काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाको प्रेस सल्लाहकारमा गोविन्द परियार नियुक्त भएका छन्।
देउवा प्रधानमन्त्री भएको सातौं महिनामा निजी सचिवालयमा नियुक्ति गरिरहेका छन्। काठमाडौं प्रेस डटकम अनलाइनका सञ्चालक समेत रहेका उनी यसअघि पनि देउवा प्रधानमन्त्री हुँदा प्रेस संयोजक थिए।
परियार यसअघिबाटै औपचारिक रुपमा सचिवालयमा कार्यरत रहे पनि अहिले आएर नियुक्त भएका हुन् ।
देउवाको सचिवालयमा प्रमुख स्वकीय सचिवमा भने भतिजा भानु देउवा, प्रशासन विज्ञ पूर्वसचिव जनार्दशन नेपाल, भाषण तथा मन्तव्य विज्ञमा किरण गजुरेल र सूचना प्रविधि विज्ञमा दिपेश केसी रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।