• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, मंसिर १, २०८२ Mon, Nov 17, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

महिलाले स्तनमा हुने क्यान्सर कसरी थाहा पाउने?

ज्ञान चतुर्वेदी आइतबार, फागुन १५, २०७८  ०७:०२
1140x725

स्तन क्यान्सर महिलाहरूमा सबैभन्दा धेरै हुने क्यान्सरमध्ये एक हो। महिलालाई हुने सबै क्यान्सरहरूमध्ये एक तिहाई स्तन क्यान्सर हुन्छ।

स्तन क्यान्सरबारे थप चर्चा गर्नुअघि एउटा प्रश्नको जवाफ थाहा पाउनु अनिवार्य छ– के पुरुषलाई स्तन क्यान्सर हुँदैन?

पुरुषलाई पनि स्तन क्यान्सर हुन्छ। कैयौं चिकित्सकले समेत पुरुषलाई पनि स्तन क्यान्सर हुने सम्भावना रहेको बिर्सन्छन्। तर, महिलालाई हुने स्तन क्यान्सरको तुलनामा पुरुषलाई स्तन क्यान्सरको सम्भावना १५० गुणा कम हुन्छ। त्यसैले कुनै पनि पुरुषलाई स्तनमा (खास गरी एकापट्टि मात्रै) कुनै किसिमको गाँठो छ, जसमा कुनै पीडा छैन भने क्यान्सर हुनसक्छ। यसको परीक्षण गम्भीर रूपमा हुनुपर्छ, जति महिलालाई हुने स्तन क्यान्सरमा गरिन्छ। 

अब महिलालाई हुने स्तन क्यान्सरको चर्चा गरौं। यो रोग के हो र यसबारे के–कस्ता विषय पत्ता लागेका छन् भन्ने जानकारी तलका प्रश्न र जवाफको माध्यमबाट बुझौं।

स्तन क्यान्सरबारे बुझ्न महिलाको जीवनमा भएका तीन घटनाबारे जान्नुपर्छ, जुन एकदमै महत्वपूर्ण हुन्छन्।

१. पहिलो पटक महिनावारी कहिले सुरु भयो?
यदि महिनावारी निकै कम उमेर (११ वा १२ वर्ष)मा सुरु भएको छ भने कालान्तरमास्तन क्यान्सरको जोखिम धेरै हुन्छ। 

२. महिनावारी कहिले बन्द भयो?
यदि, महिनावारी चाँडै रोकिएको छ (मोनोपज कम उमेरमै भएको अवस्थामा) भने स्तन क्यान्सरको जोखिम कम हुन्छ। 

३. पहिलो पटक गर्भवती हुँदा कति उमेर थियो?
१८ देखि २० वर्षको उमेरमा गर्भवती भएकी महिलालाई स्तन क्यान्सरको जोखिम कम हुन्छ। (तर, कम उमेरमा गर्भवती हुँदा अन्य जोखिम हुनसक्छ।)

Ncell 2
Ncell 2

कुनै पनि महिलाको जीवनमा केही समय वा मिति निकै महत्वपूर्ण किन हुन्छन्?
महिनावारीको नियन्त्रण गर्ने काम हर्मोनका माध्यमबाट हुन्छ। यसमा एस्ट्रोजन, प्रोजेस्ट्रोनजस्ता हर्मोन सामेल हुन्छन्। स्तन क्यान्सर हर्मोनमा आधारित हुने भएकाले बिरामीमा महिलाको जीवनमा हुने माथिका तीन घटना भएका मिति वा समय निकै महत्वपूर्ण मानिन्छन्। 

के यी हर्मोनबाहेक अन्य कारणले पनि स्तन क्यान्सरको जोखिम हुन्छ?
हुन्छ। हर्मोनबाहेक अन्य थुप्रै कारण छन्, जसले स्तन क्यान्सर हुनसक्छ। केही कारण यस्ता छन्ः
१. निकै धेरै क्यालोरी वा घिउ तेल भएको खानेकुरा खानु।

२. रक्सी नियमित सेवन गर्नु।

३. मोनोपजपछि कुनै पनि किसिमको ‘हर्मोन रिप्लेसमेन्ट थेरापी’ नगर्नु। 

के गर्भनिरोधक चक्की वा ‘ओरल कन्ट्रासेप्टिव पिल्स’का कारण पनि क्यान्सर हुन्छ?
केही अध्ययनले गर्भ निरोधक चक्कीहरूको सेवनबाट क्यान्सरको जोखिम हुने देखाएका छन्। ‘हर्मोन रिप्लेस्मेन्ट थेरपी’को विषयमा पनि यस्तै चिन्ता व्यक्त गरिएको छ। तर, कुनै पनि अध्ययन वा अनुसन्धानले यो शंकालाई पूर्णरूपमा प्रमाणित भने गर्दैनन्। अहिले पनि महिलालाई गर्भनिरोधक पिल्स दिने गरिन्छ। यस्ता पिल्सहरू सुरक्षित भएको बताइए पनि कैयौं शंका भने अहिले पनि छन्। 

स्तन क्यान्सरलाई सुरुवाती चरणमा थाहा पाउन सकिन्छ?
स्तन क्यान्सर सुरुवाती अवस्थामा नै थाहा पाउन सकिन्छ। थाहा पाउनु आवश्यक पनि छ। किनकि, सुरुवाती चरणमा यसको पहिचान गर्न सके पूर्ण रूपमा उपचार गरेर स्वस्थ बनाउन सहज हुन्छ। 

कसरी थाहा पाउन सकिन्छ स्तनमा भएको क्यान्सर?
यो कुरा हरेक महिलाहरूको लागि महत्वपूर्ण छ। उनीहरू आफैंले आफ्नो स्तनलाई (जब उनीहरू नुहाइरहेको अवस्थामा हुन्छन् वा अरु कुनै बेला, जब सम्भव हुन्छ) राम्रोसँग दबाएर निगरानी गर्न आवश्यक हुन्छ। यसो गरेर स्तनमा कुनै पनि किसिमको गाँठो आएको छ वा छैन भन्ने थाहा पाउन सकिन्छ। कमसेकम हरेक महिना एकपटक महिलाले यसरी आफ्नो स्तन नियाल्न आवश्यक छ।

यसो गर्दा यदि स्तनको कुनै पनि भागमा सानो गाँठो महसुस भए त्यसलाई बेवास्ता गर्न हुँदैन। यसो भए तुरुन्तै चिकित्सकसँग सल्लाह लिनुपर्छ। यसैगरी स्तनको कुनै पनि भाग धेरैभित्र पसेको वा बाहिर आएर तल्तिर झुकेको छ भने पनि चिकित्सकसँग सल्लाह लिन आवश्यक हुन्छ। 
मनोपजको उमेरमा अक्सर यस्ता गाँठाहरू क्यान्सर नभएर फाइब्रोसिस्टिक रोगको कारण हुन सक्छ। यस्तोमा चिकित्सकले तपाईंलाई निगरानी र जाँचका लागि पुनः बोलाउन सक्छन्। जसबाट चिकित्सकले उक्त गाँठोलाई लिएर थप चेकजाँच र उपचार आवश्यक भए नभएको थाहा पाउन सक्छन्। 

जस्तो कि, तपाईंको स्तनमा कुनै पनि किसिमको गाँठो महसुस भएको छ, जुन ठोस रुपमा नदुख्ने छ र छालाको माथिल्लो वा तल्लो भागमा टाँसिएको छ भने तत्कालै चिकित्सकसँग सल्लाह लिनुपर्छ। यसो गरेमा समयमा नै क्यान्सरलाई पहिचान गरेर उपचार गराइ ज्यान बचाउन सकिन्छ। 

स्तन क्यान्सर पहिचान गर्न चिकित्सकले कुन विधिबाट जाँच गर्छन्?
सबैभन्दा महत्वपूर्ण परीक्षण भनेको शरीरमा आएका गाँठोको ‘बायोप्सी’ परीक्षण हो। सामान्यतः हामी बायोप्सीको नाम सुन्ने बित्तिकै डराउँछौं। यसलाई कुनै ठूलो उपचार विधि सोचेर पन्छिने कोसिस गर्छौं। यो गल्ती गर्नुहुँदैन। यदि, चिकित्सकले बायोप्सी गर्न भनेको छ भने, त्यो आवश्यक छ। सानो शल्यक्रियाबाट थाहा पाउन सकिन्छ, गाँठो क्यान्सर हो वा होइन भनेर। 

त्यसो त स्तनको मैमोग्राफी, एमआरआई वा अल्ट्रासाउण्डजस्ता परीक्षणबाट पनि थाहा हुन्छ। तर, चिकित्सकका लागि यी विधिहरू एउटा गाइडको रूपमा काम गर्छन्। क्यान्सर हुने सम्भावना देखिएमा बायोप्सी गरेरै क्यान्सर भए नभएको पत्ता लगाइन्छ। एमआरआई वा अल्ट्रासाउण्डजस्ता विधिबाट ठ्याक्कै क्यान्सर भए नभएको थाहा पाउन सकिदैन। यी जाँचहरूले चिकित्सकलाई सहायता गर्न र बायोप्सी गर्ने वा नगर्ने भन्ने निर्णय गर्न भने सघाउँछ। 

कहिलेकाँही यो पनि भनिन्छ कि गर्भवती वा बच्चालाई दुध खुवाइरहेकी महिलाको स्तनमा कैयौं गाँठा आउँछन्, जसबारे चिन्ता लिनु पर्दैन। तर, यस्तो होइन। यस्ता महिलाहरूको स्तनमा गाँठो आएमा अरु महिलामा जस्तै क्यान्सर हुने जोखिम हुन्छ। 

के महिलाले आफ्नो स्तनको नियमित मेमोग्राफी परीक्षण गराउनु पर्छ?
भनिन्छ, यो एक्सरे गरेमा सुरुवाती चरणमा रहेको स्तन क्यान्सरबारे थाहा पाउन सकिन्छ। तर, नियमित मेमोग्राफी मेडिकल क्षेत्रमा एउटा निकै विवादित विषय हो।

५० वर्षभन्दा माथि उमेरका महिलाले हरेक वर्ष मेमोग्राफी गरेर आफ्नो स्तनमा कुनै क्यान्सर भएको वा नभएको थाहा पाउन सकिने बताइन्छ। आजभोलि ४० वर्षमाथिका महिलाले हरेक वर्ष यो परीक्षण गराउनु पर्ने सल्लाह दिइन्छ। यसलाई चिकित्सकले ‘स्क्रिनिङ मेमोग्राम’ भन्ने गर्छन्। 

यसरी स्क्रिनिङ गर्दा कुनै पनि किसिमको शंका लाग्ने अवस्था थाहा भएमा त्यसलाई एमआरआई वा डायग्नोस्टिक मेमोग्राफीमार्फत थप परीक्षण गर्न सकिन्छ। तर, कतिपय मान्छेहरू भने नियमित मेमोग्राफीको विपक्षमा छन्। उनीहरूका अनुसार नियमित एक्सरे प्रयोग गर्दा त्यसबाट आउने किरणका कारण स्तन क्यान्सर हुन सक्ने सम्भावना हुन्छ। 

त्यसो भए, के सोनोग्राफीद्वारा स्क्रिनिङ हुन सक्छ?
हुन सक्दैन, यद्यपि, यो सुरक्षित, सुलभ र सस्तो छ। सोनोग्राफी गर्दा मेमोग्राफीबाट पत्ता लाग्ने जस्ता जानकारीहरू थाहा हुँदैन। कैयौं गाँठाहरू, जसमा तरल पदार्थ छन् भने, सोनोग्राफीबाट पत्ता लगाउन सकिन्छ। यस्तोमा सोनोग्राफीपछि सुईले तरल पदार्थ निकालेर थप परिक्षण गर्न सकिन्छ।

उल्लेखित प्रश्नोत्तरमा सबैभन्दा महत्वपूर्ण र याद गर्नुपर्ने कुरा स्तन क्यान्सरका लागि सबैभन्दा महत्वपूर्ण परीक्षण बायोप्सी हो। बायोप्सीविना कुनै पनि चिकित्सकले पूर्ण रूपमा स्तनमा भएको गाँठो क्यान्सर भएको वा नभएको भन्न सक्दैन।

त्यसैले, तपाईंको चिकित्सकले यो परीक्षणको सल्लाह दिएका छन् भने तपाईंले अन्य परीक्षणमा समय बर्बाद नगरी बायोप्सी नै गर्नु उचित हुन्छ। यसले समयमा नै शरीरमा भएको क्यान्सरको पहिचान गर्न र डायग्नोसिस गराउन सहयोग मिल्छ। जति ढिलो भयो, त्यति नै जोखिम हुन्छ र शल्यक्रिया पनि खर्चिलो हुन जान्छ।

-सत्याग्रहबाट भावानुवाद

प्रकाशित मिति: आइतबार, फागुन १५, २०७८  ०७:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
त्रिवि क्रिकेट रंगशाला क्यानलाई हस्तान्तरण
नेपाली कम्युनिष्ट पार्टीले देशैभर एकता सन्देश सभा गर्ने
दुर्गा प्रसाईंको समर्थनमा नागरिक बचाउ दल दर्ताका लागि सनाखत
सम्बन्धित सामग्री
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! नेपालमा हेल्थ क्याम्प गर्ने चलन ठ्याक्कै कहिलेदेखि सुरु भयो भनेर यकिनका साथ ठोकुवा गर्न गाह्रो छ। तर प्रा.डा. हेमाङ्ग दीक्षितले एक ल... शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ आजभन्दा लगभग चार दशकअगाडिको परिवेश चित्रण गरिएको प्रेमभावनायुक्त उपन्यास हो ‘देवयानी’ । एक विवाहित पुरुषले कुमारी युवतीसँग कायम गरेक... शनिबार, भदौ ७, २०८२
ताजा समाचारसबै
त्रिवि क्रिकेट रंगशाला क्यानलाई हस्तान्तरण आइतबार, कात्तिक ३०, २०८२
नेपाली कम्युनिष्ट पार्टीले देशैभर एकता सन्देश सभा गर्ने आइतबार, कात्तिक ३०, २०८२
दुर्गा प्रसाईंको समर्थनमा नागरिक बचाउ दल दर्ताका लागि सनाखत आइतबार, कात्तिक ३०, २०८२
साताको पहिलो दिन सेयर बजारमा गिरावट आइतबार, कात्तिक ३०, २०८२
दुर्गा प्रसाईँको समर्थनमा नागरिक बचाउ दल, नेतृत्वमा माधव खतिवडा आइतबार, कात्तिक ३०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारतीय दूतावासका प्रतिनिधिहरूबाट धम्की आउने गरेकाे छ : मुख्यमन्त्री यादव शनिबार, कात्तिक २९, २०८२
नेपाली कम्युनिष्ट पार्टीप्रति बादलको टिप्पणी– भूतपूर्व साथीहरुले ‘१० कोठे टहरो’  बनाएका छन् शनिबार, कात्तिक २९, २०८२
बादलले भने– फागुन २१ को निर्वाचन हनी ट्र्यापिङ हो, यसमा पर्न हुँदैन : बादल शनिबार, कात्तिक २९, २०८२
सुनको मूल्य घट्यो आइतबार, कात्तिक ३०, २०८२
काठमाडौँमा म्यारिज ब्यूरो चलाउने चार चिनिया पक्राउ शनिबार, कात्तिक २९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
३ दिनपछि झिनो अंकले बढ्यो सेयर बजार, ४ कम्पनी १० प्रतिशत बढे मंगलबार, कात्तिक २५, २०८२
रास्वपाका नेता सन्तोष परियारले छाडे पार्टी शुक्रबार, कात्तिक २८, २०८२
बिरामी भन्दै काठमाडौँ हिँडेकी प्रदेश प्रमुखले बिच बाटोमै गराइन् नयाँ मुख्यमन्त्रीको शपथ सोमबार, कात्तिक २४, २०८२
रवि र छविको मुद्दामा मिसिल झिकाउने आदेश बिहीबार, कात्तिक २७, २०८२
बिहार चुनाव: एनडीए गडबन्धनलाई दुई तिहाई बढी सिट शुक्रबार, कात्तिक २८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्