• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, माघ ८, २०८२ Thu, Jan 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

अवकाशको ६ वर्षपछि एसपीको फुलीकाण्ड: खरेलको मुद्दा खारेज, २०६९ सालबाटै अवकाश हुने सर्वोच्चको फैसला

64x64
नारायण अधिकारी मंगलबार, फागुन १०, २०७८  १६:०७
1140x725
२०७५ जेठमा दीपकराज खरेललाई एसपीको दर्ज्यानी चिह्न लगाउँदै तत्कालीन आईजीपी सर्वेन्द्र खनाल।

काठमाडौं– अवकाश भएको ६ वर्षसम्म पनि सेवामै रहेका प्रहरी उपरीक्षक (एसपी) दीपकराज खरेलको मुद्दा सर्वोच्च अदालतले खारेज गरेको छ। ३० वर्षे सेवा अवधिका कारण ६ वर्षअघि नै अवकाशमा जानुपर्ने खरेलले ३६ वर्षसम्म प्रहरी सेवामा बिताएको बारेको समाचार नेपाल लाइभले २०७५ मंसीर ४ गते प्रकाशन गरेको थियो। 

त्यसपछि प्रहरीको किताबखानले एसपी खरेललाई अवकाशको पत्र थमाएको थियो। प्रहरी किताबखानाले अवकाशको पत्र थमाएपछि एसपी खरेल त्यसविरुद्ध सर्वोच्च अदालतमा पुगेका थिए। सर्वोच्च अदालतले अन्तरिम आदेश दिँदै उनलाई सेवामै राख्न निर्देशन दिएको थियो।

त्यसको तीन वर्षपछि अन्तिम फैसला सुनाउँदै सर्वोच्च अदालतले एसपी खरेलले गरेको मागदाबी खारेज गरेको हो। सर्वोच्चका कायममुकाय प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश हरिप्रसाद फुयालको संयुक्त इजलासले खरेलको मागदाबी रिट खारेज गरेको हो। योसँगै उनी सेवामा रहन नपाउने भएका छन्। प्रहरी किताबखानाले यसअघि उनलाई थमाएको अवकाशको पत्र सदर हुने भएको छ।

२०३९ चैत १३ गते खरेल तत्कालीन मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र हेटौंडाबाट प्रहरी जवान पदमा भर्ना भएका थिए। जवानमा भर्ना भएको मितिबाट अहिलेसम्म उनको प्रहरी सेवाको अवधि ३९ वर्ष पुग्छ। प्रहरी नियमावली २०७१ को परिच्छेद–११ मा अवकाशबारे उल्लेख छ। नियमावलीमा उल्लेख भएअनुसार सेवा अवधि, उमेर हद र पद बमोजिमको पदावधिका आधारमा अनिवार्य अवकाश हुने व्यवस्था गरिएको छ। 

उक्त नियमावली अनुसार ३० वर्षे सेवा अवधि वा पद बमोजिम पदावधि वा तोकिएको उमेर हदमध्ये जुन पहिला आकर्षित हुन्छ, सोही अनुसार सेवाबाट अनिवार्य अवकाश हुनुपर्ने प्रावधान छ। उमेर हद र पद बमोजिमको पदावधिका कारण एसपी खरेल अवकाश हुँदैनन्। तर, उनी सेवा अवधिका कारण अनिवार्य अवकाश भइसकेको ९ वर्ष भइसकेको छ। परिच्छेद ११ को दफा १२७ को उपदफा १ को (घ) मा प्रहरीमा ३० वर्ष सेवा अवधि गरेको व्यक्ति अनिवार्य अवकाश हुने उल्लेख छ। यसरी प्रहरी नियमावली अनुसार एसपी खरेल ९ वर्षअघि २०६९ चैत १२ गते अनिवार्य अवकाश हुनुपर्ने हो।

कुटिल चाल चालेर जागिर लम्ब्याउन खोजेका एसपी खरेल थोरै बुद्धि नपुग्दा चुकेका थिए। २०३९ सालमा प्रहरी सेवामा प्रवेश गरेका खरेल गयल भएका कारण २०५४ वैशाख २ गते सेवाबाट हटाइए। त्यसेबला उनले प्रहरी सेवामा १३ वर्ष बिताइसकेका थिए। १३ वर्ष सेवा गरेबापत प्रहरी नियमावली अनुसार आफूले पाउनुपर्ने उपदान बापतको रकमसमेत उनले २०५४ साउन २२ गते बुझेका थिए।

अच्युतकृष्ण खरेल पुनः आईजीपी हुँदा दीपकराजको उमेर ३३ वर्षको थियो। खुल्ला प्रतिस्पर्धाबाट प्रहरी निरीक्षकमा भर्ना हुन उनलाई उमेरले छेक्थ्यो। १५ महिनाअघि सेवाबाट हटाइएका दीपकराजलाई तत्कालीन आईजीपी अच्युतकृष्णले प्रहरी निरीक्षक बनाउन कुटिल चाल चाल्दै २०५५ साउन १ गते पुरानो निर्णय बदर गर्दै पुनः प्रहरी सेवामा प्रवेश गराएका थिए।

१५ महिनासम्म घर बसेका उनलाई पुनर्वाहली गराउँदै १५ महिनासम्मको पाउनुपर्ने सेवा सुविधा समेत आईजीपी अच्युतकृष्ण खरेलले दिलाएका थिए। 

Ncell 2
Ncell 2

जबकि उनी उपदानसमेत लिएर बिदा भइसकेका थिए। उनले लिएको उपदान अहिलेसम्म फिर्ता गरेका छैनन्। उपदान पनि फिर्ता नगर्ने र १५ महिनासम्मको गयल भएको बेलाको समेत तलब सुविधा बुझेकाले उनको जागिरमा पुन: भर्ना नभई पुनर्बहाली भएको थियो।

यहीबाट नै उनी चुकेको देखिन्छ। प्रहरी नियमावली २०७१ अनुसार एसपी खरेलले त्यसबेला आफू गयल भएको १५ महिनाको तलबभत्ता नबुझी पुन: भर्ना भएका भए उनले जागिर अवधि लम्बिन्थ्यो र प्रहरी नियमावली अनुसार नै उनी अहिले सेवारत हुन्थे। अनेक जुक्ति निकालेर जागिर लम्ब्याउन खोजेका पूर्वआईजीपी खरेल र एसपी खरेल यहीँनेर चुकेको थिए।

त्यसैगरी पुनर्बहाली भएर प्रहरी निरीक्षकमा विभागीय भएर आवेदन दिने बेला उनले २०३९ सालदेखि प्रहरी सेवामा रहेको कागजात पेस गरेका थिए। यसबाट पनि उनीहरु कानुनी रुपमा तल परेका थिए। यही तथ्यलाई आधार मान्दै प्रहरी किताबखानाले उनी ६ वर्षअघि २०६९ साल चैत १२ गते ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाश हुनुपर्ने भन्दै गृहको राय माग गरेको थियो।

पछि उनलाई अवकाशको पत्र समेत थमाइएको थियो। त्यसपछि सर्वोच्च अदालतको शरणमा पुगेर खरेलले अन्तरिम आदेशमार्फत जागिर जोगाएका थिए। अन्ततः उनको माग बमोजिमको रिट खारेज गर्दै अवकाशको पत्र थमाउने निर्णयलाई सर्वोच्चले सदर गरेको छ।

यो पनि पढ्नुहोस् :
अवकाशको ६ वर्षपछि एसपीको फुलीकाण्ड : तत्काल पुनर्बहाली आदेश गर्न सर्वोच्चद्धारा अस्वीकार

अवकाशको ६ वर्षपछि एसपीको फुलीकाण्ड : पुनर्बहालीको माग गर्दै सर्वोच्च पुगे खरेल

अवकाशको ६ वर्षपछि एसपीको फुलीकाण्ड : अन्ततः दीपकराज खरेललाई अवकाशको पत्र

एसपी खरेलको दोहोरो नागरिकताबारे छानबिन गर्न गृहले काट्यो पत्र

एसपी खरेलको दोहोरो नागरिकता, १४ वर्षमै सेवा प्रवेश?

EXCLUSIVE : अवकाशको ६ वर्षपछि खरेललाई एसपीको फुली, पूर्व आइजिपीको कुटिल चाल, गुमराहमा सरकार

प्रकाशित मिति: मंगलबार, फागुन १०, २०७८  १६:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
चुनावका बेला सामाजिक सञ्जालको दुरुपयोग रोक्न निगरानी बढाइने आसन्न निर्वाचनकेन्द्रित सुरक्षा रणनीतिकै अंगको क्रममा लिँदै गैरकानुनी काम भएको पाइए कडाइका साथ कारबाही गर्ने निर्णयसमेत भएको छ । बुधबार, माघ ७, २०८२
हाजिर जमानीमा छुटे दुर्गा प्रसाईं माघ ५ मा प्रहरीले उनलाई पोखराबाट पक्राउ गरेर काठमाडौँ ल्याएको थियो । प्रसाईंलाई हाजिर जमानीमा रिहा गरिएको जिल्ला सरकारी वकिल कार्याल... मंगलबार, माघ ६, २०८२
११ एसएसपीकाे सरूवा, काे कहाँ (सूचीसहित) शनिबार, माघ ३, २०८२
ताजा समाचारसबै
किन केही मानिसहरुका लागि तौल घटाउन मुश्किल पर्छ ? बिहीबार, माघ ८, २०८२
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले आज नेदरल्यान्ड्ससँग भिड्दै बिहीबार, माघ ८, २०८२
उम्मेदवारको नामावली आज प्रकाशन हुँदै बिहीबार, माघ ८, २०८२
यस्तो रहनेछ देशभरको मौसम बिहीबार, माघ ८, २०८२
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर बिहीबार, माघ ८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
एमाले निकट युवा संघ दमक नगरका अध्यक्ष र उपाध्यक्षले छाडे एमाले, बालेनको पक्षमा खुले बुधबार, माघ ७, २०८२
यी ६ पूर्वअर्थमन्त्री चुनावी दौडमा, को कहाँबाट भिड्दै छन्? बुधबार, माघ ७, २०८२
७० प्रतिशत भोट ल्याएर जित्ने ओलीको दाबी बुधबार, माघ ७, २०८२
पतञ्जलि जग्गा प्रकरण : माधव नेपालसहितको भ्रष्टाचार मुद्दामा अख्तियारबाट मिसिल झिकाउने आदेश बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्