काठमाडौं– नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ। निगमले शनिबार राति १२ बजेपछि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो।
निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँका दरले बढाएको हो। मूल्य बढाएपछि पेट्रोल प्रतिलिटर १४५ रुपैयाँ पुगेको छ। यस्तै, डिजेल र मट्टितेलको मूल्य १२८ रुपैयाँ प्रतिलिटर पुगेको छ।
निगमले खाना पकाउने (एलपी) ग्यास र हवाई इन्धनको मूल्य भने नबढाइएको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।