• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, कात्तिक ५, २०८२ Wed, Oct 22, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

अवकाशको ६ वर्षपछि एसपीको फुली काण्ड : अन्ततः दीपकराज खरेललाई अवकाशको पत्र

64x64
नेपाल लाइभ आइतबार, पुस ८, २०७५  १४:५७
1140x725

काठमाडौं– अवकाश भएको ६ वर्षपछि प्रहरी उपरीक्षक (एसपी) दीपकराज खरेललाई अवकाश दिइने भएकाे छ। अवकाशमा जानुपर्ने समय गुज्रेको ६ वर्षपछि पनि एसपीमा बढुवा भएकोबारे नेपाल लाइभले समाचार सम्प्रेषण गरेपछि गृह मन्त्रालयले छानबिन सुरु गरेको थियो।

गृहले खरेलको सेवा अवधिसम्बन्धमा प्रहरी किताब खानामा विवरण माग गरेको थियो। खरेलको हालसम्मको कार्यावधिलाई अध्ययन गर्दा २०६९ सालमै उनी अवकाश हुनुपर्ने निष्कर्ष निकाल्दै किताबखानाले अवकाशको पत्र पठाएको हो।

यसबीचमा खरेलले नेपाल प्रहरीको काजमा रही लिएको सबै सेवासुविधासमेत फिर्ता गर्नुपर्ने कितावखानाले जनाएको छ।

किताबखानाले शुक्रबार गृह तथा प्रहरी प्रधान कार्यालयलाई खरेललाई अवकाश दिनुपर्ने निष्कर्षसहितको पत्र पठाएको हो।

२०३९ चैत १३ गते खरेल तत्कालीन मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र हेटौंडाबाट प्रहरी जवान पदमा भर्ना भएका व्यक्ति हुन्। जवानमा भर्ना भएको मितिबाट अहिलेसम्म उनको प्रहरी सेवाको अवधि ३६ वर्ष पुग्छ।

प्रहरी नियमावली २०७१ को परिच्छेद–११ मा अवकाशबारे उल्लेख छ। नियमावलीमा उल्लेख भएअनुसार सेवा अवधि, उमेर हद र पद बमोजिमको पदावधिका आधारमा अनिवार्य अवकाश हुने व्यवस्था गरिएको छ। 

उक्त नियमावली अनुसार ३० वर्षे सेवा अवधि वा पद बमोजिम पदावधि वा तोकिएको उमेर हदमध्ये जुन पहिला आकर्षित हुन्छ, साेही अनुसार सेवाबाट अनिवार्य अवकाश हुनुपर्ने प्रावधान छ। 

उमेर हद र पद बमोजिमको पदावधिका कारण एसपी खरेल अवकाश हुँदैनन्। तर, उनी सेवा अवधिका कारण अनिवार्य अवकाश भइसकेको ६ वर्ष भइसकेको छ। 

Ncell 2
Ncell 2

परिच्छेद ११ को दफा १२७ को उपदफा १ को (घ) मा प्रहरीमा ३० वर्ष सेवा अवधि गरेको व्यक्ति अनिवार्य अवकाश हुने उल्लेख छ। यसरी प्रहरी नियमावली अनुसार एसपी खरेल ६ वर्षअघि २०६९ चैत १२ गते अनिवार्य अवकाश हुनुपर्ने हो।

यसरी चुकेका थिए खरेल
कुटिल चाल चालेर जागिर लम्ब्याउन खोजेका एसपी खरेल थोरै बुद्धि नपुग्दा चुकेका थिए। २०३९ सालमा प्रहरी सेवामा प्रवेश गरेका खरेल गयल भएका कारण २०५४ बैसाख २ गते सेवाबाट हटाइए। त्यसेबला उनले प्रहरी सेवामा १३ वर्ष बिताइसकेका थिए। १३ वर्ष सेवा गरेबापत प्रहरी नियमावली अनुसार आफूले पाउनुपर्ने उपदान बापतको रकमसमेत उनले २०५४ साउन २२ गते बुझेका थिए। 

अच्युतकृष्ण खरेल पुनः आइजिपी हुँदा दीपकराजको उमेर ३३ वर्षको थियो। खुल्ला प्रतिस्पर्धाबाट प्रहरी निरीक्षकमा भर्ना हुन उनलाई उमेरले छेक्थ्यो। 

१५ महिनाअघि सेवाबाट हटाइएका दीपकराजलाई तत्कालीन आइजिपी अच्युतकृष्णले प्रहरी निरीक्षक बनाउन कुटिल चाल चाल्दै २०५५ साउन १ गते पुरानो निर्णय बदर गर्दै पुनः प्रहरी सेवामा प्रवेश गराएका थिए। १५ महिनासम्म घर बसेका उनलाई पुनर्वाहली गराउँदै १५ महिनासम्मको पाउनुपर्ने सेवा सुविधा समेत आइजिपी अच्युतकृष्ण खरेलले दिलाएका थिए। 

जबकि उनी उपदानसमेत लिएर बिदा भइसकेका थिए। उनले लिएको उपदान अहिलेसम्म फिर्ता गरेका छैनन्। उपदान पनि फिर्ता नगर्ने र १५ महिनासम्मको गयल भएको बेलाको समेत तलब सुविधा बुझेकाले उनको जागिरमा पुन: भर्ना नभई पुनर्बहाली भएको थियो।

यहीबाट नै उनी चुकेको देखिन्छ। प्रहरी नियमावली २०७१ अनुसार एसपी खरेलले त्यसबेला आफू गयल भएको १५ महिनाको तलबभत्ता नबुझी पुन: भर्ना भएका भए उनले जागिर अवधि लम्बिन्थ्यो र प्रहरी नियमावली अनुसार नै उनी अहिले सेवारत हुन्थे। निकै 'मास्टर माइन्ड' लगाएर जागिर लम्ब्याउन खोजेका पूर्व आइजिपी खरेल र एसपी खरेल यहीँनेर चुकेको देखिन्छ।

त्यसैगरी पुनर्बहाली भएर प्रहरी निरीक्षकमा विभागीय भएर आवेदन दिने बेला उनले २०३९ सालदेखि प्रहरी सेवामा रहेको कागजात पेश गरेका थिए। यसबाट पनि उनीहरु कानुनी रुपमा तल परेका छन्। यही तथ्यलाई आधार मान्दै प्रहरी किताबखानाले उनी ६ वर्षअघि २०६९ साल चैत १२ गते ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाश हुनुपर्ने भन्दै गृहको राय माग गरेको हो। 

पुनर्बहाली भएपछि किन गरिएन उपदान फिर्ता?

अच्युतकृष्ण खरेल पुन: आइजिपी भएपछि एसपी खरेल त्यसबेला प्रहरी हवल्दारमा पुनर्बहाली भएका थिए। जबकि उनले यसभन्दा अघि आफूले पाउनुपर्ने उपदान समेत बुझिसकेका थिए। तर सेवामा पुनर्बहाली भएपछि फिर्ता गर्नुपर्ने उपदान उनले अझै फिर्ता गरेका छैनन्। उपदान लिएपछि सेवामा रहिरहन नपाउने कानुनी प्रावधान छ।

तर उनी उपदान पनि लिने र सेवामा रहिरहने गरेका छन्। यसरी उनले प्रहरी नियमावली विपरीत प्रहरीबाट दोहोरो सुविधा लिएको देखिन्छ।

यस सम्बन्धमा नेपाल लाइभले प्रकाशन गरेका विशेष समाचार:

EXCLUSIVE : अवकाशको ६ वर्षपछि खरेललाई एसपीको फुली, पूर्व आइजिपीको कुटिल चाल, गुमराहमा सरकार

अवकाशको ६ वर्षपछि एसपीको फुली काण्ड : छानबिन गर्न गृह र सतर्कता केन्द्रलाई निर्देशन

प्रकाशित मिति: आइतबार, पुस ८, २०७५  १४:५७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
तिहारको पाँचौं दिन : गाई पूजा पनि आजै गरिँदै
यस्तो छ आजको मौसम, टीकाको दिन कस्तो रहला?
बालुवाटारमा सरकार र दलहरुबीचको संवाद जारी
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
तिहारको पाँचौं दिन : गाई पूजा पनि आजै गरिँदै बुधबार, कात्तिक ५, २०८२
यस्तो छ आजको मौसम, टीकाको दिन कस्तो रहला? बुधबार, कात्तिक ५, २०८२
बालुवाटारमा सरकार र दलहरुबीचको संवाद जारी मंगलबार, कात्तिक ४, २०८२
जेनजी आन्दोलनका घाइतेद्वारा प्रधानमन्त्रीसँग ५ बुँदे माग मंगलबार, कात्तिक ४, २०८२
प्रधानमन्त्रीसँगको छलफलमा विभिन्न दलका १६ जना नेता सहभागी हुँदै मंगलबार, कात्तिक ४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारतीय अभिनेता असरानीको निधन मंगलबार, कात्तिक ४, २०८२
जेनजी आन्दोलनका घाइतेद्वारा प्रधानमन्त्रीसँग ५ बुँदे माग मंगलबार, कात्तिक ४, २०८२
प्रधानमन्त्रीसँगको छलफलमा विभिन्न दलका १६ जना नेता सहभागी हुँदै मंगलबार, कात्तिक ४, २०८२
बालुवाटारमा सरकार र दलहरुबीचको संवाद जारी मंगलबार, कात्तिक ४, २०८२
विपिन जोशीको अन्तिम बिदाइ मंगलबार, कात्तिक ४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बैशाखमा निर्वाचन सार्ने तयारी बिहीबार, असोज ३०, २०८२
जापानलाई हराएसँगै यूएई विश्वकपमा छनोट, सबै टोलीको टुंगो लाग्यो बिहीबार, असोज ३०, २०८२
हमासले युद्धविराम उल्लंघन गरेको भन्दै इजरायलद्वारा गाजामा हवाई आक्रमण आइतबार, कात्तिक २, २०८२
ओमानविरुद्ध टस जित्दै ब्याटिङ रोज्यो नेपालले, टोलीमा एक परिवर्तन बुधबार, असोज २९, २०८२
ओमान क्रिकेट एकेडेमीमा सामोआविरुद्ध यूएईद्वारा छक्काको वर्षा, २२६ रनको विशाल लक्ष्य बुधबार, असोज २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्