विराटनगर– मोरङको पथरी शनिश्चरे नगरपालिका-२ का ४८ बर्षीय कमल श्रेष्ठलाई आमाको हत्याको आरोपमा प्रहरीले पक्राउ गरेको छ।
श्रेष्ठलाई आफ्नै ९० बर्षीया आमा जगमाया श्रेष्ठको हत्या आरोपमा प्रहरीले पक्राउ गरेको हो।
यही माघ १२ गतेदेखि घरबाट एक्कासी हराएकी भनिएकी बृद्धाको हत्यापछि शव जलाएको भन्ने सूचनाको आधारमा सुक्ष्म अनुसन्धान गरेको इलाका प्रहरी कार्यालय पथरीको प्रहरी टोलीले सोमबार दिउँसो श्रेष्ठलाई पक्राउ गरेको थियो।
पक्राउ परेका श्रेष्ठले आफ्ना बाबुको नाममा रहेको १५ कट्ठा ९ धुर जग्गा आमा तथा अन्य भाइहरुलाई समेत थाहा नै नदिइ आफ्नी श्रीमतीको नाममा बनाएको र उक्त कुरा आमा लगायत अन्य भाइहरुलाई जानकारी भए पश्चात अदालतमा मुद्दा समेत परेको थियो।
अदालतले उक्त जग्गामध्ये ५ कठ्ठा जग्गा आमाको नाममा रहने गरी फैसला गरेको हुँदा श्रेष्ठले आवेगमा आएर आमाको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले जानकारी दिएको छ।
घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।