काठमाडौं– लक्ष्मी बैंकले २०औं वार्षिकोत्सवको अवसरमा बैंकको ब्राण्ड फिल्म निर्माण गर्ने भएको छ। जसका लागि अनुभवी निर्माता तथा एजेन्सीहरुका लागि क्राउडसोर्सिङ प्रतियोगिता आयोजना गर्ने भएको छ।
बैंकका अनुसार प्रतियोगिताको विजेताले लक्ष्मी बैंकको ब्राण्ड फिल्म निर्माणका लागि २० लाख रूपैयाँको कन्ट्र्राक्ट हात पार्नेछन्।
प्रतियोगिता लक्ष्मी बैंकको ५ मूल्य मान्यताहरुमा आधारित छ। रिलेसनसिप्स, एक्स्प्लोरर, टिमवर्क, रेस्पोन्सिबल र प्रोग्रेसिभको आधारमा बैंकले २० वर्षको यात्रा तय गर्न सफल भएको बैंकले जनाएको छ।
सबै प्रतियोगीलाई एक्स्पर्ट प्यानलद्वारा प्राविधिक र रचनात्मक दुवै पक्षहरूलाई मध्यनजर गर्दै मूल्याकंन गरिने बैंकले बताएको छ।
यो प्रतियोगिता लक्ष्मी बैंकको क्राउडसोर्सिङमा आधारित तेस्रो प्रतियोगिता हो। यसअघि बैंकले २०१८ मा ‘माइ कार्ड आइडिया’ र २०२० मा ‘माइ मोबाइल मनि’ भिडियो प्रतियोगितामा उत्साहजनक सफलता प्राप्त गरेको बैंकले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।