काठमाडौं- सीजीले ‘सीजी मेरिडिया’ प्रिमियम वासिङ मेसिन बजारमा ल्याएको छ।
यो वासिङ मेसिन ‘स्पाकेयर’र ‘स्टेरिलाइजेसन’जस्ता उत्कृष्ट प्रविधिबाट तयार परिएको सीजी ब्राण्डको लक्जरी उत्पादनहरूमध्येको एक भएको कम्पनीले जनाएको छ।
'हालै बजारमा आएको यस सीजी मेरिडिया वासिङ मेसिनको मूल विशेषताहरू: बीड्राइभ इन्भर्टर मोटर, स्टेरिलाइजेसन र स्पाकेयर हुन्। सीजीले बीएलडीसी यानिकि ब्रसरहित डाइरेक्ट करेन्ट मोटरलाई आफ्नै मौलिक नामकरण गरी राखेको यस बीड्राइभ इन्भर्टर मोटर प्रविधि धेरैभन्दा धेरै विशेषताहरू बोकेको प्रविधि हो,' सीजीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
सीजी ब्राण्डले आगामी दिनहरूमा सीजी मेरिडिया नामअन्तर्गत आफ्ना अरू उत्पादनहरू पनि बजारमा ल्याउने कम्पनीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।