काठमाडौं– एनसेलका ग्राहकहरूले अब आफ्नो मोबाइल डेटा आवश्यकता पूरा गर्न विभिन्न समयसीमा भएका टाइम प्याकहरू लिन पाउने भएका छन्।
एनसेल आजियाटा लिमिटेडले ‘ननस्टप टाइम प्याक’ ल्याएको छ। जसमा ग्राहकले छोटो समय अर्थात १५ मिनेट र २ घण्टाका लागि डेटा सेवा लिन सक्छन्।
कम्पनीले पहिले नै वान आवर डेटा प्याक अर्थात १ घन्टा समयावधि भएको डेटा प्याक उपलब्ध गराउँदै आएको छ।
आफ्ना ग्राहकलाई उनीहरुको आवश्यकता अनुरुप सेवा उपलब्ध गराउन नयाँ थप दुई नयाँ डेटा प्याक ल्याएको कम्पनीले जनाएको छ। आफ्ना अनलाइन गतिविधिहरूका लागि निश्चित समयका लागि इन्टरनेटमा सुरक्षित पहुँच चाहिने ग्राहकहरूलाई यी प्याकहरु उत्तम विकल्प हुने कम्पनीको दाबी छ।
यस योजनामा ग्राहकले करसहित १० रुपैयाँमा १५ मिनेटको डेटा प्याक पाउनेछन्। त्यसैगरी, २ घण्टाको डेटा प्याक ३० रुपैयाँमा लिन सक्छन्। यी प्याकहरु सञ्चालन रहेको अवधिमा ग्राहकले १ एमबीपीएसको गतिमा मोबाइल इन्टरनेट सेवा पाउने बताइएको छ।
ग्राहकले सजिलैसँग *१७१२३# डायल गरि वा एनसेल एप, वेबसाइट वा नजिकैको एनसेल आउटलेटबाट यी डेटा प्याकहरू लिन सक्छन्। ग्राहकले प्याकको समयभन्दा बढी डेटा प्रयोग गरेमा कुनै प्याक पहिले नै सञ्चालनमा रहेको खण्डमा उक्त प्याकबाट अतिरिक्त डेटा प्रयोगको शुल्क काटिनेछ।
ननस्टप टाइम प्याकहरूले विशेषगरी अनलाइनमार्फत सञ्चार, सूचना आदानप्रदान र डिजिटल कारोबार जस्ता कार्य गर्नका लागि निश्चित समय मोबाइल डेटा चाहिने ग्राहकहरूको सुरक्षित पहुँच सुनिश्चित गर्ने विश्वास एनसेलले लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।