• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

अवकाशको ६ वर्षपछि एसपीको फुलीकाण्ड : पुनर्बहालीको माग गर्दै सर्वोच्च पुगे खरेल

64x64
नेपाल लाइभ मंगलबार, पुस १०, २०७५  १३:४६
1140x725

काठमाडौं– सेवा निवृत्त भएको ६ वर्षपछि मात्रै अवकाशको पत्र थमाइएका प्रहरी उपरीक्षक (एसपी) दीपकराज खरेल पुनर्बाहलीको माग गर्दै सर्वोच्च अदालत पुगेका छन्।

अवकाशमा जानुपर्ने समय गुज्रेको ६ वर्षसम्म जागिर खाइरहेको भन्नेबारे नेपाल लाइभले समाचार सम्प्रेषण गरेपछि उनलाई सेवाबाट हटाइएको थियो।

प्रहरी किताबखानाको विवरणअनुसार एसपी खरेल २०६९ चैत १२ गते नै ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाशमा जानुपर्ने थियो। सोही अभिलेखअनुसार उक्त मितिबाटै खरेल अवकाशमा जानुपर्ने भन्दै किताबखानाले गत शुक्रबार नै उनलाई अवकाशको पत्र थमाएको थियो। किताबखानाको पत्र आएपछि उनी अवकाशमा गएका थिए।

खरेलले गृह मन्त्रालयलाई समेत प्रभावमा पारेर पुस ६ गते सेवामा रहिरहन सक्ने बेहोराको पत्रसमेत लगेका थिए। त्यसको तीन दिनपछि पुस ९ गते उनको जागिर खोसिएको थियो।

अवकाशको पत्र पाएको दुई दिनपछि सोमबार खरेल पुनर्बाहलीको माग गर्दै सर्वोच्च पुगेका हुन्।

उनले प्रहरी किताबखानामा २०५५ मंसिर १८ बाट नयाँ नियुक्तिको अभिलेखीकरण भएको तर पुरानो नियुक्तिअनुसार सेवा अवधि जोडेर अन्यायपूर्वक हटाइएको भन्दै रिट दायर गरेका छन्।

प्रहरी नियमावली २०४९ को दफा ११० र २०६४ को १४० मा उपदान पाएको व्यक्तिले उपदान रकम फिर्ता नगरेको खण्डमा नयाँ, पछिल्लो मितिबाट सेवा अवधि गणना हुने व्यवस्था भएको भन्दै अवकाशको पत्र बदर गरी पाउँ भनेर खरेलले रिट दायर गरेका छन्।

खरेलको मुद्दा सर्वोच्चका न्यायाधीश डम्बरबहादुर शाहीको इजलाशमा पेस भएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

इन्सपेक्टरमा भर्ना हुन फारम भर्दा हवल्दार, नतिजा प्रकाशित हुने बेला जवान

तत्कालीन समयमा दीपकराज खरेललाई प्रहरी निरीक्षक बनाउन खोसिएको जागिर जोडिएन मात्रै, हवल्दारबाट राजीनामा गर्न लगाई जवानमा भर्ना गराइएको थियो।

जानकारहरु भन्छन्, ‘तत्कालीन आइजिपी अच्युतकृष्ण खरेलको ‘मास्टर माइन्ड’ र ठाडो आदेशकै कारण खोसिएको जागिर जोडिने त कहिले हवल्दारबाट जवान हुनेसम्म भएको थियो।’

आइजिपी नै आफ्नै मान्छे भएपछि प्रहरी निरीक्षक हुनेमा दीपकराज त्यसबेलै ढुक्क थिए। किनकि २०५४ बैसाख २ गते सेवाबाट हटाइएका उनलाई प्रहरी निरीक्षक बनाउनै अच्युतकृष्णले बोलाएर पुनः १५ महिनापछि जागिर खुवाएका थिए।

Xtrem

Xtrem

त्यसपछि २०५५ साउन २५ गते प्रहरी निरीक्षकको आदेवन खुल्ला गरियो। उनले विभागीय भएर आवेदन दिए। त्यसबेला उनले २०३९ सालमा प्रहरी सेवामा कार्यरत रहेको कागजात पेस गरेका थिए। दीपकराज प्रहरी निरीक्षक हुने पक्का भयो। तर, जम्मा १५ वर्षमात्रै सेवा गर्न पाउने भए। किनकि २०३९ साल चैतमा प्रहरी सेवामा प्रवेश गरेका उनले जवान र हवल्दार पदमा गरी १५ वर्ष बिताइसकेका थिए।

तर, सेवा अवधि लम्ब्याउनका लागि अर्को कुटिल चाल चालियो– हवल्दारबाट जवानमा भर्ना।

आइजिपी अच्युतकृष्णकै आदेशमा दीपकराजले २०५५ मंसिर १८ गते हवल्दारबाट राजीनामा दिए। बिना विज्ञापन आइजिपीको ठाडो आदेशमा सोही दिन मंसिर १८ गते उनी प्राविधिकतर्फको जवान पदमा भर्ना भए।

यसरी पहुँचको आधारमा खोसिएको जागिर जोड्दै हवल्दारबाट जवानमा भर्ना हुँदै दीपकराज प्रहरी निरीक्षक हुन सफल भए। प्रहरी निरीक्षकको आवेदन दिँदा हवल्दार भएका उनी निरीक्षकको जागिर खानेबला जवान थिए। यसरी कुटिल चाल चालेर खरेलले २०५६ असार ३ गते प्रहरी निरीक्षकको फुली लगाए।

यही आधार मान्दै प्रहरी किताबखानाले प्रहरी निरीक्षकमा भर्ना हुँदा पेस गरेको कागजातअनुसार उनको जागिरको अवधि ६ वर्ष पहिले सकिएको भन्दै अवकाशको पत्र थमाएको हो।

यसबारे किताबखाना स्रोतले भनेको छ, ‘बिचमा कसले जागिर छोड्यो, खायो, त्यसले हामीसँग सरोकार राख्दैन। उनले जागिर खाने बेला विभागीयको रुपमा पेस गरेको कागजातअनुसार उनी ६ वर्ष पहिल्यै अवकाशमा जानुपर्ने हो। त्यही भएर ६ वर्ष अगाडिकै मितिबाट अवकाश हुनेगरी पत्र पठाइएको हो।’

यस सम्बन्धमा नेपाल लाइभले प्रकाशन गरेका विशेष समाचार:

EXCLUSIVE : अवकाशको ६ वर्षपछि खरेललाई एसपीको फुली, पूर्व आइजिपीको कुटिल चाल, गुमराहमा सरकार

अवकाशको ६ वर्षपछि एसपीको फुली काण्ड : छानबिन गर्न गृह र सतर्कता केन्द्रलाई निर्देशन

अवकाशको ६ वर्षपछि एसपीको फुली काण्ड : अन्ततः दीपकराज खरेललाई अवकाशको पत्र

प्रकाशित मिति: मंगलबार, पुस १०, २०७५  १३:४६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
खार्किभमा रुसी आक्रमण, कम्तीमा चार जनाको मृत्यु
गणेश लामाले पनि दिए कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी
तीन वटा संसदीय समितिको बैठक बस्दै
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
खार्किभमा रुसी आक्रमण, कम्तीमा चार जनाको मृत्यु मंगलबार, असोज २०, २०८३
गणेश लामाले पनि दिए कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी मंगलबार, असोज २०, २०८३
तीन वटा संसदीय समितिको बैठक बस्दै मंगलबार, असोज २०, २०८३
हिमपातले लिमी र हिल्सा सडक बन्द, पानी र रासनको समस्या मंगलबार, असोज २०, २०८३
अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबिच अमेरिकामा उच्चस्तरीय द्विपक्षीय भेटवार्ता मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
प्रधानमन्त्री बालेन शाहको दावी ‘ कांग्रेसले २०१५ सालदेखि घोषणा पत्रमा लेख्यो, हामीले लालपुर्जा वितरण सुरु गर्‍यौं ’ सोमबार, असोज १९, २०८३
यस्तो छ कांग्रेस निर्वाचन कार्यतालिका, मतदान कहाँ-कहाँ? सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्