काठमाडौं– दाङमा लुटपाट गर्दै हिँड्ने नक्कली प्रहरी नायब निरीक्षक (सई) पक्राउ परेका छन्। आफूलाई प्रहरीको सई भन्दै हिँड्ने छ्याक्ले भनिने अनिल पुन पक्राउ परेका हुन्।
घोराही उपमहानरपालिका–१७ घर भएका २५ वर्षीय पुनलाई जिल्ला प्रहरी कार्यालय दाङले १७ माघमा पक्राउ गरेको हो।
१७ गते राति १० बजेतिर मार्शल पुनमगर र सन्तोष खड्कालाई घोराही–१५ आर्मी ब्यारेक नजिक राप ४ प ६३३० नम्बरमा आएका दुई व्यक्तिले सई भन्दै धम्क्याएर लुटपाट गरेका थिए।
उनीहरुले खानतलासी गरी २ थान मोबाइल र ४ हजार रुपैयाँ लुटपाट गरी फरार भएका थिए । उनै फरार मध्येका एक छ्याक्लेलाई प्रहरीले पक्राउ गरेको हो । अर्का फरार खड्काको भने खोजी भइरहेको प्रहरीले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।