• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

महिलाले स्तनमा हुने क्यान्सर कसरी थाहा पाउने?

ज्ञान चतुर्वेदी आइतबार, फागुन १५, २०७८  ०७:०२
1140x725

स्तन क्यान्सर महिलाहरूमा सबैभन्दा धेरै हुने क्यान्सरमध्ये एक हो। महिलालाई हुने सबै क्यान्सरहरूमध्ये एक तिहाई स्तन क्यान्सर हुन्छ।

स्तन क्यान्सरबारे थप चर्चा गर्नुअघि एउटा प्रश्नको जवाफ थाहा पाउनु अनिवार्य छ– के पुरुषलाई स्तन क्यान्सर हुँदैन?

पुरुषलाई पनि स्तन क्यान्सर हुन्छ। कैयौं चिकित्सकले समेत पुरुषलाई पनि स्तन क्यान्सर हुने सम्भावना रहेको बिर्सन्छन्। तर, महिलालाई हुने स्तन क्यान्सरको तुलनामा पुरुषलाई स्तन क्यान्सरको सम्भावना १५० गुणा कम हुन्छ। त्यसैले कुनै पनि पुरुषलाई स्तनमा (खास गरी एकापट्टि मात्रै) कुनै किसिमको गाँठो छ, जसमा कुनै पीडा छैन भने क्यान्सर हुनसक्छ। यसको परीक्षण गम्भीर रूपमा हुनुपर्छ, जति महिलालाई हुने स्तन क्यान्सरमा गरिन्छ। 

अब महिलालाई हुने स्तन क्यान्सरको चर्चा गरौं। यो रोग के हो र यसबारे के–कस्ता विषय पत्ता लागेका छन् भन्ने जानकारी तलका प्रश्न र जवाफको माध्यमबाट बुझौं।

स्तन क्यान्सरबारे बुझ्न महिलाको जीवनमा भएका तीन घटनाबारे जान्नुपर्छ, जुन एकदमै महत्वपूर्ण हुन्छन्।

१. पहिलो पटक महिनावारी कहिले सुरु भयो?
यदि महिनावारी निकै कम उमेर (११ वा १२ वर्ष)मा सुरु भएको छ भने कालान्तरमास्तन क्यान्सरको जोखिम धेरै हुन्छ। 

२. महिनावारी कहिले बन्द भयो?
यदि, महिनावारी चाँडै रोकिएको छ (मोनोपज कम उमेरमै भएको अवस्थामा) भने स्तन क्यान्सरको जोखिम कम हुन्छ। 

३. पहिलो पटक गर्भवती हुँदा कति उमेर थियो?
१८ देखि २० वर्षको उमेरमा गर्भवती भएकी महिलालाई स्तन क्यान्सरको जोखिम कम हुन्छ। (तर, कम उमेरमा गर्भवती हुँदा अन्य जोखिम हुनसक्छ।)

Ncell 2
Ncell 2
nimb
nimb

कुनै पनि महिलाको जीवनमा केही समय वा मिति निकै महत्वपूर्ण किन हुन्छन्?
महिनावारीको नियन्त्रण गर्ने काम हर्मोनका माध्यमबाट हुन्छ। यसमा एस्ट्रोजन, प्रोजेस्ट्रोनजस्ता हर्मोन सामेल हुन्छन्। स्तन क्यान्सर हर्मोनमा आधारित हुने भएकाले बिरामीमा महिलाको जीवनमा हुने माथिका तीन घटना भएका मिति वा समय निकै महत्वपूर्ण मानिन्छन्। 

के यी हर्मोनबाहेक अन्य कारणले पनि स्तन क्यान्सरको जोखिम हुन्छ?
हुन्छ। हर्मोनबाहेक अन्य थुप्रै कारण छन्, जसले स्तन क्यान्सर हुनसक्छ। केही कारण यस्ता छन्ः
१. निकै धेरै क्यालोरी वा घिउ तेल भएको खानेकुरा खानु।

२. रक्सी नियमित सेवन गर्नु।

३. मोनोपजपछि कुनै पनि किसिमको ‘हर्मोन रिप्लेसमेन्ट थेरापी’ नगर्नु। 

Xtrem

Xtrem

के गर्भनिरोधक चक्की वा ‘ओरल कन्ट्रासेप्टिव पिल्स’का कारण पनि क्यान्सर हुन्छ?
केही अध्ययनले गर्भ निरोधक चक्कीहरूको सेवनबाट क्यान्सरको जोखिम हुने देखाएका छन्। ‘हर्मोन रिप्लेस्मेन्ट थेरपी’को विषयमा पनि यस्तै चिन्ता व्यक्त गरिएको छ। तर, कुनै पनि अध्ययन वा अनुसन्धानले यो शंकालाई पूर्णरूपमा प्रमाणित भने गर्दैनन्। अहिले पनि महिलालाई गर्भनिरोधक पिल्स दिने गरिन्छ। यस्ता पिल्सहरू सुरक्षित भएको बताइए पनि कैयौं शंका भने अहिले पनि छन्। 

स्तन क्यान्सरलाई सुरुवाती चरणमा थाहा पाउन सकिन्छ?
स्तन क्यान्सर सुरुवाती अवस्थामा नै थाहा पाउन सकिन्छ। थाहा पाउनु आवश्यक पनि छ। किनकि, सुरुवाती चरणमा यसको पहिचान गर्न सके पूर्ण रूपमा उपचार गरेर स्वस्थ बनाउन सहज हुन्छ। 

कसरी थाहा पाउन सकिन्छ स्तनमा भएको क्यान्सर?
यो कुरा हरेक महिलाहरूको लागि महत्वपूर्ण छ। उनीहरू आफैंले आफ्नो स्तनलाई (जब उनीहरू नुहाइरहेको अवस्थामा हुन्छन् वा अरु कुनै बेला, जब सम्भव हुन्छ) राम्रोसँग दबाएर निगरानी गर्न आवश्यक हुन्छ। यसो गरेर स्तनमा कुनै पनि किसिमको गाँठो आएको छ वा छैन भन्ने थाहा पाउन सकिन्छ। कमसेकम हरेक महिना एकपटक महिलाले यसरी आफ्नो स्तन नियाल्न आवश्यक छ।

यसो गर्दा यदि स्तनको कुनै पनि भागमा सानो गाँठो महसुस भए त्यसलाई बेवास्ता गर्न हुँदैन। यसो भए तुरुन्तै चिकित्सकसँग सल्लाह लिनुपर्छ। यसैगरी स्तनको कुनै पनि भाग धेरैभित्र पसेको वा बाहिर आएर तल्तिर झुकेको छ भने पनि चिकित्सकसँग सल्लाह लिन आवश्यक हुन्छ। 
मनोपजको उमेरमा अक्सर यस्ता गाँठाहरू क्यान्सर नभएर फाइब्रोसिस्टिक रोगको कारण हुन सक्छ। यस्तोमा चिकित्सकले तपाईंलाई निगरानी र जाँचका लागि पुनः बोलाउन सक्छन्। जसबाट चिकित्सकले उक्त गाँठोलाई लिएर थप चेकजाँच र उपचार आवश्यक भए नभएको थाहा पाउन सक्छन्। 

जस्तो कि, तपाईंको स्तनमा कुनै पनि किसिमको गाँठो महसुस भएको छ, जुन ठोस रुपमा नदुख्ने छ र छालाको माथिल्लो वा तल्लो भागमा टाँसिएको छ भने तत्कालै चिकित्सकसँग सल्लाह लिनुपर्छ। यसो गरेमा समयमा नै क्यान्सरलाई पहिचान गरेर उपचार गराइ ज्यान बचाउन सकिन्छ। 

स्तन क्यान्सर पहिचान गर्न चिकित्सकले कुन विधिबाट जाँच गर्छन्?
सबैभन्दा महत्वपूर्ण परीक्षण भनेको शरीरमा आएका गाँठोको ‘बायोप्सी’ परीक्षण हो। सामान्यतः हामी बायोप्सीको नाम सुन्ने बित्तिकै डराउँछौं। यसलाई कुनै ठूलो उपचार विधि सोचेर पन्छिने कोसिस गर्छौं। यो गल्ती गर्नुहुँदैन। यदि, चिकित्सकले बायोप्सी गर्न भनेको छ भने, त्यो आवश्यक छ। सानो शल्यक्रियाबाट थाहा पाउन सकिन्छ, गाँठो क्यान्सर हो वा होइन भनेर। 

त्यसो त स्तनको मैमोग्राफी, एमआरआई वा अल्ट्रासाउण्डजस्ता परीक्षणबाट पनि थाहा हुन्छ। तर, चिकित्सकका लागि यी विधिहरू एउटा गाइडको रूपमा काम गर्छन्। क्यान्सर हुने सम्भावना देखिएमा बायोप्सी गरेरै क्यान्सर भए नभएको पत्ता लगाइन्छ। एमआरआई वा अल्ट्रासाउण्डजस्ता विधिबाट ठ्याक्कै क्यान्सर भए नभएको थाहा पाउन सकिदैन। यी जाँचहरूले चिकित्सकलाई सहायता गर्न र बायोप्सी गर्ने वा नगर्ने भन्ने निर्णय गर्न भने सघाउँछ। 

कहिलेकाँही यो पनि भनिन्छ कि गर्भवती वा बच्चालाई दुध खुवाइरहेकी महिलाको स्तनमा कैयौं गाँठा आउँछन्, जसबारे चिन्ता लिनु पर्दैन। तर, यस्तो होइन। यस्ता महिलाहरूको स्तनमा गाँठो आएमा अरु महिलामा जस्तै क्यान्सर हुने जोखिम हुन्छ। 

के महिलाले आफ्नो स्तनको नियमित मेमोग्राफी परीक्षण गराउनु पर्छ?
भनिन्छ, यो एक्सरे गरेमा सुरुवाती चरणमा रहेको स्तन क्यान्सरबारे थाहा पाउन सकिन्छ। तर, नियमित मेमोग्राफी मेडिकल क्षेत्रमा एउटा निकै विवादित विषय हो।

५० वर्षभन्दा माथि उमेरका महिलाले हरेक वर्ष मेमोग्राफी गरेर आफ्नो स्तनमा कुनै क्यान्सर भएको वा नभएको थाहा पाउन सकिने बताइन्छ। आजभोलि ४० वर्षमाथिका महिलाले हरेक वर्ष यो परीक्षण गराउनु पर्ने सल्लाह दिइन्छ। यसलाई चिकित्सकले ‘स्क्रिनिङ मेमोग्राम’ भन्ने गर्छन्। 

यसरी स्क्रिनिङ गर्दा कुनै पनि किसिमको शंका लाग्ने अवस्था थाहा भएमा त्यसलाई एमआरआई वा डायग्नोस्टिक मेमोग्राफीमार्फत थप परीक्षण गर्न सकिन्छ। तर, कतिपय मान्छेहरू भने नियमित मेमोग्राफीको विपक्षमा छन्। उनीहरूका अनुसार नियमित एक्सरे प्रयोग गर्दा त्यसबाट आउने किरणका कारण स्तन क्यान्सर हुन सक्ने सम्भावना हुन्छ। 

त्यसो भए, के सोनोग्राफीद्वारा स्क्रिनिङ हुन सक्छ?
हुन सक्दैन, यद्यपि, यो सुरक्षित, सुलभ र सस्तो छ। सोनोग्राफी गर्दा मेमोग्राफीबाट पत्ता लाग्ने जस्ता जानकारीहरू थाहा हुँदैन। कैयौं गाँठाहरू, जसमा तरल पदार्थ छन् भने, सोनोग्राफीबाट पत्ता लगाउन सकिन्छ। यस्तोमा सोनोग्राफीपछि सुईले तरल पदार्थ निकालेर थप परिक्षण गर्न सकिन्छ।

उल्लेखित प्रश्नोत्तरमा सबैभन्दा महत्वपूर्ण र याद गर्नुपर्ने कुरा स्तन क्यान्सरका लागि सबैभन्दा महत्वपूर्ण परीक्षण बायोप्सी हो। बायोप्सीविना कुनै पनि चिकित्सकले पूर्ण रूपमा स्तनमा भएको गाँठो क्यान्सर भएको वा नभएको भन्न सक्दैन।

त्यसैले, तपाईंको चिकित्सकले यो परीक्षणको सल्लाह दिएका छन् भने तपाईंले अन्य परीक्षणमा समय बर्बाद नगरी बायोप्सी नै गर्नु उचित हुन्छ। यसले समयमा नै शरीरमा भएको क्यान्सरको पहिचान गर्न र डायग्नोसिस गराउन सहयोग मिल्छ। जति ढिलो भयो, त्यति नै जोखिम हुन्छ र शल्यक्रिया पनि खर्चिलो हुन जान्छ।

-सत्याग्रहबाट भावानुवाद

प्रकाशित मिति: आइतबार, फागुन १५, २०७८  ०७:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
चाडपर्वका लागि यातायात व्यवस्थापनको तयारी, अग्रिम टिकट बुकिङदेखि मापसे जाँचसम्म
विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त
विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक श्रेष्ठले सपथ लिए
सम्बन्धित सामग्री
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
ताजा समाचारसबै
चाडपर्वका लागि यातायात व्यवस्थापनको तयारी, अग्रिम टिकट बुकिङदेखि मापसे जाँचसम्म बुधबार, असोज ७, २०८३
विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त बुधबार, असोज ७, २०८३
विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक श्रेष्ठले सपथ लिए बुधबार, असोज ७, २०८३
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? बुधबार, असोज ७, २०८३
बाढीपीडित क्याम्पमा महिला र बालबालिका सुरक्षित छैनन् : मनिष झा बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्