काठमाडौं– नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिनुपर्ने माग गर्दै प्रदर्शन गरेको छ। सरकारले जनताको ढाड सेक्ने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको भन्दै तत्काल फिर्ता लिन माग गर्दै संगठनले बिहबिार त्रिचन्द्र क्याम्पस अगाडिको सडकमा प्रदर्शन गरेको हो।
नेपाल आयल निगमले मंगलबार रातिदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको थियो। निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर समान ३ रुपैयाँ र आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर १० रुपैयाँ वृद्धि गरेको थियो। बाह्य हवाई इन्धनको मूल्य १०० डलर प्रतिकिलोलिटर वृद्धि गरेको थियो।
मूल्यवृद्धिपछि काठमाडौं उपत्यकामा पेट्रोल १४२ रुपैयाँ, डिजेल र मट्टितेल ११५ रुपैयाँ प्रतिलिटर पुगेको छ। त्यस्तै, निगमले आन्तरिक हवाई इन्धनको मूल्य १० रुपैयाँ बढाएर प्रतिलिटर ११६ रुपैयाँ र बाह्य हवाई इन्धनको मूल्य १०० डलरले बढाएर प्रतिकिलोलिटर एक हजार ९५ डलर निर्धारण गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।