काठमाडौं– भारतबाट अवैध रुपमा नेपाल ल्याउँदै गरेको चाँदीका गहनासहित मोरङ प्रहरीले १ जना महिलालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा मोरङको सुनवर्षी नगरपालिका–९ बस्ने २९ वर्षीया मञ्जु सहनी छन्।
भारतबाट अवैध रुपमा चाँदीका गहना ल्याउँदै गरेको अवस्थामा सहनीलाई आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ।
गोप्य सुचनाको आधारमा प्रहरी चौकी डायनियाबाट गस्तीमा खटिएको टोलीले चेकजाँच गर्दा सहनीले बोकेको लेडिज ब्यागभित्र प्लास्टिकमा टेपले बेरेको अवस्थामा चाँदीको गहना भेटेको हो।
उनको साथबाट ७ किलो ४६ ग्राम तौल बराबरको चाँदीको गहनाहरु फेला बरामद भएको प्रहरीले जानकारी दिएको छ। प्रहरीका अनुसार बरामद गहनाको मूल्य ७ लाख रुपैयाँ हुन आउछ।
चाँदीका गहनासहित पक्राउ परेकी सहनीमाथि थप अनुसन्धान र आवश्यक कारबाहीका लागि भन्सार कार्यालय रानीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।