• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, कात्तिक ५, २०८२ Wed, Oct 22, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

अवकाशको ६ वर्षपछि एसपीको फुलीकाण्ड : पुनर्बहालीको माग गर्दै सर्वोच्च पुगे खरेल

64x64
नेपाल लाइभ मंगलबार, पुस १०, २०७५  १३:४६
1140x725

काठमाडौं– सेवा निवृत्त भएको ६ वर्षपछि मात्रै अवकाशको पत्र थमाइएका प्रहरी उपरीक्षक (एसपी) दीपकराज खरेल पुनर्बाहलीको माग गर्दै सर्वोच्च अदालत पुगेका छन्।

अवकाशमा जानुपर्ने समय गुज्रेको ६ वर्षसम्म जागिर खाइरहेको भन्नेबारे नेपाल लाइभले समाचार सम्प्रेषण गरेपछि उनलाई सेवाबाट हटाइएको थियो।

प्रहरी किताबखानाको विवरणअनुसार एसपी खरेल २०६९ चैत १२ गते नै ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाशमा जानुपर्ने थियो। सोही अभिलेखअनुसार उक्त मितिबाटै खरेल अवकाशमा जानुपर्ने भन्दै किताबखानाले गत शुक्रबार नै उनलाई अवकाशको पत्र थमाएको थियो। किताबखानाको पत्र आएपछि उनी अवकाशमा गएका थिए।

खरेलले गृह मन्त्रालयलाई समेत प्रभावमा पारेर पुस ६ गते सेवामा रहिरहन सक्ने बेहोराको पत्रसमेत लगेका थिए। त्यसको तीन दिनपछि पुस ९ गते उनको जागिर खोसिएको थियो।

अवकाशको पत्र पाएको दुई दिनपछि सोमबार खरेल पुनर्बाहलीको माग गर्दै सर्वोच्च पुगेका हुन्।

उनले प्रहरी किताबखानामा २०५५ मंसिर १८ बाट नयाँ नियुक्तिको अभिलेखीकरण भएको तर पुरानो नियुक्तिअनुसार सेवा अवधि जोडेर अन्यायपूर्वक हटाइएको भन्दै रिट दायर गरेका छन्।

प्रहरी नियमावली २०४९ को दफा ११० र २०६४ को १४० मा उपदान पाएको व्यक्तिले उपदान रकम फिर्ता नगरेको खण्डमा नयाँ, पछिल्लो मितिबाट सेवा अवधि गणना हुने व्यवस्था भएको भन्दै अवकाशको पत्र बदर गरी पाउँ भनेर खरेलले रिट दायर गरेका छन्।

खरेलको मुद्दा सर्वोच्चका न्यायाधीश डम्बरबहादुर शाहीको इजलाशमा पेस भएको छ।

Ncell 2
Ncell 2

इन्सपेक्टरमा भर्ना हुन फारम भर्दा हवल्दार, नतिजा प्रकाशित हुने बेला जवान

तत्कालीन समयमा दीपकराज खरेललाई प्रहरी निरीक्षक बनाउन खोसिएको जागिर जोडिएन मात्रै, हवल्दारबाट राजीनामा गर्न लगाई जवानमा भर्ना गराइएको थियो।

जानकारहरु भन्छन्, ‘तत्कालीन आइजिपी अच्युतकृष्ण खरेलको ‘मास्टर माइन्ड’ र ठाडो आदेशकै कारण खोसिएको जागिर जोडिने त कहिले हवल्दारबाट जवान हुनेसम्म भएको थियो।’

आइजिपी नै आफ्नै मान्छे भएपछि प्रहरी निरीक्षक हुनेमा दीपकराज त्यसबेलै ढुक्क थिए। किनकि २०५४ बैसाख २ गते सेवाबाट हटाइएका उनलाई प्रहरी निरीक्षक बनाउनै अच्युतकृष्णले बोलाएर पुनः १५ महिनापछि जागिर खुवाएका थिए।

त्यसपछि २०५५ साउन २५ गते प्रहरी निरीक्षकको आदेवन खुल्ला गरियो। उनले विभागीय भएर आवेदन दिए। त्यसबेला उनले २०३९ सालमा प्रहरी सेवामा कार्यरत रहेको कागजात पेस गरेका थिए। दीपकराज प्रहरी निरीक्षक हुने पक्का भयो। तर, जम्मा १५ वर्षमात्रै सेवा गर्न पाउने भए। किनकि २०३९ साल चैतमा प्रहरी सेवामा प्रवेश गरेका उनले जवान र हवल्दार पदमा गरी १५ वर्ष बिताइसकेका थिए।

तर, सेवा अवधि लम्ब्याउनका लागि अर्को कुटिल चाल चालियो– हवल्दारबाट जवानमा भर्ना।

आइजिपी अच्युतकृष्णकै आदेशमा दीपकराजले २०५५ मंसिर १८ गते हवल्दारबाट राजीनामा दिए। बिना विज्ञापन आइजिपीको ठाडो आदेशमा सोही दिन मंसिर १८ गते उनी प्राविधिकतर्फको जवान पदमा भर्ना भए।

यसरी पहुँचको आधारमा खोसिएको जागिर जोड्दै हवल्दारबाट जवानमा भर्ना हुँदै दीपकराज प्रहरी निरीक्षक हुन सफल भए। प्रहरी निरीक्षकको आवेदन दिँदा हवल्दार भएका उनी निरीक्षकको जागिर खानेबला जवान थिए। यसरी कुटिल चाल चालेर खरेलले २०५६ असार ३ गते प्रहरी निरीक्षकको फुली लगाए।

यही आधार मान्दै प्रहरी किताबखानाले प्रहरी निरीक्षकमा भर्ना हुँदा पेस गरेको कागजातअनुसार उनको जागिरको अवधि ६ वर्ष पहिले सकिएको भन्दै अवकाशको पत्र थमाएको हो।

यसबारे किताबखाना स्रोतले भनेको छ, ‘बिचमा कसले जागिर छोड्यो, खायो, त्यसले हामीसँग सरोकार राख्दैन। उनले जागिर खाने बेला विभागीयको रुपमा पेस गरेको कागजातअनुसार उनी ६ वर्ष पहिल्यै अवकाशमा जानुपर्ने हो। त्यही भएर ६ वर्ष अगाडिकै मितिबाट अवकाश हुनेगरी पत्र पठाइएको हो।’

यस सम्बन्धमा नेपाल लाइभले प्रकाशन गरेका विशेष समाचार:

EXCLUSIVE : अवकाशको ६ वर्षपछि खरेललाई एसपीको फुली, पूर्व आइजिपीको कुटिल चाल, गुमराहमा सरकार

अवकाशको ६ वर्षपछि एसपीको फुली काण्ड : छानबिन गर्न गृह र सतर्कता केन्द्रलाई निर्देशन

अवकाशको ६ वर्षपछि एसपीको फुली काण्ड : अन्ततः दीपकराज खरेललाई अवकाशको पत्र

प्रकाशित मिति: मंगलबार, पुस १०, २०७५  १३:४६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
तिहारको पाँचौं दिन : गाई पूजा पनि आजै गरिँदै
यस्तो छ आजको मौसम, टीकाको दिन कस्तो रहला?
बालुवाटारमा सरकार र दलहरुबीचको संवाद जारी
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
तिहारको पाँचौं दिन : गाई पूजा पनि आजै गरिँदै बुधबार, कात्तिक ५, २०८२
यस्तो छ आजको मौसम, टीकाको दिन कस्तो रहला? बुधबार, कात्तिक ५, २०८२
बालुवाटारमा सरकार र दलहरुबीचको संवाद जारी मंगलबार, कात्तिक ४, २०८२
जेनजी आन्दोलनका घाइतेद्वारा प्रधानमन्त्रीसँग ५ बुँदे माग मंगलबार, कात्तिक ४, २०८२
प्रधानमन्त्रीसँगको छलफलमा विभिन्न दलका १६ जना नेता सहभागी हुँदै मंगलबार, कात्तिक ४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारतीय अभिनेता असरानीको निधन मंगलबार, कात्तिक ४, २०८२
जेनजी आन्दोलनका घाइतेद्वारा प्रधानमन्त्रीसँग ५ बुँदे माग मंगलबार, कात्तिक ४, २०८२
प्रधानमन्त्रीसँगको छलफलमा विभिन्न दलका १६ जना नेता सहभागी हुँदै मंगलबार, कात्तिक ४, २०८२
बालुवाटारमा सरकार र दलहरुबीचको संवाद जारी मंगलबार, कात्तिक ४, २०८२
विपिन जोशीको अन्तिम बिदाइ मंगलबार, कात्तिक ४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बैशाखमा निर्वाचन सार्ने तयारी बिहीबार, असोज ३०, २०८२
जापानलाई हराएसँगै यूएई विश्वकपमा छनोट, सबै टोलीको टुंगो लाग्यो बिहीबार, असोज ३०, २०८२
हमासले युद्धविराम उल्लंघन गरेको भन्दै इजरायलद्वारा गाजामा हवाई आक्रमण आइतबार, कात्तिक २, २०८२
ओमानविरुद्ध टस जित्दै ब्याटिङ रोज्यो नेपालले, टोलीमा एक परिवर्तन बुधबार, असोज २९, २०८२
ओमान क्रिकेट एकेडेमीमा सामोआविरुद्ध यूएईद्वारा छक्काको वर्षा, २२६ रनको विशाल लक्ष्य बुधबार, असोज २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्