने सांसद केसीको भनाइ छ। 

नेकपा (माओवादी केन्द्र)की अर्का सांसद धर्मशीला चापागाईँले समितिले पटक–पटक उखु किसानको भुक्तानी गर्न दिएको निर्देशन सरकारले बेवास्ता गरेको भन्दै आपत्ति जनाइन्। सरकारले किन उखु किसानहरुलाई भुक्तानी दिन नसकेको? भनेर समेत चापागाईँले प्रश्न गरिन्। 

सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराईले आफ्नो मन्त्रालयले उखु किसानहरुको भुक्तानीका लागि प्रयास गरिरहेको बताए। करिव १ अर्व ७० करोड उखु किसानहरुको भुक्तानी हुनुपर्नेमा मन्त्रालयले करिव ८ करोडमा झारेको पनि उनले जानकारी दिए। 

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा. गोविन्द्रप्रसाद शर्माले उद्योगहरुको दायित्वमा रहेको उखु किसानलाई दिने भुक्तानी सरकारले दिन नमिल्ने बताए। उनले ती समस्या समाधानका लागि सरकार लागि परेको पनि बताए। 

अर्थ मन्त्रालयका राजस्व सचिव कृष्णहरि पुस्करले उखु किसानहरुको समस्या समाधान लागि आफ्नो मन्त्रालय प्रतिवद्ध रहेको बताए। उनले कृषि क्षेत्रको विकासमा लगानी बढाउन अर्थ मन्त्रालयले आवश्यक बजेटको व्यवस्था गर्ने बताए। 

सचिव पुस्करले उखु किसानहरुको भुक्तानीको समस्या समाधानका लागि उद्योग, वाणिज्य र आपूर्ति मन्त्रालय र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयसँग छलफल भईरहेको पनि बताए। 

प्रकाशित मिति: मंगलबार, पुस २०, २०७८  १६:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
त्रिशूलीको बाढीले धादिङको गल्छीमा चार घर बगायो
अमेरिकालाई तेलमा पहुँच दिए पनि सार्वभौमसत्ता नछाड्ने भेनेजुएलाको दाबी
उद्धार कोषमा १ लाख २० हजार हालेको भन्दै भ्रम फैलाउने व्यक्ति पक्राउ
सम्बन्धित सामग्री
सरकारको ध्यान फोटो खिच्ने र ‘स्ट्यण्डबाजी’ गर्नेमा मात्र गयो : ढुङ्गेल नेकपा एमाले केन्द्रीय सदस्य माधव ढुङ्गेलले सरकार रसुवा र नुवाकोटका बाढी पीडितको उद्धार र राहतमा भन्दा पनि प्रचारमा केन्द्रित रहेको आ... आइतबार, भदौ १४, २०८३
नेकपाले बाढीपीडितलाई २५ लाख रुपैयाँ दिने नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले रसुवा बाढीबाट पीडितहरूको सहयोगमा प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा तत्काल २५ लाख रुपैयाँ न... आइतबार, भदौ १४, २०८३
भोटेकोशी बाढीको चौथो दिन: प्रधानमन्त्री बालेनले सुनाए बाढी प्रभावित क्षेत्रमा सरकारले गरेका कामको फेहरिस्त बाढीबाट विस्थापित करिब ३ हजार ५०० जनाका लागि अस्थायी आवासको व्यवस्था गरिएको छ। रसुवा, नुवाकोटलगायत प्रभावित क्षेत्रमा राहत शिविर सञ्... शनिबार, भदौ १३, २०८३
ताजा समाचारसबै
त्रिशूलीको बाढीले धादिङको गल्छीमा चार घर बगायो आइतबार, भदौ १४, २०८३
अमेरिकालाई तेलमा पहुँच दिए पनि सार्वभौमसत्ता नछाड्ने भेनेजुएलाको दाबी आइतबार, भदौ १४, २०८३
उद्धार कोषमा १ लाख २० हजार हालेको भन्दै भ्रम फैलाउने व्यक्ति पक्राउ आइतबार, भदौ १४, २०८३
सरकारको ध्यान फोटो खिच्ने र ‘स्ट्यण्डबाजी’ गर्नेमा मात्र गयो : ढुङ्गेल आइतबार, भदौ १४, २०८३
मंगोलियाका स्टार आउटसाइड हिटर अन्नपूर्णमा आइतबार, भदौ १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यती एअरलाइन्सको चार्टर उडानमार्फत सद्गुरु नेपाल आइपुगे शनिबार, भदौ १३, २०८३
कञ्चनपुर पुगेका दुई भारतीय प्रहरी नियन्त्रणमा शनिबार, भदौ १३, २०८३
कृष्णभीरमा सडक भासियो, काठमाडौं–मुग्लिन सडक पूर्णरूपमा अवरुद्ध आइतबार, भदौ १४, २०८३
भोटेकोशी बाढीको चौथो दिन: प्रधानमन्त्री बालेनले सुनाए बाढी प्रभावित क्षेत्रमा सरकारले गरेका कामको फेहरिस्त शनिबार, भदौ १३, २०८३
चौधरी फाउन्डेसन र नबिल बैंकका अध्यक्षद्वारा बाढी प्रभावित समुदायका लागि बहुचरणीय राहत तथा पुनर्स्थापना कार्यक्रमको घोषणा शनिबार, भदौ १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
नेपालीजी अर्थात् मधेश–मिथिला ‘इन्साक्लोपिडिया’ धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्