काठमाडौं- अवैध क्रिप्टोकरेन्सी (भर्चुअल मुद्रा) कारोबारमा संलग्न एक जना पक्राउ परेका छन्।
प्रहरीले आइतबार न्युरोडस्थित गुच्चा टोलबाट सिन्धुपाल्चोक घर भइ भक्तपुरमा बस्ने रविन्द्र अधिकारी भन्ने चन्द्रमणि अधिकारीलाई पक्राउ गरेको जनाएको छ।
अधिकारीले क्रिप्टोकरेन्सीमार्फत् एक करोड ४८ लाख ४४ हजार रुपैयाँ बराबरको आर्थिक कारोबार गरेको पाइएको महानगरीय प्रहरी कार्यालयले जनाएको छ। साथै, निजको १३ लाख रुपैयाँ बराबरको क्रिप्टो करेन्सी मौज्दात रहेकोसमेत पाइएको कार्यालयले उल्लेख गरेको छ।
उनको साथबाट क्रिप्टोकरेन्सी कारोबारमा प्रयोग गर्ने मोबाइल सेटसमेत बरामद गरिएको कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। कार्यालयले निजलाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर टेकुमा बुझाएको जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।